Skip to main content

Posts

Showing posts from April, 2010

भारतले आईपीएल भ्रष्टाचारको विषयमा अनुसन्धान गर्ने

भारतीय कर अधिकारीहरूले नाफायुक्त भारतीय प्रिमियर लिगमा लागेको भ्रष्टाचारको आरोपको अनुसन्धानलाई फराकिलो पारेका छन् । कर अधिकारीहरूले सेमिफाइनलको खेल सुरु भए लगत्तै कम्तीमा पनि ४ वटा क्रिकेट टिमलाई पक्राउ गरेको छ । भारतीय प्रिमियम लिगको प्रशारण अनुपमति पाएका ३ कम्पनीको कार्यालयमा पनि खानतलासी गरिएको छ । इन्डियन प्रिमियर लिगिमा विश्वका उत्कृष्ट क्रिकेट खेलाडीहरूको सहभागिता रहेको छ । तर संवाददाताहरूले फिल्डको क्रियाकलाप र उदासीनता तथा अस्वाभाविक विजय र पैसाको कारोबारले हालसालैका दिनमा देशलाई गाँजेको जानकारी दिएका छन् । बुधबार आईपीएलका अधिकारीहरूले कोलकाता नाइट राइडर्स, चेन्नाई सुपर किङ, डेकान चार्जर र किङ ११ को कार्यालयमा खानतलासी गरेको थियो । साताको सुरुमै अधिकारीहरूले मुम्बईमा आईपीएलको मुख्यालयको भ्रमण गरेका थिए । आईपीएलको स्वामित्वका बारेमा आईपीएल आयुक्त ललित मोदी र सरकारी मन्त्री शशी थारुरबीच आरोप प्रत्यारोप क्रम व्यापक रूपमा चलेको थियो । यो घटनाले टुर्नामेन्टमा माथिदेखि तलसम्मको सुरक्षाको विषयलाई तान्न सक्ने मुम्बईमा रहेका बीबीसीका सम्वाददाताले बताएका छन् । सञ्चारमाध्यमा सम्पे्रषित स

राजस्व न्यायाधीकरणमा मुद्दा फछर्यौट तीव्र

कर असुलीसम्बन्धी समस्याका मुद्दाहरूको न्यायिक निकाय राजस्व न्यायाधीकरणले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा ६ वर्षदेखि बक्यौता रहेका मुद्दा फछर्यौट गरेको छ । सामान्यतया मुद्दाको अंग पुगेको ६ महिनाभित्रमा फछर्यौट हुने कानुनी म्याद रहे पनि विगत ६ वर्षदेखिका मुद्दाहरू फछर्यौट हुन सकेका थिएनन् । राजस्व न्यायाधीकरणका श्रेष्तेदार भीमकुमार श्रेष्ठले बाँकी मुद्दाको लागि पेशी मिलाई सकेको उल्लेख गर्दै सम्बन्धित कानुन व्यवसायीहरूलाई समेत कार्यतालिकाको बारेमा खबर गरिसकिएको जानकारी दिए । यस वर्षकोे वैशाख महिनाभित्रमा आर्थिक वर्ष ०६३÷६४ का बाँकी रहेका मुद्दाहरू फछर्यौट गर्ने लक्ष्य राखेको श्रेष्तेदार श्रेष्ठले बताए । उनका अनुसार ०६३÷६४ का ३२ थान मुद्दाहरूमा हाल ६ थान मुद्दा मात्र बाँकी रहेका छन् भने आर्थिक वर्ष ०६१÷०६२ तथा ०६२÷०६३ को क्रमशः ११ र २२ मुद्दाहरू हाल फछर्यौट भइसकेका छन् । आर्थिक वर्ष ०६४÷६५ र ०६५÷०६६ को क्रमशः १ सय १८ र २ सय ८० थान मुद्दामा हाल ५७ र २०१ थान मुद्दा फछर्यौट हुन बाँकी रहेको न्यायाधीकरणले जनाएको छ । यसरी जिम्मेवारी सरेका मुद्दाहरू फछर्यौटलाई प्रमुख महत्व दिइने श्रेष्तेदार

नेप्सेमा सामान्य सुधार

साताको अन्तिम दिन बिहीबार भने नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा  सामान्य सुधार देखिएको छ । बुधबार दोहोरो अंकले घटेको नेप्सेमा बिहीबार जलविद्युत् समूहको परिसूचक दोहोरो अंकले बढ्नु तथा बैंकिङ पनि सकारात्मक रहेपछि नेप्से सकारात्मक देखिएको हो । कारोबार सुरु भएदेखि ओरालो लागेको नेप्से मध्य समयतिर ७ अंकसम्मले घटेको नेप्से कारोबार बन्द हुँदा भने ०.०३ अंकले बढेको छ । नेप्सेमा चिलिमे हाइड्रोपावर, अरुण भ्याली र बुटवल पावर कम्पनीको सेयर मूल्य बढेपछि जलविद्युत् समूह दोहोरो अंकले बढेको हो । यस्तै, एभरेष्ट बैंक, नविल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, बैंक अफ काठमाण्डूलगायत अन्य वाणिज्य बैंकको सेयर मूल्य बढेपछि बैंकिङ समूहको उपसूचक पनि बढेको छ । बिहीबार कारोबार सुरु हुँदा ४२६.५४ अंकमा रहको नेप्से सामान्य परिवर्तन आई कारोबार बन्द हुँदा ४२६.५७ अंकमा कायम रहको छ । नेप्सेमा सामान्य सुधार आए पनि कारोबारमा भने सुधार आएको छैन । बिहीबार नेप्सेमा कारोबार भएका कम्पनीमध्ये कमाउने कम्पनी धेरै समय पछि बढेका छन् । कारोबार भएका ५६ कम्पनीमध्ये २१ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको सेयर मूल्य घटेको छ ।  ७ कम

नेपाल बैंकका प्रमुख कार्यकारीलाई कार्यालय प्रवेशमा रोक

बैंकको सम्पत्ति रक्षा गर्न नसकेको आरोप लगाउँदै नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत विनोद आत्रेयलाई कर्मचारीले कार्यालय प्रवेश गर्न रोक लगाइएका छन् ।माओवादीसमर्थित नेपाल राष्ट्रिय कर्मचारी संगठनले बैंकको नाममा रहेको मीनभवनस्थित जग्गा सरकारले तेस्रो पक्षलाई दिँदा र बैंकका कर्मचारी थुनामा पर्दासमेत कुनै भूमिका निर्वाह नगरेको भन्दै आत्रेयलाई कार्यालय प्रवेशमा रोक लगाएको हो । संगठनको नेतृत्वमा रहेका कर्मचारीले बिहीबार बिहान आत्रेय कार्यालय प्रवेश गर्न खोज्दा रोक लगाएका हुन् । आत्रेयलाई “तपाईं जहाँबाट आउनुभएको हो, त्यही जानुस्” भन्दै कर्मचारीले फिर्ता पठाएका थिए । आत्रेय राष्ट्र बैंकका निर्देशक पनि हुन् । वित्तीय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत २०६५ मंसिर ३० गतेदेखि आत्रेय बैंकमा प्रमुख कार्यकारीको पदमा कार्यरत छन् । सरकारले करिब २० करोड रुपैयाँ मूल्य पर्ने बैंकको जग्गा बिनामुआब्जा राष्ट्रिय मिडिया केन्द्रलाई दिने निर्णय थाहा पाएपछि बुधबार बैंकमा रहेका चार कर्मचारी युनियनले सो जग्गा कुनै पनि हालतमा मिडिया केन्द्रलाई नदिने र बैंकको सम्पत्ति रक्षा गर्ने भन्दै धर्ना दिएका थिए । सो क्रममा प्र

एमआरपीको सुनुवाइ स्थगित

मेसिन रिडेबल पासपोर्ट एमआरपी भारतलाई छाप्न दिने निर्णय विरुद्धको अन्तरिम आदेश सम्बन्धमा सोमबार हुने भनिएको बहस स्थगित भयो। सर्वोच्चले समयअभावको कारण देखाउँदै सनुवाइ मंगलबारका लागि सारेको छ।एमआरपी भारतलाई छाप्न दिने सरकारीनिर्णय विरुद्ध जारी गरेको अन्तरिम आदेश सम्बन्धमा थप सुनुवाइका लागि सोमबार दुवै पक्षालाई बोलाइएको थियो। सर्वोच्चले अन्तरिम आदेश जारी गरेको सो विषयबाट सरकार पछि हटिसकेको छ। आइतबार सरकारले सो निर्णय फिर्ता लिएको हो।

One IPL Team : Kolkata Knight Riders

When Shahrukh Khan - India's biggest movie star - co-purchased the Kolkata Knight Riders franchise, the nation couldn't help but feel an affinity with the side. And when Brendon McCullum stormed into the competition with a whirlwind 158*, it drew a collective gasp of admiration from fans of the sport across the world. If Sourav helmed the side, then there was John Buchanan who powered the think-tank. But the team could not live up to expectations. In the second season, suggestions of a multiple-captain approach drew a lot of debate but as it turned out, McCullum ended up leading the side throughout. But the side’s prospects did not improve. KKR ended the tournament pretty close to the bottom of the table. Ricky Ponting and Morne van Wyk have been bought out ahead of Season 2010, while Shane Bond has been bought at USD 750,000. U-19 player Harpreet Singh has also been picked for the tournament.

बामदेवसँग स्पष्टिकरण सोधिन्छः खनाल

नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले पार्टीको निर्णयविरुद्ध बोल्दै हिँडेकाले वरिष्ठ उपाध्यक्ष वामदेव गौतमलाई स्पष्टिकरण सोधिने बताएका छन्। पार्टीको आधिकारिक निर्णयविपरित सरकारविरुद्धमा बोलेकोले उनलाई पहिले स्पष्टिकरण सोधिने बताएका हुन। गौतमद्वारा आफ्नै दलको नेतृत्वको सरकार विघटनको माग गर्दै हिँडिरहेको अवस्थामा खनालको भनाइ आएको हो। संसदीय दलले सरकारविरुद्ध हस्ताक्षर नगरेको बरु सुझाव मात्र दिएकोले यसलाई विवाद भन्न नमिल्ने उनले बताए। मंगलवार हुने नेकपा एमाले रुकुमको जिल्ला अधिवेशनलाई उदघाटन गर्न रुकुम सदरमुकाम खलंगा आएका खनालले पत्रकारहरुसँग यस्तो धारणा व्यक्त गरेका हुन्। आगामी वैशाख १२ गते भित्रै सहमतिको निकास निष्कने भन्दै खनालले सहमतिका लागि एमालेले सम्पूर्ण विकल्प खुला राखेको वताए। माओवादीहरु लोकतन्त्रको पालना गर्ने भनिए पनि ठोकतन्त्रको ब्यवहार देखाएको उनको भनाई थियो। समयमै संविधान निमार्णको लागि प्रमुख दलहरु मिल्नुको विकल्प नभएको समेत एमाले अध्यक्ष खनालले वताउँनु भयो।

सानिया-सोयव बाँधिए बिबाह बन्धनमा

भारतीय टेनिस सुन्दरी सानिया मिर्जा र पाकिस्तानी क्रिकेटर सोयव मल्लिकको आज बिबाह भएको छ। यो जोडीले बिबाह गर्ने घोषणा लगत्तै विवाद चर्किएको थियो। त्यसैले घोषित मितिभन्दा तीन दिन अघि नै उनीहरुको विवाह भएको हो। आज बिहानमात्रै सानियाका प्रवक्ता रुछा नायकले छिटै उनको निकाह हुने जनाउँदै अन्य कुरा भने बताउन चाहेका थिएनन्। ‘उनको निकाह छिटै हुनेछ तर कुन ठाउँमा र कहिले हुने भन्ने ठेगान भइसकेको छैन,' उनले भनेका थिए। टाइम्स अफ इन्डियाका अनुसार ताज कृष्ण होटलमा उनीहरुको निकाह भएको हो। 

+२ परीक्षा: कसरी बढाउने स्मरणशक्ति ?

अध्ययनलाई व्यवस्थित एवं प्रभावकारी रूपले अघि बढाउन स्मरणशक्ति बलियो हुनुपर्छ । मेहनत मात्र गरेर स्मरणशक्ति पाउन सकिँदैन । सबै आफ्नो स्मरणशक्ति बढाउन चाहन्छन् तर कसरी ? कुनै पनि व्यक्तिको स्मरण शक्तिमा विभिन्न कुराले प्रभाव पारेका हुन्छन् । इच्छाशक्ति छ भने स्मरणशक्ति सहज रूपमा बढाउन सकिन्छ र यसमा प्रगति पनि गर्न सकिन्छ । पुनः स्मरण गर्ने मनको कल्पना र पुनः स्मरण गर्ने गुण विलक्षण मानिएका व्यक्तिहरूमा बढी पाइन्छ । यो विधिबाट कुनै घटनासँग सम्बन्धित विषय चयन गर्न सकिन्छ । जस्तै- एउटा पाठमा भएका केही चीजको नाम स्मरण गर्नु छ भने आफूलाई मनपर्ने कविता, गीत अथवा रोचक विषयका पंक्ति प्रयोग गरेर स्मरण गर्न सकिन्छ । कण्ठाग्र पार्ने र अभ्यास गर्ने कण्ठाग्र पार्ने र अभ्यास गर्ने बानीले ८० प्रतिशतसम्म स्मरण शक्तिमा वृद्धि गरेको अनुसन्धानबाट पुष्टि भएको छ । गेट्सले १९१७ मा गरेको अनुसन्धानअनुसार कुनै कुरा पढ्दै जाँदा वा पढेपछि कण्ठाग्र गर्ने र अभ्यास गर्ने कार्यले सफल भइन्छ । यो विधि अनुसार जति बढी अभ्यास गर्‍योस्मरणशक्ति त्यति नै बलियो हुँदै जान्छ । विद्यार्थीहरूले पढ्ने र दोहोर्‍याउने काम लेख

डिआइजीको घरमा डकैती

बूढानीलकन्ठमा रहेको डिआइजी विश्वराज सिंहको घरमा बिहान २ बजे डकैती भएको छ। चार जना सुरक्षाकर्मीको सुरक्षा घेरामा बसेका डिआइजी सिंहको घरमा खुकुरी बोकेर पुगेका चार जना डाँकाले विभिन्न सुनका गहना र नगद गरी करिब ७ लाख रुपैयाँ बराबर डकैत गरी फरार भएका छन्।    प्रहरी प्रधान कार्यालयको सुरक्षा महाशाखामा कार्यरत् सिंह परिवार सुतिरहेका बेला यो डकैत भएको थियो। भान्छाको जाली काटेर मूल घरभित्र प्रवेश गरेका डाँकाले मुखमा मास्क लगाएका थिए। एसपी गणेश केसीका अनुसार उनीहरुले घरमा करिब २५ मिनेट बिताएर गहना र नगद सङ्कलन गरी सहजै फरार भएका थिए। घरमा डकैती भइरहँदा सिंह निवासको सुरक्षामा खटिएका चार सुरक्षाकर्मी कम्पाउण्डभित्र रहेको अर्को क्वार्टरमा सुतेका थिए। प्रहरीले डकैतीमा संलग्न व्यक्तिहरुको पहिचान गर्न सकेको छैन। एक महिनाअघि बूढानीलकन्ठ क्षेत्रमै बस्ने एसएसपी रणबहादुर चन्दको घरमा डकैती भएको थियो। प्रहरीले चन्दको घरमा भएको डकैतीमा संलग्न अभियुक्तहरुको पहिचान भइसकेको दाबी गरे पनि पक्राउ गर्न भने सकेको छैन। यसअघि डिएसपी हिमाल श्रेष्ठ र एसएसपी सुदीप आचार्यको घरमा पनि डकैती भएको थियो। श्रेष्ठ र आचा

२०६६ को टेलिभिजन संसार: लोडसेडिङदेखि डीटीएचसम्म

तीनकुनेबाट मीनभवनतर्फ लाग्दा बाग्मतीको पुलसँगै झुन्ड्याइएको एउटा ठूलो होर्डिङबोर्डले बटुवादेखि सवारीचालकको समेत ध्यान आकषिर्त गरिरहेको छ । प्रसारणको तयारीमा रहेको नयाँ टेलिभिजन च्यानलको उक्त होर्डिङ बोर्डमा झन्डै नौ जना समाचारवाचक आकर्षक सुटमा ठाँटिएका छन् । सबैको हातमा भाइजर -सम्बन्धित टेलिभिजनको लोगो अंकित माइक) छ । जसमा लेखिएको छ 'न्यूज २४' । चौबीसै घण्टा नेपाली भाषामा समाचार प्रसारण गर्ने अन्तिम तयारी गरिरहेको यो नयाँ समाचारमूलक च्यानल 'न्यूज २४' सम्भवतः नयाँ वर्ष २०६७ को पहिलो सातादेखि नै दर्शकमाझ पुग्दैछ । थपिँदैछन् नयाँ च्यानल कुनै बेला नेपाली भाषा बोल्ने टेलिभिजन च्यानल नहुँदा कलकत्ताबाट प्रसारण हुने दुरदर्शनको क्षेत्रीय प्रसारणबाट हरेक साँझ करिब आधा घण्टाका लागि प्रसारण हुने नेपाली भाषाको कार्यक्रम हेरेर चित्त बुझारहेका दर्शकमाझ वर्ष २०६६ को अन्त्य सम्म आइपुग्दा झन्डै एक दर्जन टेलिभिजन च्यानल उपलब्ध छन्, त्यो पनि आफ्नै राष्ट्रिय भाषामा । यसै वर्षदेखि प्रसारण प्रारम्भ भएका तराई टेलिभिजन तथा नेसनल टेलिभिजनलाई जोड्ने हो भने नेपालबाटै प्रसारण भएका च्यानलको संख्

ठूला दलले संविधानसभाको म्याद थप्ने गोप्य सहमति गरेको दाबी

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष एवम् पूर्व गृह मन्त्री कमल थापाले ठूला दलले जेठ १४ गते संविधान जारी गर्छु भनेर जनताको आँखामा छारो हालेको आरोप लगाएका छन्। ठूला दलले संविधानसभाको म्याद थप्ने गोप्य सहमति गरेको दाबी पनि उनको थियो।   शनिबार हेटौँडामा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले भने- 'केही दिनअघि बसेको ठूला दलको गोप्य बैठकले संविधानसभाको म्याद थप्ने सहमति गरिसक्यो।' 'यो सरासर असंवैधानिक कदम हो'- उनले थपे। नयाँ संविधान निर्माणका लागि राज्यले झण्डै ६० अर्ब खर्च गरिसकेको उल्लेख गर्दै तोकिएको समयमा संविधान जारी गर्न नसक्ने ठूला राजनीतिक दललाई अपराधीको संज्ञा पनि दिए उनले। त्यति धेरै रकम खर्चेर पनि नयाँ संविधान समयमा दिन नसक्नेलाई अपराधी भन्नुपर्छ, उनले भने- तोकिएको समयमा संविधान बनाउन नसक्ने भएपछि म्याद थपेर होइन, जनताको बीचमा गएर पापको प्रायश्चित गर्नुपर्छ। अझै पनि सहमित र इमानदारिता कायम राख्न सके जेठ १४ मै नयाँ संविधान जारी गर्न सकिने प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उनले आफ्नो प्रतिकूलमा नयाँ संविधान आउने थाहा हुँदाहुँदै पनि राप्रपा नेपाल तोकि

मातृऔंसी अर्थात् आमाको मुख हेर्ने दिन

वैशाखकृष्ण अमावश्यालाई हिन्दु संस्कृतिमा आमाको मुख हेर्ने दिन मानिन्छ । यस दिनलाई अर्काे शब्दमा मातृऔंसी, मातृदिवस, मातातीर्थ औंसी आदि पनि भनिन्छ । २०६७ सालमा यो पर्व १ गते नै परेकाले नववर्षका साथसाथै यो पर्व पनि मनाइनेछ । यस दिन आफूलाई जन्म दिने आमाको मुख हेर्न टाढा-टाढाबाट आएर ढोगभेट गरी आ-आफ्नो गच्छेअनुसारका खाद्यपदार्थ ख्वाइन्छ । नौ महिनासम्म शिशुलाई गर्भमा धारण गरेर आफूले खाएको अन्न, जल, श्वास, संस्कार दिएर जन्म दिने र जन्मपछि पनि शिशुको स्याहार सुसार गरेर मनुष्यको आकारमा ढालिदिने आमाको महत्त्व कति छ हामीले व्यक्त गरिरहनुपर्दैन । आमा जन्म लिने बालकका लागि जगद्धात्री जगज्जननीको साकार स्वरूप हुन् । आमाको महिमा अपार छ, जति गाए पनि सकिँदैन । आमाको त्याग, तपस्या, समर्पण र उपकारबाट नै आज हामी यो रूपमा खडा भएका छौं । एउटी आमाले हामीप्रति गरेको उपकारको साटो हामीले आमालाई दिने केही पनि छैन । जीवनभर जति सेवा गरे पनि आमाको अविभारा चुक्ता गर्न सकिँदैन । आमा धरती हुन्, हामी उनका साना सन्तान मात्र हौं । त्यसैले हामी अनुग्रहित मुद्रामा आमाले गरेको समर्पणका लागि जीवित आमाको मुख स्नेह पूर्वकले ह

जो चर्चामा रहे

कतिपय मानिस आफ्नो कर्म र कार्य क्षेत्रका कारण सदैव चर्चामा रहन्छन् भने कतिपय मानिसहरू परिस्थितिले सिर्जना गरेको अनुकूलतालाई उपयोग गरेर चर्चामा आउँछन् । यस्तो चर्चा सकारात्मक वा नकारात्मक दुवै प्रकृतिको हुन्छ । सकारात्मक चर्चाले व्यक्तिलाई अनुकरणीय बनाउँछ भने नकारात्मक चर्चाले कुनै पनि व्यक्तिलाई सामाजिक तिरस्कारको हदसम्म पुर्‍यान सक्छ । वर्ष २०६६ मा पनि आफ्नो विचार र कर्मले कतिपय नेपाली पदीय मर्यादाअनुकूल चर्चामा रहे भने कतिपय पदीय मर्यादाविपरीत चर्चित भए । नेपालको सन्दर्भमा वर्ष २०६६ मा सबैभन्दा बढी चर्चा राष्ट्रपति डा.रामवरण यादवले पाए । डा. यादव यो वर्ष पटक-पटक चर्चामा आइरहे । अन्तरिम संविधानले कुनै पनि शासकीय अधिकार नदिए पनि राष्ट्रपति डा.यादव तत्कालीन सरकार र सेनाबीचको विवादमा हस्तक्षेपकारी भूमिका निर्वाह गरेर चर्चामा आए । राष्ट्रपति डा.यादवले तत्कालीन नेकपा माओवादीको सरकारद्वारा गरिएको तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटुवाललाई बर्खास्त गर्ने निर्णय बदर गरेर मुलुकलाई क्षणिक समयका लागि ठूलै संवैधानिक संकटतर्फ लगे । राष्ट्रपति डा.यादवको उक्त निर्णयविरुद्ध नेकपा माओवादी सरकारबाट

सत्ताको वरिपरि घुमेको वर्ष २०६

राजनीति वर्ष २०६६ को केन्द्रमा रह्यो। संविधान निर्माणको सुस्त प्रक्रिया सरकार परिवर्तन एवं दलीय राजनीतिको खिचातानी यो वर्षका प्रमुख घटना हुन्। यद्यपि वर्ष २०६६ ले केही शुभ संकेत पनि दियो। राजनैतिक दलहरूले केही परिपक्वता देखाए। शिशु अवस्थामा रहेको गणतन्त्र बिस्तारै संस्थागत हुँदै गएको आभास भयो। यसले वर्ष २०६७ मा संविधान जारी हुने आधार प्रदान गरेको छ। केही घटनालाई बिर्सने हो भने आगामी दिनमा दलहरू मिलेर अघि बढ्ने संकेत मिलेको छ। राजनैतिक दलहरूले उनीहरू आफ्नो स्वार्थ सिद्धिका लागि जे पनि गर्छन् भन्ने आरोपलाई गलत साबित गर्न थालेका छन्। माओवादी जस्तो उग्रवामपन्थी सोच भएको दलले पनि विस्तारै बहुदलीय प्रतिस्पर्धालाई स्वीकार गर्न थालेको छ। सरकार परिवर्तन यो वर्षको सबैभन्दा महत्त्वपूर्ण घटना सरकार परिवर्तन हो । सरकार परिवर्तनको बाटो सत्तासिन नेकपा -माओवादी) ले नै तय गर्‍यो । उसले प्रधानसेनापति रुक्माङ्गद कटवाललाई हटाउने एकल निर्णय गर्नुनै उसका लागि अभिसाप बन्न पुग्यो । माओवादीले सरकार छाडेपछि नयाँ सरकार गठन गर्न नेकपा -एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाललाई छनौट गरियो । संविधानसभा सदस्य न

वर्ष २०६६ मा अस्ताएका व्यक्तित्वहरू

गिरिजाप्रसाद कोइराला वर्षको अन्त्यमा नेपाली जनताले ठूलो मूल्य चुकाउनुपर्‍यो ।  लोकतन्त्र स्थापना एवं पुनःस्थापनाका लागि साढे छ दशक बिताएका संघर्षका नायक गिरिजाप्रसाद कोइरालाले ८६ वर्षको उमेरमा देह त्याग गरे । उनको निधनबाट संक्रमणकालबाट गुजि्ररहेको नेपालमा अब के हुने हो भन्ने चिन्ता बढेको छ । उनले दलगत स्वार्थबाट माथि उठेर गरेका कार्यहरू भावी पुस्ताका नेताहरूका लागि उदाहरण बनेका छन् । गिरिजाप्रसाद कोइराला नेपाली राजनीतिका महानायक एवं राजनैतिक क्षेत्रका अनुभवी अभिभावक थिए । उनको देहावसानले एक प्रकारको रिक्तता पैदा गरेको छ । उनी पदीय हिसाबले नेपाली कांग्रेसका सभापति थिए तर केही वर्षयता उनले देखाएको उदार व्यवहारबाट  उनी एक संस्थाकै रूपमा स्थापित भए । वर्तमान नेपाली राजनीतिमा उनीबराबरको छबि भएको दोस्रो नेताको अभाव छ । विपक्षीलाई पनि सँगै मिलाएर लान सक्ने  खुबीका कारण उनी जनतामाझ सदैव आशाका केन्द्र थिए । नेपाली समाजमा बाँचुन्जेल कसैलाई पर्याप्त सम्मान दिइँदैन । मृत्युपछि भने अनावश्यक ढङ्गले जानेसम्मका शब्दजलप लगाएर प्रशंसा गरिन्छ । कोइरालाको अवसानपछि पनि यस्तै प्रवृत्ति दोहोरिएको देख्न

विमान दुर्घटनामा पोल्याण्डका राष्ट्रपति दम्पतीसहित ८० को मृत्यु

पोल्यान्डका राष्ट्रपति लेक कास्जिन्की दम्पतीको रुसमा भएको विमान दुर्घटनामा मृत्यु भएको छ। पोलिस तथा रुसी अधिकारीहरुले सो विमानमा सवार सबैको मृत्यु भएको बताएका छन्।  बाक्लो कुहिरो लागेका बेला स्मोलेन्स्क विमानस्थल नजिकै सो विमान रुखमा ठोक्किन पुगेको थियो।   पोल्याण्डका सेना प्रमुख, केन्द्रीय ब्याङ्क गभर्नर, सांसदहरु तथा वरिष्ठ इतिहासकारसहित सो विमानमा ८० जनाभन्दा बढी सवार थिए। रुसका आपत्कालीन मन्त्रीका अनुसार सो विमान स्थानीय समयअनुसार करिब बिहान करिब ११ बजे दुर्घटनाग्रस्त भएको थियो। 'विमान अवतरण गर्ने तयारीमा थियो, पोलिस राष्ट्रपतिको विमान अवतरण गर्नुपर्ने क्षेत्रमा अवतरण भएन,' स्मोलेन्स्क क्षेत्रका गभर्नर सर्गेइ एन्तुफिभले भने- 'प्रारम्भिक विवरणअनुसार, यो रुखहरुको टुप्पामा ठोकियो र भुँइमा बजारिन पुग्यो, अनि टुक्राटुक्रा भयो। दुर्घटनामा परेका कोही पनि बाँचेनन्। काटिन नरसंहारको स्मृति दिवस मनाउन उनीहरु पोल्याण्डको राजधानी वार्साबाट त्यसतर्फ गएका थिए। सत्तरी वर्षअघि त्यहाँ सोभियत सेनाले हजारौं पोलिसका हत्या गरेका थिए। यो दुर्घटना पोलिस जनताका लागि ठूलो विपत्तिका रुपमा

नेपाल-चीन सीमा बैठक सकियो

नेपाल-चीन सीमा व्यवस्थापन संयन्त्र बैठक शुक्रबार सकिएको छ । बैठकमा दुई देशको सीमा अद्यावधिक गर्ने र सगरमाथाको उचाइसम्बन्धी विषयमा छलफल भएको थियो । चीनले सगरमाथाको उचाइ पत्थरका आधारमा ८ हजार ८ सय ४४ दशमलव ४३ मिटर हुनुपर्ने प्रस्ताव राखेको थियो । 'उनीहरूको प्रस्ताव गलत होइन, तर यसबारे ठोस निर्णय भएको छैन,' परराष्ट्र मन्त्रालयका सहसचिव मुक्तिनाथ भट्टले भने । बैठकमा उनले नेपाली टोलीको नेतृत्व गरेका छन् । बैठकले दुई देशका प्राविधिकले संयक्त रूपमा तयार पारेको नक्सा सम्पादन गर्ने कामलाई सन् २०१० भित्र अन्तिम रूप दिने सहमति गरेको छ । नेपाल र चीनको नक्सामा देखिएका भाषागत र अन्य त्रुटिलाई यो बैठकले पूर्ण रूपमा मिलाउन भ्याएन । 'एउटै ठाउँलाई चीनमा एउटा र नेपालले अर्को नाममा बुझेको अवस्था छ,' स्रोतले भन्यो, 'तीलगायत त्रुटिलाई सन् २०१० भित्र सच्याइसक्ने सहमति भयो ।' नक्सा सम्पादनसम्बन्धी काम सकिएपछि नेपाल र चीनबीचको सीमा लम्बाइ बढ्ने स्रोतको दाबी छ । 'अहिले अत्याधुनिक प्रविधिबाट नक्सांकन भएकाले प्राविधिक र भौगोलिक जटिलताका कारण पहिले नाप्न छुटेका हरेक भाग नापिएका छन्,

Do you know about "COMMERCIAL PAPER"

An unsecured, short-term debt instrument issued by a corporation, typically for the financing of accounts receivable, inventories and meeting short-term liabilities. Maturities on commercial paper rarely range any longer than 270 days. The debt is usually issued at a discount, reflecting prevailing market interest rates. Commercial paper is not usually backed by any form of collateral, so only firms with high-quality debt ratings will easily find buyers without having to offer a substantial discount (higher cost) for the debt issue. A major benefit of commercial paper is that it does not need to be registered with the Securities and Exchange Commission (SEC) as long as it matures before nine months (270 days), making it a very cost-effective means of financing. The proceeds from this type of financing can only be used on current assets (inventories) and are not allowed to be used on fixed assets, such as a new plant, without SEC involvement.

Corporate Finance

Corporate finance is an area of finance dealing with financial decisions business enterprises make and the tools and analysis used to make these decisions. The primary goal of corporate finance is to maximize corporate value [1] while managing the firm's financial risks . Although it is in principle different from managerial finance which studies the financial decisions of all firms, rather than corporations alone, the main concepts in the study of corporate finance are applicable to the financial problems of all kinds of firms. The discipline can be divided into long-term and short-term decisions and techniques. Capital investment decisions are long-term choices about which projects receive investment, whether to finance that investment with equity or debt , and when or whether to pay dividends to shareholders . On the other hand, the short term decisions can be grouped under the heading " Working capital management ". This subject deals with the short-term bal

Issues in Market Transparency for Credit Derivatives: Price, Volume, and Exposure Information

Supervisory efforts for addressing infrastructure risks in the OTC derivatives markets have traditionally been focused on solving collective action and coordination problems among market participants. Some of these problems have included fostering improvements in operational infrastructure, encouraging take-up of centralized platforms, and driving market-wide standardization and transparency in documentation, technology, and business processes. With the significant market turmoil of 2008, culminating in the failures and near-failures of major market participants, supervisors brought market transparency to the fore as one of the most critical policy objectives for addressing the systemic risks of the OTC derivatives markets in general, and credit derivatives markets in particular. While financial supervisors have promoted transparency in the OTC derivatives markets through ongoing efforts, the heightened focus on increasing the availability of market information to regulators

Derivatives Market

Derivative markets are investment markets that are geared toward the buying and selling of derivatives. Derivatives are securities, or financial instruments, that get their value, or at least part of their value, from the value of another security, which is called the  underlier . The underlier can come in many forms including, commodities, mortgages, stocks, bonds, or currency. The reason investors may invest in a  derivative security  is to hedge their bet. By investing in something based on a more stable underlier, the investor is assuming less risk than if she invested in an risky security without an underlier. There are actually two distinct forms of the derivative market. It is possible to purchase and sell derivatives in the form of  futures  or as over-the-counter offerings. It is not unusual for investors who are interested in derivatives to actively participate in  both  of these financial markets. In the case of futures, there are futures markets around the world that allow
1] I am sorry. Ek buri khabar hai Mujey bhool jana plz. Mujhe 1 month baad tumhey, Hamesha k liye chod kar Chale jana hey tumhara apna -2009- 2] New rules of life for 2010 1. Haste Rehne ka. 2. Tension nai leneka. 3. B positive, eat positive, sleep positive 4. Mast rehneka. 5. Har problem ko solve kernay ka. 6. Friend k sath lifetime friendship account kholnay ka 7. Mujhko yaad rakhnay ka Aur mujhey sms kertay rehnay ka.