डिआइजीको घरमा डकैती

बूढानीलकन्ठमा रहेको डिआइजी विश्वराज सिंहको घरमा बिहान २ बजे डकैती भएको छ। चार जना सुरक्षाकर्मीको सुरक्षा घेरामा बसेका डिआइजी सिंहको घरमा खुकुरी बोकेर पुगेका चार जना डाँकाले विभिन्न सुनका गहना र नगद गरी करिब ७ लाख रुपैयाँ बराबर डकैत गरी फरार भएका छन्। 




  प्रहरी प्रधान कार्यालयको सुरक्षा महाशाखामा कार्यरत् सिंह परिवार सुतिरहेका बेला यो डकैत भएको थियो। भान्छाको जाली काटेर मूल घरभित्र प्रवेश गरेका डाँकाले मुखमा मास्क लगाएका थिए। एसपी गणेश केसीका अनुसार उनीहरुले घरमा करिब २५ मिनेट बिताएर गहना र नगद सङ्कलन गरी सहजै फरार भएका थिए।

घरमा डकैती भइरहँदा सिंह निवासको सुरक्षामा खटिएका चार सुरक्षाकर्मी कम्पाउण्डभित्र रहेको अर्को क्वार्टरमा सुतेका थिए। प्रहरीले डकैतीमा संलग्न व्यक्तिहरुको पहिचान गर्न सकेको छैन। एक महिनाअघि बूढानीलकन्ठ क्षेत्रमै बस्ने एसएसपी रणबहादुर चन्दको घरमा डकैती भएको थियो। प्रहरीले चन्दको घरमा भएको डकैतीमा संलग्न अभियुक्तहरुको पहिचान भइसकेको दाबी गरे पनि पक्राउ गर्न भने सकेको छैन।

यसअघि डिएसपी हिमाल श्रेष्ठ र एसएसपी सुदीप आचार्यको घरमा पनि डकैती भएको थियो। श्रेष्ठ र आचार्यको घरमा डकैती गर्नेहरु भने पक्राउ परिसकेका छन्

Comments

Popular posts from this blog

आरक्षणको हचुवा निर्णय