Posts

Showing posts with the label सार्वजनिक प्रशासन

परिवर्तनको प्रारम्भ आफैंबाट

हामीले काम गर्न सिकाएनौं , गाली गर्न सिकायौं । भाग्यमा भरोसा गर्न सिकायौं अथवा कसैलाई देवत्वकरण गरेर आफ्नो भविष्य उसका हातमा सुम्पने प्रवृत्तिको विकास गर्‍यौं । यो सामन्ती समाजको चरित्र हो । यसबाट समाज रूपान्तरण सम्भव छैन । लीलामणि पौड्याल हामीकहाँ असल मान्छेको अभाव छैन । हामीकहाँ समाज रूपान्तरणको ज्ञान भएका मान्छेहरूको पनि खाँचो छैन । असल अभ्यासको पनि अभाव छैन । समाज रूपान्तरणका लागि एकदमै चिन्ता गर्ने मान्छे पनि धेरै छन् । तर हामीसँग सकारात्मक विचार राख्ने , असल अभ्यास गर्ने र चिन्ता गर्ने मान्छेहरूबीच सहकार्य गर्नेे , चिन्ता र चासो राख्ने मान्छेहरूको ठूलो जमातमा विचार कार्यान्वयनका लागि जोखिम वा दुःख उठाउने अथवा सुविधा-सहुलियत त्याग्ने तत्परता तथा इमानदारीको खडेरी छ । सकारात्मक सोच , त्यसको कार्यान्वयन र असल अभ्यासको संयोजनबाट मात्रै समाज रूपान्तरण गर्न सकिन्छ । कतिपय मान्छेहरू भन्ने गर्छन् , ' यति धेरै समस्याहरू छन् , अत्यासलाग्दो स्थिति छ , जताततै प्वालैप्वाल छन् , एकातिर टाल्यो अर्कोतिर चुहिन्छ , एकातिर सियो अर्कोतिर फुस्किन्छ , त्यसैले कसरी सकारात्मक हुने ? सब...

असमान मानव विकास स्थिति

- डिल्लीराम मिश्र कुनै पनि विकास प्रक्रिया समग्र मानवीय अवधारणाको प्रतीक हो । सामान्यत यो प्रक्रिया पूरा गर्न नेपाल जस्तो विकासोन्मुख देशका लागि ग्रामीण अर्थतन्त्रको प्रचुर विकासविना कदापि सम्भव छैन । नेपाल गाउँ नै गाउँको संरचनाद्वारा निर्मित कृषि अर्थतन्त्रमा आधारित मुलुक हो ।   नेपालको मानव विकास स्थितिलाई उठाउनेतर्फ ध्यान दिँदा सन! १९५० को दशकमा राष्ट्रिय बहुपक्षीय विकास योजनाको अवधारणा प्रारम्भ भएपछि नेपालको प्रसङ!गमा विकास नै राष्ट्रिय चिन्तनको मूलधार वा केन्द्रबिन्दु बन्दै आएको छ । यही चिन्तन मननका आधारमा विगत ६० वर्षको अन्तरालमा लागू गरिएका विभिन्न योजनाले देशका विविध क्षेत्रको विकाससम्बन्धी निर्देशक सिद्धान्तहरूलाई प्रतिनिधित्व गर्दै आएको छ । विभिन्न विकास कार्यक्रमहरूका लागि सम्बन्धित सरकार र द्विपक्षीय एवं बहुपक्षीय वित्तीय संस्थाहरूबाट अर्बौं धनराशि लगानी भइसक्दा पनि समग्र रूपमा नेपालीहरूको आर्थिक जीवनस्तर माथि उठ!नु पर्नेमा झन!झन! खस्कँदो अवस्थामा विचलन हुनपुगेको छ । अझ भनौं धनी र गरिबबीचको जुन असमान दूरी छ त्यो नजिकिँदै जानुपर्नेमा झन!झन! टाढिँदै गएको छ । यसै क...

आरक्षणको हचुवा निर्णय

(सम्पादकिय कान्तिपुर दैनिक) राष्ट्रपति रामवरण यादवले अध्यादेश जारी गर्दैनन् भन्ने थाहा हुँदाहुँदै प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको कामचलाउ सरकारले सम्पूर्ण सरकारी सेवामा आरक्षणको प्रतिशत बढाउने अध्यादेश जारी गर्न सिफारिस गरेको छ । सरकारले यसअघि सिफारिस गरेका १० वटा अध्यादेश र संवैधानिक निकायमा रिक्त पदमा संसदीय सुनुवाइबिना नै नियुक्ति गर्ने व्यवस्था गर्न बाधा अड्काउ फुकाउको आदेश राष्ट्रपतिले जारी नगरी थाँती राखेका छन् । लोकतान्त्रिक मुलुकहरूमा कामचलाउ सरकारले दैनिक प्रशासन चलाउने र निर्वाचन गर्ने प्रयोजनका लागि अत्यावश्यकबाहेक अरू अध्यादेश जारी गर्न नपाउने विश्वव्यापी प्रचलन छ । तर, मन्त्रिपरिषद्ले आफू संवैधानिक रूपमा कामचलाउ सरकार हो भन्ने यथार्थलाई बेवास्ता गरी मुलुकमा दीर्घकालीन प्रभाव पार्ने एकपछि अर्को अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्दै आएको छ । विश्वव्यापी प्रचलन र अन्तरिम संविधानको संरक्षकका नाताले राष्ट्रपतिले सरकारद्वारा सिफारिस गरिएका कुनै पनि अध्यादेश जारी नगरी थाँती राखेको बताइएको छ । यो यथार्थ बुझ्दाबुझ्दै पुनः अध्यादेश जारी गर्न सिफारिस गरेपछि ...

निजामती सेवामा अब मेधावी व्यक्ति नचाहिने !

Sourse :- Ekantipur.com   सरकार  ले निजामती सेवा प्रवेश र बढुवामा मेधावी व्यक्तिलाई प्राथमिकता दिने नीति परित्याग गर्न लागेको छ । निजामती सेवा ऐन संशोधन गर्न जारी गरिन लागेको अध्यादेशमा योग्यलाई सेवा प्रवेश र बढुवामा प्राथमिकता दिने मेरिट प्रणालीलाई अन्त्य गर्ने प्रस्ताव गरिएको हो । स्थायी  सरकार  मानिने निजामती प्रशासनलाई सक्षम र कार्यदक्षतामूलक बनाउन स्थापनाकालदेखि नै मेरिट प्रणाली अपनाइँदै आएको छ ।

प्रशासनयन्त्र : हिजोदेखि आजसम्म

- श्यामशङ्कर जोशी प्रशासन देशलाई उन्नतिको पथमा डोर्‍याउन विभिनन राष्ट्रले विभिन्न व्यवस्था अँगालेको हुन्छ । अनि एउटा कल्याणकारी राज्यको स्थापना गर्न विभिन्न किसिमका योजनाको आवश्यकता हुन्छ ।  व्यवस्था र योजनाको सञ्चालनमा प्रशासनले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । जति जति मानव सम्भयताको विकास हुँदै गएको छ, त्यति त्यति नै राज्यको काममा वृद्धि भएको छ । यसले गर्दा प्रशासनको कार्यक्षेत्र पनि बढ्दै गइरहेको छ । वास्तवमा प्रशासनलाई नै आज देश विकासको मुख्य आधार मानिन्छ । नेपालको एकीकरणपश्चात् राणा शासनको उदय नहुन्जेलसम्मको अवधिमा राष्ट्रिय एकता र लोकसम्मति नै शासन व्यवस्थाको आधारशीला थियो । समयसमयमा घोषणा हुने सनद, सवाल तथा राजकीय घोषणा शासन सञ्चालनका मूल आधार हुन्थे । वि.सं. १९०३ मा कोतपर्व गरी राज्य सत्ताको सारा शक्ति आˆनो हातमा लिएपछि राणाहरूले कहिल्यै जनभावना अनुकूल नीति, नियम, कानुन तथा संविधानको तर्जुमा गरेनन् । १०४ वर्षसम्म नेपालको प्रशासन राणाहरूकै हुकुमी शासनको संस्कारमा सञ्चालित भयो ।

गलत सरुवा प्रवृत्ति र भ्रष्टाचार

- शिवराम न्यौपाने  निजामती सेवा संयन्त्र मुलुकको स्थायी सरकार हो । केन्द्रीय स्तरदेखि स्थानीय स्तरसम्म यसका संरचना विस्तार भएका छन् । राजनीतिक रिक्ततामा समेत यसले आफ्नो जिम्मेवारी निर्वाह गरी राज्य सञ्चालनलाई निरन्तरता दिएको हुन्छ ।   यसै कारण मुलुकको समग्र सामाजिक तथा आर्थिक विकासका नीति , योजना कार्यक्रमहरूले निरन्तरता पाउन सम्भव भएको छ । यसै कारण निजामती सेवाप्रतिको जनताको विश्वास र भरोसा कायमै छ तर यस सेवाभित्र बढ्दै गएका अस्वाभाविक विकृतिका कारण यसको विश्वसनीयता एवं साख क्रमशः खस्कँदै गएको आभाष हुन थालेको छ । केही कर्मचारीको भ्रष्ट आचरणका कारण समग्र निजामती सेवाको इज्जत , प्रतिष्ठा , आचरणमा धब्बा लाग्नु राम्रो होइन । त्यसैले यस सेवाभित्रका भ्रष्टाचारका प्रवृत्तिलाई नियन्त्रण गर्नु जरुरी छ । यसका लागि गलत सरुवा प्रवृत्तिलाई नियन्त्रण गर्नु पनि महत्त्वपूर्ण आधार हुन सक्दछ ।

नेपालको निजामती प्रशासनको दशा र दिशा

Image
लीलामणि पौड्याल नेपालको निजामती प्रशासन अत्यधिक राजनीतिकरणबाट ग्रस्त र गम्भीर रूपले विभाजित मानसिकताबाट गुजि्ररहेको छ । अहिलेको नेपालको निजामती प्रशासन जनजातिको र बाहुन वा क्षेत्रीको , पूर्वेली र पश्चिमेलीको , पहाडेको र मधेशीको , दलित र गैरदलितको नाममा टुक्रे र खण्डित हुँदैछ ।   यो माओवादी , काङ्ग्रेसी , एमाले , मधेशी , राप्रपा , वा अन्य कुनै राजनीतिक दलको नाममा पनि विभाजित छ । एकीकृत हुनुको पहिचान गुमाएर निजामती प्रशासन टुक्रे पहिचानको खोजीमा छ । यस सेवामा कार्यरतहरू आफूलाई निजामती सेवाको हुनुमा होइन त्यहाँ भित्रको कुनै टुकुडीको खाँटी सदस्य हुनुमा गर्व गर्छन् । यसलाई परिचालन गर्ने राजनैतिक नेतृत्व पनि त्यसरी टुत्र \m याइएको समूहभित्र आ ˆ नो वर्चस्व विस्तारमा तल्लीन छन् । कसैलाई मन परे पनि नपरे पनि अहिलेको नाङ्गो यथार्थ यही हो । पदार्थ वा वस्तुलाई स-सानो एकाइमा विभाजन गरिदियो भने पदार्थ त नासिँदैन तर त्यसको स्वरूप वा अस्तित्वको आभास मान्छेलाई हुँदैन । जब हामी पदार्थका स-साना टुक्रालाई गुच्छा जस्तो खेलाउन , भकुण्डोको रहर मेटाउन चाहन्छौं वा आफूखुसी तोड्नमोड्न चाहन्छौं त्यसको भौत...

लोक सेवा आयोगको योग्यता प्रणाली

  कमल ज्ञवाली आयोगले खुला/आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षालाई व्यवस्थित र विवादरहित बनाउन विगतमा अनेकौं प्रयास गर्दै आएको छ तर यस्ता प्रयास योग्यता प्रणालीको संरक्षण र संवर्द्धनका लागि यथेष्ट थिएनन् पाँडे पजनीदेखि पार्टी पजनीसम्मको इतिहास बोकेको नेपालको कर्मचारीतन्त्रमा अनेकौँ आरोह अवरोह देखापर्दै आएका छन् । स्थायी सरकारको रूपमा कर्मचारीतन्त्रलाई स्थापित गरी निष्पक्ष , सक्षम तथा योग्यता प्रणालीमा आधारित बनाउन राणाशासनको अन्त्य भएको लगत्तै लोकसेवा आयोगको स्थापना भएको हो । आयोगको स्थापनापछि क्रमशः सुधारका पाइलाहरू अगाडि बढाउँदै लैजाँदा कर्मचारीतन्त्रबाट निजामती सेवाको स्वरूप धारण गर्न खेलेको ऐतिहासिक भूमिकाले नै हालसम्म यसले जनविश्वास प्राप्त गर्न सकेको छ । निजामती सेवाको संस्थागत विकास हुन सकोस् भनी २००८ सालदेखि हालसम्म जारी भएका प्रत्येक संविधानले आयोगलाई पर्याप्त अधिकार र कर्तव्य दिएर बलियो पार्ने प्रयास गरेका छन् । योग्यता प्रणाली निजामती सेवाको लागि अनिवार्य सर्त हो । योग्यता प्रणालीको प्रत्यक्ष सम्बन्ध पदपूर्ति गर्ने तरिकासँग हुन्छ । यस्तो पदपूर्ति नेपालको सन...