Posts

Showing posts with the label लेख

नेपालको पुनर्निर्माणका लागि जुट्यो ४ खर्ब ४० अर्ब

Image
अनुदानमा चीन अगाडि, ऋण सहायतामा भारत भूकम्पले पुर्‍याएको क्षतिको पुननिर्माणका लागि ४ खर्ब ४० अर्बभन्दा बढी रकम जुटेको छ । दाता सूचीमा भारत, चीन र एसियाली विकास बैंक अग्र पङ्तीमा छन् । वैशाख १२ र २९ को भूकम्प तथा लगातारको पराकम्पले अबौंको क्षति भएपछि पुनर्निर्माणमा सहयोग जुटाउन सरकारले बिहीबार काठमाडौंमा अन्तराष्ट्रिय दाता सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा प्रधानमन्त्री सुशील कोइरालाले दाताको सहयोगमा कुनै अनियमिता नहुने र सहयोग वास्तविक पीडितसम्म पुग्ने बताए ।

भूकम्पपछि आड र भरोसा युवाले नै दिए

Image
घरहरू ढलेका छन्, मनहरू ढलेका छैनन् लीलामणि पौडेल , मुख्यसचिव भूकम्पले क्षति पुर्याएका स्थानमा विभिन्न राहत सामग्री लिएर अथवा स्वयंसेवी अभियान लिएर युवाहरू पुगेका छन् । देश र समाजप्रति समर्पण र सहयोगी भावना देखिएका छन् । युवामा आएको यो जागरणले हामी सबैलाई अलिकति आशावादी हुन् प्रेरित गरेको छ । घरहरू ढलेका छन्, मनहरू ढलेका छैनन् भन्ने ब्यानर्स पनि देखिएका छन् । दुःखमा परेका नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई हामी छौं भन्ने आड र भरोसा युवाले नै दिए । देश र देशबाहिर रहेका नेपाली युवायुवतीले सहयोगी हात बढाए । विदेशमा रहेका नेपाली युवा पनि आएर स्वतस्फूर्त रुपमा गाउँगाउँ पुगेका छन्, यही नै हाम्रो सबैभन्दा ठूलो पुँजी हो, सम्पत्ति हो ।

दरबार हत्याकान्डबारे पारस र हिमानीको बयान

Image
१४ वर्षअघि दरबार हत्याकान्ड हुँदा पारस श्री ५ शाहज्यादा थिए अनि हिमानी श्री ५ शाहज्यादी। हत्याकान्डपछि उनका बुबा ज्ञानेन्द्र श्री ५ महाराजधिराज भए। तर उनीहरुलाई युवराज/युवराज्ञी घोषणा गर्न भने दशैँसम्म कुर्नुपर्‍यो। देशमा गणतन्त्र घोषणा भएपछि दुवै पूर्व युवराज/युवराज्ञी भएका छन्। २०५८ जेठ १९ गते नारायणहिटी दरबारमा हत्याकान्ड हुँदा दुवै घटनास्थलमा थिए। उनीहरुले घटनाबारे छानबिन गर्न तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा गठित सभामुख तारानाथ रानाभाट सदस्य भएको उच्चस्तरीय आयोगलाई के बयान दिएका थिए? धेरैले बिर्सिसके होलान्। पढ्नुस् पारस र हिमानीको बयान।

ए आमा नेपाल तिमीलाई संसारकी राम्री बनाउँछौ ..

Image
बिनु पोखरेल आउँछ भनेको सुनेका थियौँ। तर कस्तो र कतिबेला आउँछ थाहा थिएन। यहि समयमा आउँछ भनेर कसैले भनेनन् पनि। भन्नै पनि सक्दैनथे। त्यो आयो ०७२ बैशाखको १२ गते १२ बजेको समय बनाएर आयो। अनि हाम्रा सुन्दर गाउँबस्ती र कलात्मक मठ मन्दिर गर्ल्याम गुर्लुम्य ढलाएर गयो। विश्वभर छरिएर रहेकाहरु नेपालीको मनमुटुमा एउटा कहाली लाग्दो दिनको कुरुप सम्झना गाडेर गयो।

नेपालको भूकम्पबारे थाहा पाउनै पर्ने तीन तथ्य

नेपालको भूकम्पबारे थाहा पाउनै पर्ने तीन तथ्य जसलाई वैज्ञानिकहरुले स्पष्ट भनिरहेका छैनन् . वैशाख १२ को विनाशकारी भूकम्पको चार साता बितिसक्यो। तर अझै पनि मानिसहरु भूकम्पको त्रासबाट मुक्त हुन सकेका छैनन्। बेलामौकामा विभिन्न स्रोतको हवाला दिँदै अझै ठूलो भूकम्प आउन सक्ने अनलाइन लिङ्कहरुले भ्रम फैलाउने काम जारी छ। यही बुझेर नेसनल डिस्कभरी च्यानल नामको ब्लगमा डन प्रिन्सले  एउटा ब्लग  लेखेका छन्।  ‘यो पोस्ट भूकम्पबाट त्रसित नेपालीलाई आश्वस्त पार्न लेखिएको हो’, उनले लेखेका छन्। उनको ब्लगको भावानुवाद-

भूकम्प गए पनि यसकारण हामी भाग्यमानी

Image
२०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प अहिलेको पुस्ताले भोगेको सबैभन्दा ठूलो प्राकृतिक प्रकोप थियो। धेरै जनधनको क्षति भए पनि भूकम्प सहेर बाँच्नेहरुले आफूलाई भाग्यमानी मान्नुपर्ने हुन्छ। भाग्यमानी मान्नुपर्ने केही कारणहरु यस्ता छन्- १) भूकम्पको समय हामी भाग्यमानी यसकारण छौँ कि भूकम्प विदाको दिन शनिबार, मध्याह्न आइदियो। यति ठूलो स्तरको भूकम्प विदाको दिनबाहेक अर्को दिन र दिउँसोको साटो राति आइदिएको भए? अहो, कल्पना पनि गर्न सकिन्न के हुन्थ्यो! 

परिवर्तनको प्रारम्भ आफैंबाट

हामीले काम गर्न सिकाएनौं , गाली गर्न सिकायौं । भाग्यमा भरोसा गर्न सिकायौं अथवा कसैलाई देवत्वकरण गरेर आफ्नो भविष्य उसका हातमा सुम्पने प्रवृत्तिको विकास गर्‍यौं । यो सामन्ती समाजको चरित्र हो । यसबाट समाज रूपान्तरण सम्भव छैन । लीलामणि पौड्याल हामीकहाँ असल मान्छेको अभाव छैन । हामीकहाँ समाज रूपान्तरणको ज्ञान भएका मान्छेहरूको पनि खाँचो छैन । असल अभ्यासको पनि अभाव छैन । समाज रूपान्तरणका लागि एकदमै चिन्ता गर्ने मान्छे पनि धेरै छन् । तर हामीसँग सकारात्मक विचार राख्ने , असल अभ्यास गर्ने र चिन्ता गर्ने मान्छेहरूबीच सहकार्य गर्नेे , चिन्ता र चासो राख्ने मान्छेहरूको ठूलो जमातमा विचार कार्यान्वयनका लागि जोखिम वा दुःख उठाउने अथवा सुविधा-सहुलियत त्याग्ने तत्परता तथा इमानदारीको खडेरी छ । सकारात्मक सोच , त्यसको कार्यान्वयन र असल अभ्यासको संयोजनबाट मात्रै समाज रूपान्तरण गर्न सकिन्छ । कतिपय मान्छेहरू भन्ने गर्छन् , ' यति धेरै समस्याहरू छन् , अत्यासलाग्दो स्थिति छ , जताततै प्वालैप्वाल छन् , एकातिर टाल्यो अर्कोतिर चुहिन्छ , एकातिर सियो अर्कोतिर फुस्किन्छ , त्यसैले कसरी सकारात्मक हुने ? सब...

पत्रकारितामा नैतिकता

  k|lbkrGb| ;'a]lb kqsfl/tf ;dfh;Fu k|To5 ;/f]sf/ /fVg] laifo xf] h;df ;dfrf/sf] ;Fsng, n]vg, l/kf]l6{ª, ;Dkfbg ul/ k|:t't ul/G5 . k|:t'lts/0f laleÌ dfw\odaf6 x'g] ub{5 h:tf]M cvaf/, klqsfx?, /]l8of], l6=eL=, j]a ­ kqsfl/tf cflb. o;n] ;dfhsf cfly{s, ;fdflhs, /fhg}lts, snf, ;flxTo, dgf]/Ghg h:tf laifox? ;d]65 . ljZjdf kqsfl/tfsf] ;'?jft ;g !#! df /f]daf6 ePsf] dflgG5 . k|yd klqsf –ACTA DIURNA -lbgsf 36gfx?_ eÌ] lyof], h'g wft'sf kftfx?df cIf/ s'Fb]/ tof/ ul/Gyof] . To; j|mdb]lv xfn;Dd cfpbf o;nfO{ w]/} kl/is[t ub}{ Pp6f ;Ddflgt k]zfsf] ?kdf lng yflnof] . xfn cfP/ of] ;Ddflgt k]zfdf s]lx las[ltx? b]vf kg{ yfn]sf 5g . h;df ;aeGbf al9 k|efj /fhg}lts?df k/]sf] b]lvG5 . ;dfg cf:yf af lakl/t cf:yf s} sf/0fn] x'g] lae]bn] k|>|o kfPsf] 5 . tTodf cfwfl/t kqsfl/tf gul/g' g} cfhsf] k|d'v ;d:ofsf] ?df /x]sf] 5 . cfhef]ln kqsfl/tfnfO{ æsfnf]nfO{ ;]tf] / ;]tf]nfO{ sfnf] agfpg]æ k]zf eg]/ cfnf]rgf u/]sf] k...

देस विकासको लागि सविधानको महत्व

राम्रो संविधान बनाएर मात्र त देश नबन्ने रहेछ । गुरूराज घिमिरे Saturday, 18 July 2009 17:49 राजनीतिक वा सामाजिक सम्झौताबाट कसैलाई हानि पुग्दैन , बरु यसबाट सम्बन्धित या असम्बन्धित सबैले लाभ प्राप्त गर्छन् भन्ने रुसोको सामाजिक सम्झौताको सिद्धान्तसँग धेरथोर सम्मति राख्ने पार्टी नेपाली कांग्रेस राजतन्त्रसँग कुनै पनि हालतमा सम्झौता नगर्ने मनस्थिति र परिस्थितिमा पुगेपछि नेपालको राजनीतिमा नयाँ युगको प्रारम्भ भयो । कसैले माने पनि नमाने पनि लोकतान्त्रिक गणतन्त्रका लागि नेपाली कांग्रेस तयार नभएको भए नेपालबाट राजतन्त्र बिदा हुँदैनथ्यो । २००७ देखि निरन्तर साम्यवादी गणतन्त्र स्थापनाको लडाइँ लडेका नेपालका सबैजसो कम्युनिस्ट पार्टी धमाधम सम्झौतावादी बन्दै राजसंस्थासँगको सहकार्यमा अघि बढिरहेका थिए । हतियारको बलमा राज्यसत्ता कब्जा गर्न सकिन्छ भन्ने विश्वासमा रहेको तत्कालीन नेकपा माओवादीसमेत राजासहितको राजनीतिक व्यवस्थामा सत्ता साझेदारी गर्न आतुर थियो । तर , पटक-पटकका संघर्षमा राजासँग सम्झौता गरेको पार्टी पुनः राजा...