Posts

Showing posts with the label समाचार

नेपालको पुनर्निर्माणका लागि जुट्यो ४ खर्ब ४० अर्ब

Image
अनुदानमा चीन अगाडि, ऋण सहायतामा भारत भूकम्पले पुर्‍याएको क्षतिको पुननिर्माणका लागि ४ खर्ब ४० अर्बभन्दा बढी रकम जुटेको छ । दाता सूचीमा भारत, चीन र एसियाली विकास बैंक अग्र पङ्तीमा छन् । वैशाख १२ र २९ को भूकम्प तथा लगातारको पराकम्पले अबौंको क्षति भएपछि पुनर्निर्माणमा सहयोग जुटाउन सरकारले बिहीबार काठमाडौंमा अन्तराष्ट्रिय दाता सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा प्रधानमन्त्री सुशील कोइरालाले दाताको सहयोगमा कुनै अनियमिता नहुने र सहयोग वास्तविक पीडितसम्म पुग्ने बताए ।

नेपालको भूकम्पबारे थाहा पाउनै पर्ने तीन तथ्य

नेपालको भूकम्पबारे थाहा पाउनै पर्ने तीन तथ्य जसलाई वैज्ञानिकहरुले स्पष्ट भनिरहेका छैनन् . वैशाख १२ को विनाशकारी भूकम्पको चार साता बितिसक्यो। तर अझै पनि मानिसहरु भूकम्पको त्रासबाट मुक्त हुन सकेका छैनन्। बेलामौकामा विभिन्न स्रोतको हवाला दिँदै अझै ठूलो भूकम्प आउन सक्ने अनलाइन लिङ्कहरुले भ्रम फैलाउने काम जारी छ। यही बुझेर नेसनल डिस्कभरी च्यानल नामको ब्लगमा डन प्रिन्सले  एउटा ब्लग  लेखेका छन्।  ‘यो पोस्ट भूकम्पबाट त्रसित नेपालीलाई आश्वस्त पार्न लेखिएको हो’, उनले लेखेका छन्। उनको ब्लगको भावानुवाद-

Unsettled Earth continues to rattle Nepal

Image
By Jonathan Amos BBC Science Correspondent 12 May 2015 Nepal quake Video   Nepal quake causes landslide Video   Nepali parliament hit by quake US helicopter missing in Nepal Second Nepal earthquake strikes By any stretch, a magnitude-7.3 quake is a big one. Tuesday's shaker in Nepal is not quite as bad as the 7.8 tremor on 25 April - which was 5.5-times as energetic - but it is a major quake nonetheless. The location is different. The epicentre this time is about 80km east-northeast of Kathmandu, halfway to Everest. A fortnight ago, the event began 80km to the northwest of the capital. But just that observation is instructive because of what we have learnt in the past two weeks. In April, we saw the fault system rupture eastwards from the epicentre for 150km. And the immediate analysis suggests Tuesday's tremor has occurred right at the eastern edge of this failure.

भूकम्प गए पनि यसकारण हामी भाग्यमानी

Image
२०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प अहिलेको पुस्ताले भोगेको सबैभन्दा ठूलो प्राकृतिक प्रकोप थियो। धेरै जनधनको क्षति भए पनि भूकम्प सहेर बाँच्नेहरुले आफूलाई भाग्यमानी मान्नुपर्ने हुन्छ। भाग्यमानी मान्नुपर्ने केही कारणहरु यस्ता छन्- १) भूकम्पको समय हामी भाग्यमानी यसकारण छौँ कि भूकम्प विदाको दिन शनिबार, मध्याह्न आइदियो। यति ठूलो स्तरको भूकम्प विदाको दिनबाहेक अर्को दिन र दिउँसोको साटो राति आइदिएको भए? अहो, कल्पना पनि गर्न सकिन्न के हुन्थ्यो! 

डिआइजीको घरमा डकैती

बूढानीलकन्ठमा रहेको डिआइजी विश्वराज सिंहको घरमा बिहान २ बजे डकैती भएको छ। चार जना सुरक्षाकर्मीको सुरक्षा घेरामा बसेका डिआइजी सिंहको घरमा खुकुरी बोकेर पुगेका चार जना डाँकाले विभिन्न सुनका गहना र नगद गरी करिब ७ लाख रुपैयाँ बराबर डकैत गरी फरार भएका छन्।    प्रहरी प्रधान कार्यालयको सुरक्षा महाशाखामा कार्यरत् सिंह परिवार सुतिरहेका बेला यो डकैत भएको थियो। भान्छाको जाली काटेर मूल घरभित्र प्रवेश गरेका डाँकाले मुखमा मास्क लगाएका थिए। एसपी गणेश केसीका अनुसार उनीहरुले घरमा करिब २५ मिनेट बिताएर गहना र नगद सङ्कलन गरी सहजै फरार भएका थिए। घरमा डकैती भइरहँदा सिंह निवासको सुरक्षामा खटिएका चार सुरक्षाकर्मी कम्पाउण्डभित्र रहेको अर्को क्वार्टरमा सुतेका थिए। प्रहरीले डकैतीमा संलग्न व्यक्तिहरुको पहिचान गर्न सकेको छैन। एक महिनाअघि बूढानीलकन्ठ क्षेत्रमै बस्ने एसएसपी रणबहादुर चन्दको घरमा डकैती भएको थियो। प्रहरीले चन्दको घरमा भएको डकैतीमा संलग्न अभियुक्तहरुको पहिचान भइसकेको दाबी गरे पनि पक्राउ गर्न भने सकेको छैन। यसअघि डिएसपी हिमाल श्रेष्ठ र एसएसपी सुदीप आचार्यको घरमा पनि डकैती भएको थियो। श्रे...

बस दुर्घटना १ को मृत्यु, 33 घाइते

बागलुङबाट कुश्मातर्फ गइरहेको ग १ ख २४९४ नम्बरको यात्रुवाहक मिनि माईक्रो बस आइतवार नगरपालीका- १ गणेशस्थानको घुम्तीमा दुर्घटना हुँदा एक बालकको घटनास्थलमै मृत्यु भएको छ। मृतक बालक पबर्त जिल्ला पाङ-4काहुन । दुर्घटनामा चालक सहित 33 घाइते भएका छन्। घाइतेभएका मध्ये बस चालक सहित १० जना यात्रुलार्ई थप उपचारका लागि पोखरा पठाइएको छ। घाईतहरुमा बाग्लुङ नारायणस्थान-१का बम बहादुर गौतम, गौमती खड्का, भकुण्डै-९का नर बहादुर भण्डारी, गोकुल मल्ल, बाग्लुङ नरपालिका-२का राजु बोहोरा, पर्वत पाङ-३ पार्वती रिजाल, विस्णु रिजाल, शिवालयका धरणीधर श्रैष्ठ लगायतको अवस्था गम्भिर छ। पोखरा रिफर गरेका दुई जनाको नाम खुल्न सकेको छैन। पोखरा पठाएका विरामीको अवस्था गम्भीर छ। घाइते हुनेहरुमा पर्वत पाङ-१ की पार्वती रिजाल, बिकाश पौडैल, बाग्लुङ पैयुँपाटाका यसोदा थापा,साबीत्रा शर्मा,आकाश पौडेल,अमलाचौरकी देबी जिसी,राजु जिसी,भुमीराज शर्मा,बागलुङ मालढुङगाकी अप्सरा बिक, नारायणस्थानकी गंगा खड्का,पाङकी पार्वती रिजाल,दिपक रीजाल,छिस्ती बागलुङका यशोदा शर्मा,तुलसी केसी लगायत रहेका छन।घाईतेहरुको बाग्लुङ अस्पतालमा उपचार भईरह...

आगलागीमा श्रीमान्-श्रीमतीसहित तीनको मृत्यु

रसुवाको यार्सा गाविसमा मंगलबार राति आगलागी हुँदा श्रीमान्-श्रीमतीको मृत्यु भएको छ । आगलागीमा यार्सा- १ का ८० वर्षिय लक्षिण ग्याल्बो घले र उनकी ७५ वर्षिय श्रीमती रेञ्जिनाको जलेर मृत्यु भएको रसुवाका प्रहरी नायब उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए । 'आगलागी नियन्त्रणमा आएपछि गाउँले सोधखोज गर्दा श्रीमान्-श्रीमतीको शव नै नचिनिने अवस्थामा फेला पर्‍यो,' रानाले कान्तिपुरसित भने । आगलागीमा अन्य तीन घर जलेर खरानी भएका छन् । परिवार सुतिरहेका बेलामा लक्षिण ग्याल्बो घलेको घरबाट सल्किएको आगो स्थानीयवासीले नियन्त्रणमा लिएका थिए । यसैबीच रसुवा सदरमुकाम धुन्चेमा मंगलबार राति आगलागी हुँदा एक जनाको मृत्यु हुनुका साथै पाँच घर जलेको छ । मंगलबार साढे आठबजे आगलागी हुदाँ धुन्चे - ८ का ३९ वर्षिय नुर्पुछिरिङ तामाङ आफ्नै घरभित्र जलेर मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले बताए । नुर्पुछिरिङ जिविसका कर्मचारी हुन् । आगो मृतक नुर्पुछिरिङ घरबाट सल्केको थियो । उनको घरमा खुल्ला रहेको ग्याँस सिलिण्डर छेउमा उनले चुरोट सल्काउन लाग्दा आगलागी भएको स्थानीयले बताए । आगो बुधबार बिहान नियन्त्रण आए...

बाग्लुङ तनावग्रस्त

प्रहरी र माओवादीबीच बाग्लुङमा झड्प   काठमाडौं -लघुवित्त सम्बन्धी कार्यक्रममा सहभागी हुन बाग्लुङ पुगेका उर्जामन्त्री  प्रकाशशरण महतलाई एकीकृत माओवादी कार्यकर्ताहरुले कालो झण्डा देखाउने  क्रममा आज शुक्रबार झड्प भएको छ । झड्पपछि बाग्लुङ तनावग्रस्त बन्न  पुगेको छ । स्थानीय एक होटल निकट माओवादी कार्यकर्ताहरुले मन्त्री महतलाई  कालोझण्डा देखाउँदै ढुंगा प्रहार गरेपछि प्रहरी र माओवादी कार्यकर्ताहरुबीच  झड्प भएको थियो ।   झड्पका क्रममा नेपाल महिला संघ, बाग्लुङकी सचिव  शकुन्तला शर्मासहित केही घाइते भएका छन् । मन्त्री महतलाई कार्यक्रमस्थल  जाँदै गर्दा माओवादी कार्यकर्ताहरुले नाराबाजीसहित कालोझण्डा देखाउँदै ढुंगा  प्रहार गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । 

टिका बिष्टको लेख के थियो ?

के लेखिन टीकाले के लेखिन टीकाले ?     कात्तिक १० गते सदरमुकाम खलंगामा ग्रामीण विकासका लागि शिक्षा तथा सञ्चार रुकुमद्वारा सञ्चालित सामुदायिक रेडियो सिस्ने एफएम ९२ थोप्लो ८ मेगाहर्जको औपचारिक उद्‍घाटन कार्यक्रमको आयोजना गरिएको थियो। उद्‍घाटन कसले गर्ने ? भन्ने विषयमा सम्पूर्ण रेडियो परिवारले छलफल गरेपछि वर्तमान सरकारका सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेल आउने पक्का भयो।   यसै पनि जिल्लामा सञ्चारमन्त्री आउने खबरले सञ्चारकर्मीमा टाइँफाइँ त थियो नै झनै लोकप्रिय नेता तथा सरकारका प्रवक्ता , त्यसमै पनि मन्त्री आउने भनेपछि सबैको मनमा ‘ लौ न के भन्छन् ? कार्यक्रम कस्तो हुन्छ ? माओवादीले कस्तो विरोध गर्लान् - ’ जस्ता प्रश्नहरूले घरजम गरिरहेका थिए। प्र्रहरी , कर्मचारीहरू पनि सकिनसकी यताउता , चलकमलक गरिरहेका देखिन्थे। अचम्म त के भने जति आयोजकले तयारी गर्नुपर्ने त्योभन्दा तीन दोब्बरले माओवादीले तयारी गरिरहेको थियो। यसले पनि बजार शोभायमान थियो। मन्त्री आउने तीन दिनपहिलेबाट एकीकृत माओवादीले पुराना जनमुक्ति सेना अर्थात वाईसीएल र अन्य कार्यकर्तालाई सदरमुकाममा ...