Posts

Showing posts with the label मुख्य पृष्ठ

नेपालको पुनर्निर्माणका लागि जुट्यो ४ खर्ब ४० अर्ब

Image
अनुदानमा चीन अगाडि, ऋण सहायतामा भारत भूकम्पले पुर्‍याएको क्षतिको पुननिर्माणका लागि ४ खर्ब ४० अर्बभन्दा बढी रकम जुटेको छ । दाता सूचीमा भारत, चीन र एसियाली विकास बैंक अग्र पङ्तीमा छन् । वैशाख १२ र २९ को भूकम्प तथा लगातारको पराकम्पले अबौंको क्षति भएपछि पुनर्निर्माणमा सहयोग जुटाउन सरकारले बिहीबार काठमाडौंमा अन्तराष्ट्रिय दाता सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा प्रधानमन्त्री सुशील कोइरालाले दाताको सहयोगमा कुनै अनियमिता नहुने र सहयोग वास्तविक पीडितसम्म पुग्ने बताए ।

पर्यटन क्षेत्रमा ४४ अर्ब क्षति

 सरकारले भूकम्पबाट पर्यटन तथा पुरातात्त्विक सम्पदामा करीब ४४ अर्ब रुपैयाँबराबरको क्षति भएको अनुमान गरेको छ । भूकम्पबाट भएको भौतिक क्षति तथा त्यसपछि पर्यटक आगमन ठप्प हुँदा पर्यटन उद्योगले उक्त मूल्यबराबरको क्षति बेहोर्नुपरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । व्यवस्थापिका संसद्, अन्तरराष्ट्रिय सम्बन्ध तथा श्रमसमितिमा आइतवार पर्यटनमन्त्री कृपाशुर शेपाद्वारा प्रस्तुत तथ्याङ्कमा सो क्षतिको अनुमान गरिएको हो । मन्त्रालयले जेठ ३२ गतेबाट विश्वसम्पदा क्षेत्रमा सूचीकृत कतिपय सम्पदा अवलोकनका लागि खुला गर्ने तयारी गरिरहेको मन्त्री शेर्पाले जानकारी दिए । उनका अनुसार आगामी ५ वर्षभित्र सम्पदा पुनर्निर्माण हुने गरी मन्त्रालयले योजना तयार पारिरहेको छ । पर्यटनले यस क्षेत्रको विस्तार र पुनर्निर्माणका लागि अर्थ मन्त्रालयसँग १ अर्ब ८० करोड रुपैयाँ माग गरेको उनले बताए ।

आगामी बजेट ८ खर्ब ८० अर्ब

Image
पुनर्निर्माणका लागि रू. १ खर्ब ४५ अर्ब बजेट जेठ २६, काठमाडौं । आगामी आर्थिक वर्ष २०७२/७३ को बजेट सीमा रू. ८ खर्ब ८० अर्बको पुग्ने भएको छ । भूकम्पले क्षति पुर्‍याएका संरचनाको पुनर्निर्माण र राहतका लागि सरकारले बजेट सीमा बढाएकोे हो । ‘सरकार भूकम्पले पुर्‍याएको क्षतिको आकलन गरी बजेटको सीमा बढाउने तयारीमा जुटिरहेको छ,’ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा गोविन्दराज पोखरेलले भने, ‘आगामी बजेट रू. ८ खर्ब ८० अर्बसम्मको पुग्नसक्छ ।’ यो आकारको बजेट आयो भने त्यो चालू आवको भन्दा रू. २ खर्ब ६२ अर्बले बढी हुनेछ । चालू आवको बजेटको आकार रू.६ खर्ब १८ अर्ब छ । 

संविधान निर्माणका सम्बन्धमा संविधानसभाका चार प्रमुख दलहरुबीच भएको सहमति

संविधानसभाबाट संविधान जारी गर्ने संबन्धमा विगत लामो समयदेखि रहेको गतिरोधलाई अन्त्य गर्दै यथाशिघ्र संविधान निर्माण गरी  घोषणा गर्न निम्नलिखित सहमति गरेका छौं ।  संघीयता र प्रदेश रचना                    १) संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा  पहिचानका ५  र सामथ्र्यका ४ आधारमा आठ (८) प्रदेश निर्माण गरिनेछ । २) प्रदेशको नामाकरण प्रदेश सभाको दुई तिहाइ बहुमतको निर्णयबाट गरिनेछ । ३) प्रदेशको सीमाङ्कन संबन्धी सिफारिश गर्न नेपाल सरकारले एक संघीय आयोग गठन गर्नेछ । आयोगको कार्यावधि ६ महिना हुनेछ । संघीय आयोगको सुझाव–प्रतिवेदन प्राप्त भएपछि प्रदेशको सीमाङ्कनको अन्तिम निर्णय व्यवस्थापिका– संसदको दुई तिहाइ बहुमतले गर्नेछ ।

भूकम्पपछि आड र भरोसा युवाले नै दिए

Image
घरहरू ढलेका छन्, मनहरू ढलेका छैनन् लीलामणि पौडेल , मुख्यसचिव भूकम्पले क्षति पुर्याएका स्थानमा विभिन्न राहत सामग्री लिएर अथवा स्वयंसेवी अभियान लिएर युवाहरू पुगेका छन् । देश र समाजप्रति समर्पण र सहयोगी भावना देखिएका छन् । युवामा आएको यो जागरणले हामी सबैलाई अलिकति आशावादी हुन् प्रेरित गरेको छ । घरहरू ढलेका छन्, मनहरू ढलेका छैनन् भन्ने ब्यानर्स पनि देखिएका छन् । दुःखमा परेका नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई हामी छौं भन्ने आड र भरोसा युवाले नै दिए । देश र देशबाहिर रहेका नेपाली युवायुवतीले सहयोगी हात बढाए । विदेशमा रहेका नेपाली युवा पनि आएर स्वतस्फूर्त रुपमा गाउँगाउँ पुगेका छन्, यही नै हाम्रो सबैभन्दा ठूलो पुँजी हो, सम्पत्ति हो ।

दरबार हत्याकान्डबारे पारस र हिमानीको बयान

Image
१४ वर्षअघि दरबार हत्याकान्ड हुँदा पारस श्री ५ शाहज्यादा थिए अनि हिमानी श्री ५ शाहज्यादी। हत्याकान्डपछि उनका बुबा ज्ञानेन्द्र श्री ५ महाराजधिराज भए। तर उनीहरुलाई युवराज/युवराज्ञी घोषणा गर्न भने दशैँसम्म कुर्नुपर्‍यो। देशमा गणतन्त्र घोषणा भएपछि दुवै पूर्व युवराज/युवराज्ञी भएका छन्। २०५८ जेठ १९ गते नारायणहिटी दरबारमा हत्याकान्ड हुँदा दुवै घटनास्थलमा थिए। उनीहरुले घटनाबारे छानबिन गर्न तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा गठित सभामुख तारानाथ रानाभाट सदस्य भएको उच्चस्तरीय आयोगलाई के बयान दिएका थिए? धेरैले बिर्सिसके होलान्। पढ्नुस् पारस र हिमानीको बयान।

ए आमा नेपाल तिमीलाई संसारकी राम्री बनाउँछौ ..

Image
बिनु पोखरेल आउँछ भनेको सुनेका थियौँ। तर कस्तो र कतिबेला आउँछ थाहा थिएन। यहि समयमा आउँछ भनेर कसैले भनेनन् पनि। भन्नै पनि सक्दैनथे। त्यो आयो ०७२ बैशाखको १२ गते १२ बजेको समय बनाएर आयो। अनि हाम्रा सुन्दर गाउँबस्ती र कलात्मक मठ मन्दिर गर्ल्याम गुर्लुम्य ढलाएर गयो। विश्वभर छरिएर रहेकाहरु नेपालीको मनमुटुमा एउटा कहाली लाग्दो दिनको कुरुप सम्झना गाडेर गयो।

नेपालको भूकम्पबारे थाहा पाउनै पर्ने तीन तथ्य

नेपालको भूकम्पबारे थाहा पाउनै पर्ने तीन तथ्य जसलाई वैज्ञानिकहरुले स्पष्ट भनिरहेका छैनन् . वैशाख १२ को विनाशकारी भूकम्पको चार साता बितिसक्यो। तर अझै पनि मानिसहरु भूकम्पको त्रासबाट मुक्त हुन सकेका छैनन्। बेलामौकामा विभिन्न स्रोतको हवाला दिँदै अझै ठूलो भूकम्प आउन सक्ने अनलाइन लिङ्कहरुले भ्रम फैलाउने काम जारी छ। यही बुझेर नेसनल डिस्कभरी च्यानल नामको ब्लगमा डन प्रिन्सले  एउटा ब्लग  लेखेका छन्।  ‘यो पोस्ट भूकम्पबाट त्रसित नेपालीलाई आश्वस्त पार्न लेखिएको हो’, उनले लेखेका छन्। उनको ब्लगको भावानुवाद-

Unsettled Earth continues to rattle Nepal

Image
By Jonathan Amos BBC Science Correspondent 12 May 2015 Nepal quake Video   Nepal quake causes landslide Video   Nepali parliament hit by quake US helicopter missing in Nepal Second Nepal earthquake strikes By any stretch, a magnitude-7.3 quake is a big one. Tuesday's shaker in Nepal is not quite as bad as the 7.8 tremor on 25 April - which was 5.5-times as energetic - but it is a major quake nonetheless. The location is different. The epicentre this time is about 80km east-northeast of Kathmandu, halfway to Everest. A fortnight ago, the event began 80km to the northwest of the capital. But just that observation is instructive because of what we have learnt in the past two weeks. In April, we saw the fault system rupture eastwards from the epicentre for 150km. And the immediate analysis suggests Tuesday's tremor has occurred right at the eastern edge of this failure.
Image