Posts

Showing posts with the label धर्म

श्रीकृष्ण जन्माष्टमी

Image
बागलुङमा   श्रीकृष्णको झाँकीसहित शोभायात्रा निकालिदै (photo:Emazza)  श्रीकृष्णको जन्म भएको कहिले भन्ने यथेष्ट कारण नहुदानहुदै जन्मोत्सव मनाउनु त्यति राम्रो त होईन तर नेपालमा यो पर्व मनाउने चलन पुरानो हो भन्नेमा कुनै सन्देह छैन । तथापी हिन्दूहरुले श्रीकृष्ण जन्माष्टमीमा भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँछन् । ज्ञानयोग , कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिन(भाद्रकृष्ण अष्टमी)लाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ । जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा-आराधना , प्रवचन , भजन-कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू ' व्रत ' बसी रातभर जाग्राम बस्ने चलन छ । अन्याय , अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवमात्रको संरक्षण गर्न भगवान् विष्णुको आठौं अवतारको रूपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । कुरुक्षेत्रमा कौरबहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई ...