Skip to main content

राजस्व न्यायाधीकरणमा मुद्दा फछर्यौट तीव्र


कर असुलीसम्बन्धी समस्याका मुद्दाहरूको न्यायिक निकाय राजस्व न्यायाधीकरणले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा ६ वर्षदेखि बक्यौता रहेका मुद्दा फछर्यौट गरेको छ । सामान्यतया मुद्दाको अंग पुगेको ६ महिनाभित्रमा फछर्यौट हुने कानुनी म्याद रहे पनि विगत ६ वर्षदेखिका मुद्दाहरू फछर्यौट हुन सकेका थिएनन् ।
राजस्व न्यायाधीकरणका श्रेष्तेदार भीमकुमार श्रेष्ठले बाँकी मुद्दाको लागि पेशी मिलाई सकेको उल्लेख गर्दै सम्बन्धित कानुन व्यवसायीहरूलाई समेत कार्यतालिकाको बारेमा खबर गरिसकिएको जानकारी दिए ।
यस वर्षकोे वैशाख महिनाभित्रमा आर्थिक वर्ष ०६३÷६४ का बाँकी रहेका मुद्दाहरू फछर्यौट गर्ने लक्ष्य राखेको श्रेष्तेदार श्रेष्ठले बताए । उनका अनुसार ०६३÷६४ का ३२ थान मुद्दाहरूमा हाल ६ थान मुद्दा मात्र बाँकी रहेका छन् भने आर्थिक वर्ष ०६१÷०६२ तथा ०६२÷०६३ को क्रमशः ११ र २२ मुद्दाहरू हाल फछर्यौट भइसकेका छन् ।
आर्थिक वर्ष ०६४÷६५ र ०६५÷०६६ को क्रमशः १ सय १८ र २ सय ८० थान मुद्दामा हाल ५७ र २०१ थान मुद्दा फछर्यौट हुन बाँकी रहेको न्यायाधीकरणले जनाएको छ । यसरी जिम्मेवारी सरेका मुद्दाहरू फछर्यौटलाई प्रमुख महत्व दिइने श्रेष्तेदार श्रेष्ठले बताए ।
सर्वोच्च अदालतले न्याय सम्पादनलाई प्रभावकारी बनाउन गत वर्ष प्रस्तुत गरेको दोस्रो पञ्चवर्षीय रणनीतिक योजनाअनुरूप न्याय निरूपणलाई तीव्र बनाउन कार्यान्वयनलाई महत्व दिएको न्यायाधीकरणले जनाएको छ ।
योजनामा गरिएको व्यवस्थाअनुसार कुनै पनि मुद्दा फछर्यौटमा दुई वर्ष ननघाउने साथै वक्यौता मुद्दाहरू प्रतिवर्ष १० प्रतिशतका दरले न्यून गर्दै लैजानु पर्नेछ ।
आर्थिक वर्ष ०६६÷६७ को सुरुवातदेखि चैतमसान्तसम्ममा दर्ता भएका जम्मा मुद्दा संख्या ६ सय ६१ रहेका छन् जसमा फछर्यौट संख्या २ सय १८ रहेको छ । यो फछर्यौट ३० प्रतिशतभन्दा बढी रहेको छ । यसरी बढेको फछर्यौट योजनाले लिएको १० प्रतिशतको फछर्यौटको लक्ष्यभन्दा राम्रो सम्पादन रहेको श्रेष्तेदार श्रेष्ठले जानकारी दिए ।
राजस्व न्यायाधीकरणमा आयकर, मूल्य अभिवृद्धि कर तथा भन्सार करसम्बन्धीका मुद्दाहरू पर्ने गर्छन् । न्यायाधीकरणमा बढी मात्रामा आयकर मुद्दाहरू परेको तथ्यांकले देखाएको छ । हाल भएका ४ सय ४३ मुद्दामा आयकर मुद्दाको संख्या २ सय ५७ रहेको छ । मूल्य अभिवृद्धि करसम्बन्धी मुद्दाको संख्या १ सय २ छ ।
भन्सार करसम्बन्धी मुद्दा सबैभन्दा कम संख्यामा रहेको न्यायाधीकरणले जनाएको छ । यसअघि मुद्दा फछर्यौटमा मिसिल तयार गर्ने तथा अनावश्यक पेशी सर्ने हुँदा फछर्यौटमा ढिलाइ हुने गरेकामा अहिले यसलाई व्यवस्थित गरिएको श्रेष्तेदार श्रेष्ठले बताए ।

    Comments

    Popular posts from this blog

    आरक्षणको हचुवा निर्णय

    (सम्पादकिय कान्तिपुर दैनिक) राष्ट्रपति रामवरण यादवले अध्यादेश जारी गर्दैनन् भन्ने थाहा हुँदाहुँदै प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको कामचलाउ सरकारले सम्पूर्ण सरकारी सेवामा आरक्षणको प्रतिशत बढाउने अध्यादेश जारी गर्न सिफारिस गरेको छ । सरकारले यसअघि सिफारिस गरेका १० वटा अध्यादेश र संवैधानिक निकायमा रिक्त पदमा संसदीय सुनुवाइबिना नै नियुक्ति गर्ने व्यवस्था गर्न बाधा अड्काउ फुकाउको आदेश राष्ट्रपतिले जारी नगरी थाँती राखेका छन् । लोकतान्त्रिक मुलुकहरूमा कामचलाउ सरकारले दैनिक प्रशासन चलाउने र निर्वाचन गर्ने प्रयोजनका लागि अत्यावश्यकबाहेक अरू अध्यादेश जारी गर्न नपाउने विश्वव्यापी प्रचलन छ । तर, मन्त्रिपरिषद्ले आफू संवैधानिक रूपमा कामचलाउ सरकार हो भन्ने यथार्थलाई बेवास्ता गरी मुलुकमा दीर्घकालीन प्रभाव पार्ने एकपछि अर्को अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्दै आएको छ । विश्वव्यापी प्रचलन र अन्तरिम संविधानको संरक्षकका नाताले राष्ट्रपतिले सरकारद्वारा सिफारिस गरिएका कुनै पनि अध्यादेश जारी नगरी थाँती राखेको बताइएको छ । यो यथार्थ बुझ्दाबुझ्दै पुनः अध्यादेश जारी गर्न सिफारिस गरेपछि ...

    Happy Dashain

    HAPPY BIJAYADASHAMI AND DIPAWALI TO U AND YOUR FAMILY

    HAPPY NEW YEAR "2068"

      New year is the time to unfold  new horizons  and realize new dreams, to rediscover the strength and faith within you rejoice in simple pleasure and gear up for the new challenges.  WISING YOU ALL VERY FULFILLING NEW YEAR 2068.