Skip to main content

भारतले आईपीएल भ्रष्टाचारको विषयमा अनुसन्धान गर्ने


भारतीय कर अधिकारीहरूले नाफायुक्त भारतीय प्रिमियर लिगमा लागेको भ्रष्टाचारको आरोपको अनुसन्धानलाई फराकिलो पारेका छन् । कर अधिकारीहरूले सेमिफाइनलको खेल सुरु भए लगत्तै कम्तीमा पनि ४ वटा क्रिकेट टिमलाई पक्राउ गरेको छ । भारतीय प्रिमियम लिगको प्रशारण अनुपमति पाएका ३ कम्पनीको कार्यालयमा पनि खानतलासी गरिएको छ । इन्डियन प्रिमियर लिगिमा विश्वका उत्कृष्ट क्रिकेट खेलाडीहरूको सहभागिता रहेको छ ।
तर संवाददाताहरूले फिल्डको क्रियाकलाप र उदासीनता तथा अस्वाभाविक विजय र पैसाको कारोबारले हालसालैका दिनमा देशलाई गाँजेको जानकारी दिएका छन् ।
बुधबार आईपीएलका अधिकारीहरूले कोलकाता नाइट राइडर्स, चेन्नाई सुपर किङ, डेकान चार्जर र किङ ११ को कार्यालयमा खानतलासी गरेको थियो ।
साताको सुरुमै अधिकारीहरूले मुम्बईमा आईपीएलको मुख्यालयको भ्रमण गरेका थिए ।
आईपीएलको स्वामित्वका बारेमा आईपीएल आयुक्त ललित मोदी र सरकारी मन्त्री शशी थारुरबीच आरोप प्रत्यारोप क्रम व्यापक रूपमा चलेको थियो ।
यो घटनाले टुर्नामेन्टमा माथिदेखि तलसम्मको सुरक्षाको विषयलाई तान्न सक्ने मुम्बईमा रहेका बीबीसीका सम्वाददाताले बताएका छन् ।
सञ्चारमाध्यमा सम्पे्रषित समाचारका आधारमा ललित मोदीलाई उनको कार्यालयबाट पनि दबाब आउन सक्ने सम्भावना रहेको छ ।
तर मोदी र  थारुर दुवैले कुनै पनि किसिमको गलत कार्य भएको भन्ने भनाइलाई अस्वीकार गर्दै आएका छन् ।
प्रहरीले डी वाई पाटिल रंगशालामा ३ हजार प्रहरीले सुरक्षा दिने र प्रत्येक व्यक्तिको खानतलासी गर्ने जानकारी दिएको छ ।
रंगशाला प्रवेश गर्ने प्रत्येक व्यक्तिको जाँच गरिने र सुरक्षाका लागि सबै किसिमका सावधानी अवलम्बन गरिएको मुम्बई प्रहरी प्रमुख ए एन रायले बताएका छन् ।
कम्तीमा पनि ६० मेटल डिटेक्टर र रंगशालाको सबै कुनामा क्लोज सर्किट क्यामेरा राखिएको पनि प्रहरीले जानकारी दिएको छ ।
रंगशालाले बुधबारको सेमिफाइनल खेलको आयोजना गरिसकेको छ भने बिहीबारको खेलको पनि आयोजना गर्दैछ । यसैगरी यो रंगशालाले शनिबारको तेस्रो स्थानका लागि हुने म्याचको पनि आयोजना गर्दैछ ।
बैंगलोरको चिन्नास्वामी रंगशालाको बाहिर २ साना बमहरू विस्फोट गरिएपछि बैंगलोर रोयल च्यालेन्जर र मुम्बई इन्डियनको म्याचका लागि स्थान परिवर्तन गरेर मुम्बई लगिएको थियो ।
तेस्रो बमलाई आइतबार निष्क्रिय गराइएको थियो ।
सबै तीनवटै बमलाई रंगशालाको पर्खालमा राखिएको थियो र २ बम विस्फोट हुँदा १५ घाइते भएको थिए ।
आईपीएल बहु अर्ब डलरको उद्योग भएको छ , जसले केही धनाढ्य भारतीय उद्योगपतिहरूलाई आकर्षित पनि गरेको छ ।

    Comments

    Popular posts from this blog

    राष्टिय गितहरु डाउनलोड गर्नुहोस ।

    For Download Click on Songs Title. Download will start automatically. Gaucha Geet Nepali Jyoti ko Pankha Uchali Jaaga Lamka Chamka hai naujawan ho Paschim koi purba Ghar Ma Jhukdai Na jhukne Nepal ko Choro

    Happy Dashain

    HAPPY BIJAYADASHAMI AND DIPAWALI TO U AND YOUR FAMILY