Skip to main content

नेप्सेमा सामान्य सुधार


साताको अन्तिम दिन बिहीबार भने नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा  सामान्य सुधार देखिएको छ । बुधबार दोहोरो अंकले घटेको नेप्सेमा बिहीबार जलविद्युत् समूहको परिसूचक दोहोरो अंकले बढ्नु तथा बैंकिङ पनि सकारात्मक रहेपछि नेप्से सकारात्मक देखिएको हो । कारोबार सुरु भएदेखि ओरालो लागेको नेप्से मध्य समयतिर ७ अंकसम्मले घटेको नेप्से कारोबार बन्द हुँदा भने ०.०३ अंकले बढेको छ । नेप्सेमा चिलिमे हाइड्रोपावर, अरुण भ्याली र बुटवल पावर कम्पनीको सेयर मूल्य बढेपछि जलविद्युत् समूह दोहोरो अंकले बढेको हो ।
यस्तै, एभरेष्ट बैंक, नविल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, बैंक अफ काठमाण्डूलगायत अन्य वाणिज्य बैंकको सेयर मूल्य बढेपछि बैंकिङ समूहको उपसूचक पनि बढेको छ ।
बिहीबार कारोबार सुरु हुँदा ४२६.५४ अंकमा रहको नेप्से सामान्य परिवर्तन आई कारोबार बन्द हुँदा ४२६.५७ अंकमा कायम रहको छ । नेप्सेमा सामान्य सुधार आए पनि कारोबारमा भने सुधार आएको छैन ।
बिहीबार नेप्सेमा कारोबार भएका कम्पनीमध्ये कमाउने कम्पनी धेरै समय पछि बढेका छन् । कारोबार भएका ५६ कम्पनीमध्ये २१ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको सेयर मूल्य घटेको छ ।  ७ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन ।
समूहगत परिसूचकमा बैंकिङ १.४ र जलविद्युत् १४.७२ अंकले सकारात्मक रहेको छ भने विकास बैंक ५.४४, अन्य ३.५२, वित्त २.६५ र बिमा १.२३ अंकले घटेको छ । नेप्सेका कारोबार हुने क वर्गका कम्पनीको सेन्सेटिभ परिसूचक पनि ०.०७ अंकले घटेको छ ।
बिहीबार सबैभन्दा धेरै मूल्य ५३ रुपैयाँसम्म बढेको एभरेष्ट बैंकको १९ कारोबारबाट १६ लाख १५ हजार रुपैयाँ बराबरको १ हजार ३ सय ३३ कित्ता सेयर किनबेच भएको छ ।
बिहीबार एभरेष्ट बैंक, चिलीमे हाइड्रोपावर कम्पनी, नबिल बैंक, सिटिजन्स बैंक, बुटवल पावर कम्पनीलगायत अन्य कम्पनीको सेयर मूल्य बढेको छ । चिलिमे हाइड्रोपावर कम्पनीको ८ कारोबारबाट १५ लाख १९ हजार रुपैयाँ बराबरको १ हजार ८ सय ३० कित्ता सेयर किनबेच भएको छ, यसको सेयर प्रतिकित्ता २६ रुपैयाँसम्म बढेको छ ।
सबैभन्दा धेरै अर्थात् ४३ रुपैयाँले मूल्य घट्नेमा मर्चेन्ट फाइनान्सको ६ कारोबारबाट १ लाख ८३ हजार रुपैयाँ बराबरको ४ सय ५० कित्ता सेयर किनबेच भएको छ ।
यस्तै, मर्चेन्ट फाइनान्स, एभरेष्ट इन्स्योरेन्स, एलाइन्स इन्स्योरेन्स, क्लिन इनर्जि डेभलपमेन्ट बैंक, नागरिक लगानी कोषलगायत अन्य कम्पनीको सेयर मूल्य घटेको छ ।
एभरेष्ट इन्स्योरेन्स कम्पनीको ५ कारोबारबाट ४८ हजार रुपैयाँ बराबरको १ सय ६५ कित्ता सेयर किनबेच भएको छ, यसको मूल्य प्रतिकित्ता २७ रुपैयाँसम्म घटेको छ ।
सबैभन्दा धेरै रकम कारोबार भएको नबिल बैंकको १७ कारोबारबाट २१ लाख ५६ हजार रुपैयाँ बराबरको १ हजार १ सय ९७  कित्ता सेयर कारोबार भएको छ , यो बैंकको प्रतिसेयर मूल्य भने २१ रुपैयाँसम्म बढेको छ ।
धेरै सेयर कारोबार भएको अन्नपूर्ण फाइनान्सको १८ कारोबारबाट १४ लाख ८१ हजार रुपैयाँ बराबरको ६ हजार ७ सय १७ कित्ता सेयर कारोबार भएको छ ।
त्यसैगरी धेरै कारोबार भएको पब्लिक डेभलपमेन्ट बैंकको १ सय ४० कारोबारबाट ३ लाख ३१ हजार रुपैयाँ बराबरको २ हजार ४ सय ४० कित्ता सेयर किनबेच भएको छ ।
बिहीबार नेप्सेमा  कुल ५६ कम्पनीको ८ सय ६४ कारोबारबाट २ करोड १५ लख रुपैयाँ बराबरको ५९ हजार ९ सय ४४ कित्ता सेयर खरिद बिक्री भएको छ । यो कारोबार रकम, सेयर, कम्पनी र कारोबारका आधारमा बुधबारभन्दा थोरै हो ।
बुधबार नेप्से दोहोरो अंकले घटको भए पनि कारोबारमा भने सामान्य सुधार देखिएको थियो । बुधबार कुल ६२ कम्पनीको ८ सय ९९ कारोबारबाट ३ कारोड ८२ लाख ९४ हजार रुपैयाँ बराबरको ८२ हजार ४ सय ५० कित्ता सेयर किनबेच भएको थियो ।

    Comments

    Popular posts from this blog

    आरक्षणको हचुवा निर्णय

    (सम्पादकिय कान्तिपुर दैनिक) राष्ट्रपति रामवरण यादवले अध्यादेश जारी गर्दैनन् भन्ने थाहा हुँदाहुँदै प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको कामचलाउ सरकारले सम्पूर्ण सरकारी सेवामा आरक्षणको प्रतिशत बढाउने अध्यादेश जारी गर्न सिफारिस गरेको छ । सरकारले यसअघि सिफारिस गरेका १० वटा अध्यादेश र संवैधानिक निकायमा रिक्त पदमा संसदीय सुनुवाइबिना नै नियुक्ति गर्ने व्यवस्था गर्न बाधा अड्काउ फुकाउको आदेश राष्ट्रपतिले जारी नगरी थाँती राखेका छन् । लोकतान्त्रिक मुलुकहरूमा कामचलाउ सरकारले दैनिक प्रशासन चलाउने र निर्वाचन गर्ने प्रयोजनका लागि अत्यावश्यकबाहेक अरू अध्यादेश जारी गर्न नपाउने विश्वव्यापी प्रचलन छ । तर, मन्त्रिपरिषद्ले आफू संवैधानिक रूपमा कामचलाउ सरकार हो भन्ने यथार्थलाई बेवास्ता गरी मुलुकमा दीर्घकालीन प्रभाव पार्ने एकपछि अर्को अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्दै आएको छ । विश्वव्यापी प्रचलन र अन्तरिम संविधानको संरक्षकका नाताले राष्ट्रपतिले सरकारद्वारा सिफारिस गरिएका कुनै पनि अध्यादेश जारी नगरी थाँती राखेको बताइएको छ । यो यथार्थ बुझ्दाबुझ्दै पुनः अध्यादेश जारी गर्न सिफारिस गरेपछि ...

    Happy Dashain

    HAPPY BIJAYADASHAMI AND DIPAWALI TO U AND YOUR FAMILY

    List of earthquakes in Nepal

    This is a   list of earthquakes in Nepal . It includes those events with their   epicentre   in the country and those that occurred outside the country, but caused significant damage in Nepal. Date Time‡ Place Magnitude Comments Sources 7 June 1255 Kathmandu 26 August 1833 Kathmandu/ Bihar 8.0 M s 7 July 1869 Kathmandu 6.5 M s 28 August 1916 06:39 Nepal/ Tibet 7.7 M s