Posts

Showing posts with the label गजल

तिम्रै नाउँमा आज एउटा गुलाब पठाकी छु

गरिमा लुइँटेल  तिम्रै नाउँमा आज एउटा गुलाब पठाकी छु सँगै एउटा चिट्ठीमा जवाफ पठाकी छु । हुँदै पार ग¥यो अरे मेरो पागलपनले घरी रुने घरी हाँस्ने, स्वभाव पठाकी छु । मेरो मुटु लिन आउनु तिम्रो व्यापार घाटा भए लीलामी नै गर्यौ माया, हिसाब पठाकी छु । उभिन्छौ त भन एक ताल प्रेमिल कठ्घरामा ? खुशी हुनु तिम्रै भागको निसाफ पठाकी छु ।
गजल किरण चन्द्र सुबेदिबाट केहि कुरा साथको गरौ केहि कुरा माथको गरौ बिना कसुर सजाय पाईन्छ भने केहि कुरा लातको गरौ जे खाएपनि नशा लाग्छ भने केहि कुरा मातको गरौ ठुलो सानो भनि माया छुटाईन्छ भने केहि कुरा जातको गरौ राम्रोलाई कुना तिर फालिन्छ भने केहि कुरा खातको गरौ जिवन त्यसै सुकि जान्छ भने केहि कुरा झरेका पातको गरौ ।
गजल अन्याय सहने बास्तबिक दास हो । थिचोमिचो सहनु सँकुचित बास हो । रगत बिशाक्त भएपनि केहि हुन्न, सिद्दान्त बिशाक्त हुनु भनेको सर्बनास हो । सुहाऊदो ब्यबहार गर्नुपर्छ सबैले सबैलाई, आँखाँ नहुनेलाई ऐना दिनु अठ्ठाहास हो । कसैको हुन्न एकैचोटि समुन्नति, क्रमश बिकसित हुने कुरा खास हो । बाहिरि भन्दा भित्रि अशान्ति खतरनाक हुन्छ, मनलाई शान्तिपुर्बक राख्न्नु नै मिजास हो । अन्याय सहने बास्तबिक दास हो । सिद्दान्त बिशाक्त हुनु भनेको सर्बनास हो । ------ प्रदिप सुबेदि