Posts

Showing posts with the label समानता:आजको आबश्यकता

परिवर्तनको प्रारम्भ आफैंबाट

हामीले काम गर्न सिकाएनौं , गाली गर्न सिकायौं । भाग्यमा भरोसा गर्न सिकायौं अथवा कसैलाई देवत्वकरण गरेर आफ्नो भविष्य उसका हातमा सुम्पने प्रवृत्तिको विकास गर्‍यौं । यो सामन्ती समाजको चरित्र हो । यसबाट समाज रूपान्तरण सम्भव छैन । लीलामणि पौड्याल हामीकहाँ असल मान्छेको अभाव छैन । हामीकहाँ समाज रूपान्तरणको ज्ञान भएका मान्छेहरूको पनि खाँचो छैन । असल अभ्यासको पनि अभाव छैन । समाज रूपान्तरणका लागि एकदमै चिन्ता गर्ने मान्छे पनि धेरै छन् । तर हामीसँग सकारात्मक विचार राख्ने , असल अभ्यास गर्ने र चिन्ता गर्ने मान्छेहरूबीच सहकार्य गर्नेे , चिन्ता र चासो राख्ने मान्छेहरूको ठूलो जमातमा विचार कार्यान्वयनका लागि जोखिम वा दुःख उठाउने अथवा सुविधा-सहुलियत त्याग्ने तत्परता तथा इमानदारीको खडेरी छ । सकारात्मक सोच , त्यसको कार्यान्वयन र असल अभ्यासको संयोजनबाट मात्रै समाज रूपान्तरण गर्न सकिन्छ । कतिपय मान्छेहरू भन्ने गर्छन् , ' यति धेरै समस्याहरू छन् , अत्यासलाग्दो स्थिति छ , जताततै प्वालैप्वाल छन् , एकातिर टाल्यो अर्कोतिर चुहिन्छ , एकातिर सियो अर्कोतिर फुस्किन्छ , त्यसैले कसरी सकारात्मक हुने ? सब...

ब्राहमण समाज नेपाल के, किन र के का लागि?

कुराकानी बिशेष  प्रा. नारायणप्रसाद अधिकारी अध्यक्ष- ब्राह्मण समाज नेपाल Source: Brahaman Samaj Nepal किन आवश्यक प¥यो ब्राह्मण समाज  कहिले गठन गर्नुभएको पृष्ठभूमि पनि वताइदिनु न ?  जातीय संगठन गर्नेपर्र्ने जस्तो थिएन । दलहरुले जातिय प्रतिवद्धता गरे । भोलीको अवस्था ख्याल गरेनन् । जातीय राज्यको वचन  अनि आरक्षण दिए । ब्राह्मणहरु जातीय संगठनको शारीरिक र मानसिक पीडा खप्न वाध्य भए । पोखरामा तमुवान राज्य घोषणा गर्ने सिलसिलामा ब्राह्मणहरुलाई असैह्य गाली गरियो । ब्राह्मण कासी जाऊ , क्षेत्रीहरु फाँसी जाऊ यो भूमि हाम्रो हो । हामीमाथि शोषण गर्ने कुनै अधिकार छैन भन्ने नारा जुलुस गरे । हामी ब्राहमण उनीहरुको गाली र चर्काे भाषण नमिठो गरि सुन्यौ । सदियौ देखि यहाँ मिलेर वसेका र दाजुभाई जस्तो ब्यवहार गदै आएकाहरुलाई समेत त्यो घटनाले नमिठो अनुभव गरायो ।  त्यस्तै पश्चिममाञ्चल क्षेत्रिय अस्पतालमा गुरुङ बालिका उपचारका क्रममा मृत्यु भयो । डाक्टरको लापरर्वाहीवाट उनको ज्यान गएको थियो । तमू धिं कास्की नामक संस्थाले अस्पताल घे¥यो । उतm संस्थाकोे दवावमा अस्पताले २...