Posts

Showing posts with the label प्रशासन

यस्तो छ संविधानको मस्यौदा पूर्ण विवरणसहित

Image
डाउनलोड गर्नुहोस्

संविधान निर्माणका सम्बन्धमा संविधानसभाका चार प्रमुख दलहरुबीच भएको सहमति

संविधानसभाबाट संविधान जारी गर्ने संबन्धमा विगत लामो समयदेखि रहेको गतिरोधलाई अन्त्य गर्दै यथाशिघ्र संविधान निर्माण गरी  घोषणा गर्न निम्नलिखित सहमति गरेका छौं ।  संघीयता र प्रदेश रचना                    १) संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा  पहिचानका ५  र सामथ्र्यका ४ आधारमा आठ (८) प्रदेश निर्माण गरिनेछ । २) प्रदेशको नामाकरण प्रदेश सभाको दुई तिहाइ बहुमतको निर्णयबाट गरिनेछ । ३) प्रदेशको सीमाङ्कन संबन्धी सिफारिश गर्न नेपाल सरकारले एक संघीय आयोग गठन गर्नेछ । आयोगको कार्यावधि ६ महिना हुनेछ । संघीय आयोगको सुझाव–प्रतिवेदन प्राप्त भएपछि प्रदेशको सीमाङ्कनको अन्तिम निर्णय व्यवस्थापिका– संसदको दुई तिहाइ बहुमतले गर्नेछ ।

परिवर्तनको प्रारम्भ आफैंबाट

हामीले काम गर्न सिकाएनौं , गाली गर्न सिकायौं । भाग्यमा भरोसा गर्न सिकायौं अथवा कसैलाई देवत्वकरण गरेर आफ्नो भविष्य उसका हातमा सुम्पने प्रवृत्तिको विकास गर्‍यौं । यो सामन्ती समाजको चरित्र हो । यसबाट समाज रूपान्तरण सम्भव छैन । लीलामणि पौड्याल हामीकहाँ असल मान्छेको अभाव छैन । हामीकहाँ समाज रूपान्तरणको ज्ञान भएका मान्छेहरूको पनि खाँचो छैन । असल अभ्यासको पनि अभाव छैन । समाज रूपान्तरणका लागि एकदमै चिन्ता गर्ने मान्छे पनि धेरै छन् । तर हामीसँग सकारात्मक विचार राख्ने , असल अभ्यास गर्ने र चिन्ता गर्ने मान्छेहरूबीच सहकार्य गर्नेे , चिन्ता र चासो राख्ने मान्छेहरूको ठूलो जमातमा विचार कार्यान्वयनका लागि जोखिम वा दुःख उठाउने अथवा सुविधा-सहुलियत त्याग्ने तत्परता तथा इमानदारीको खडेरी छ । सकारात्मक सोच , त्यसको कार्यान्वयन र असल अभ्यासको संयोजनबाट मात्रै समाज रूपान्तरण गर्न सकिन्छ । कतिपय मान्छेहरू भन्ने गर्छन् , ' यति धेरै समस्याहरू छन् , अत्यासलाग्दो स्थिति छ , जताततै प्वालैप्वाल छन् , एकातिर टाल्यो अर्कोतिर चुहिन्छ , एकातिर सियो अर्कोतिर फुस्किन्छ , त्यसैले कसरी सकारात्मक हुने ? सब...

नेपालमा नयाँ ४१ नगरपालिका थपिए

सरकारले बजेटमार्फत् ४१ नयाँ नगरपालिका घोषणा गरेको छ। नयाँ नगरपालिकामा हिमाली भेगको जुम्लादेखि ताप्लेजुङसमेत परेका छन्।२०५८ सालमा प्राध्यापक सूर्यलाल अमात्यको संयोजकत्वमा गठित कार्यदलले गरेको सिफारिसअनुसार १० वर्षपछि सरकारले नयाँ नगरपालिका घोषणा गरेको हो। '२०६१ सालदेखि हामीले नयाँ नगरपालिका घोषणा गर्न प्रयास गरेका थियौं, बल्ल कार्यान्वयनको चरणमा पुगेको छ,' स्थानीय विकास मन्त्रालयका प्रवक्ता दिनेशकुमार थपलियाले भने। अर्थमन्त्री भरतमोहन अधिकारीले संसदमा पेस गरेको आइतबारदेखि सुरु हुने आर्थिक वर्ष २०६८/०६९ को बजेटमा प्राविधिक समितिले गरेको सिफारिसअनुसार ४१ नयाँ नगरपालिका घोषणा गरिएको छ। साउन १ देखि नै यी नगरपालिकाले काम सुरु गर्ने थपलियाले बताए।

आरक्षणमा अनुगमनको खाँचो

जैविक रूपमा नै महिला पुरुष भन्दा भिन्न हुन्छन् । महिनावारी, गर्भवती, बच्चा काखमा च्यापेर हिडनु पर्ने जस्ता प्राकृतिक रूपमा नै महिलाले निर्वाह गर्नु पर्ने भूमिका हुन् । उक्त समयमा महिलाहरू मानसिक तनाव र शारीरिक रूपमा थकित हुन्छन । समाजमा अहिले पनि महिलालाई उपभोग्य वस्तुको रूपमा लिने गरिन्छ । महिलाप्रति पुरुषले हेर्ने दृष्टिकोण अझै अधीनस्थ खालको छ । भिडभाड, रात, संाझमा महिलाप्रति यौनजन्य दुव्र्यवहार हुँदै आएका छन । महिलाहरू शिक्षा र सूचनाको कमीले गर्दा शसक्त भइसकेका छैनन् । आफ्नो अधिकार कति हो बुझ्न र लिन सक्ने क्षमता नभएकै कारण पुरुषबाट गरिने दुव्र्यवहारको उनीहरूले प्रतिकार गर्न सक्दैनन् ।