ठूला दलले संविधानसभाको म्याद थप्ने गोप्य सहमति गरेको दाबी

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष एवम् पूर्व गृह मन्त्री कमल थापाले ठूला दलले जेठ १४ गते संविधान जारी गर्छु भनेर जनताको आँखामा छारो हालेको आरोप लगाएका छन्। ठूला दलले संविधानसभाको म्याद थप्ने गोप्य सहमति गरेको दाबी पनि उनको थियो।  





शनिबार हेटौँडामा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले भने- 'केही दिनअघि बसेको ठूला दलको गोप्य बैठकले संविधानसभाको म्याद थप्ने सहमति गरिसक्यो।' 'यो सरासर असंवैधानिक कदम हो'- उनले थपे।

नयाँ संविधान निर्माणका लागि राज्यले झण्डै ६० अर्ब खर्च गरिसकेको उल्लेख गर्दै तोकिएको समयमा संविधान जारी गर्न नसक्ने ठूला राजनीतिक दललाई अपराधीको संज्ञा पनि दिए उनले। त्यति धेरै रकम खर्चेर पनि नयाँ संविधान समयमा दिन नसक्नेलाई अपराधी भन्नुपर्छ, उनले भने- तोकिएको समयमा संविधान बनाउन नसक्ने भएपछि म्याद थपेर होइन, जनताको बीचमा गएर पापको प्रायश्चित गर्नुपर्छ।

अझै पनि सहमित र इमानदारिता कायम राख्न सके जेठ १४ मै नयाँ संविधान जारी गर्न सकिने प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उनले आफ्नो प्रतिकूलमा नयाँ संविधान आउने थाहा हुँदाहुँदै पनि राप्रपा नेपाल तोकिएकै मितिमा संविधान जारी गर्नुपर्ने पक्षमा रहेको दाबी गरे।

समयमा संविधान नआए देशमा कठिन संवैधानिक समस्या आउन सक्नेतर्फ इङ्गित गर्दै थापाले भने– देशै नरहे कसले कसका लागि राजनीति गर्ने?
Nagarik news

Comments

Popular posts from this blog

आरक्षणको हचुवा निर्णय