Posts

Showing posts with the label विचार

नेपालको पुनर्निर्माणका लागि जुट्यो ४ खर्ब ४० अर्ब

Image
अनुदानमा चीन अगाडि, ऋण सहायतामा भारत भूकम्पले पुर्‍याएको क्षतिको पुननिर्माणका लागि ४ खर्ब ४० अर्बभन्दा बढी रकम जुटेको छ । दाता सूचीमा भारत, चीन र एसियाली विकास बैंक अग्र पङ्तीमा छन् । वैशाख १२ र २९ को भूकम्प तथा लगातारको पराकम्पले अबौंको क्षति भएपछि पुनर्निर्माणमा सहयोग जुटाउन सरकारले बिहीबार काठमाडौंमा अन्तराष्ट्रिय दाता सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा प्रधानमन्त्री सुशील कोइरालाले दाताको सहयोगमा कुनै अनियमिता नहुने र सहयोग वास्तविक पीडितसम्म पुग्ने बताए ।

भूकम्पपछि आड र भरोसा युवाले नै दिए

Image
घरहरू ढलेका छन्, मनहरू ढलेका छैनन् लीलामणि पौडेल , मुख्यसचिव भूकम्पले क्षति पुर्याएका स्थानमा विभिन्न राहत सामग्री लिएर अथवा स्वयंसेवी अभियान लिएर युवाहरू पुगेका छन् । देश र समाजप्रति समर्पण र सहयोगी भावना देखिएका छन् । युवामा आएको यो जागरणले हामी सबैलाई अलिकति आशावादी हुन् प्रेरित गरेको छ । घरहरू ढलेका छन्, मनहरू ढलेका छैनन् भन्ने ब्यानर्स पनि देखिएका छन् । दुःखमा परेका नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई हामी छौं भन्ने आड र भरोसा युवाले नै दिए । देश र देशबाहिर रहेका नेपाली युवायुवतीले सहयोगी हात बढाए । विदेशमा रहेका नेपाली युवा पनि आएर स्वतस्फूर्त रुपमा गाउँगाउँ पुगेका छन्, यही नै हाम्रो सबैभन्दा ठूलो पुँजी हो, सम्पत्ति हो ।

ए आमा नेपाल तिमीलाई संसारकी राम्री बनाउँछौ ..

Image
बिनु पोखरेल आउँछ भनेको सुनेका थियौँ। तर कस्तो र कतिबेला आउँछ थाहा थिएन। यहि समयमा आउँछ भनेर कसैले भनेनन् पनि। भन्नै पनि सक्दैनथे। त्यो आयो ०७२ बैशाखको १२ गते १२ बजेको समय बनाएर आयो। अनि हाम्रा सुन्दर गाउँबस्ती र कलात्मक मठ मन्दिर गर्ल्याम गुर्लुम्य ढलाएर गयो। विश्वभर छरिएर रहेकाहरु नेपालीको मनमुटुमा एउटा कहाली लाग्दो दिनको कुरुप सम्झना गाडेर गयो।

नेपालको भूकम्पबारे थाहा पाउनै पर्ने तीन तथ्य

नेपालको भूकम्पबारे थाहा पाउनै पर्ने तीन तथ्य जसलाई वैज्ञानिकहरुले स्पष्ट भनिरहेका छैनन् . वैशाख १२ को विनाशकारी भूकम्पको चार साता बितिसक्यो। तर अझै पनि मानिसहरु भूकम्पको त्रासबाट मुक्त हुन सकेका छैनन्। बेलामौकामा विभिन्न स्रोतको हवाला दिँदै अझै ठूलो भूकम्प आउन सक्ने अनलाइन लिङ्कहरुले भ्रम फैलाउने काम जारी छ। यही बुझेर नेसनल डिस्कभरी च्यानल नामको ब्लगमा डन प्रिन्सले  एउटा ब्लग  लेखेका छन्।  ‘यो पोस्ट भूकम्पबाट त्रसित नेपालीलाई आश्वस्त पार्न लेखिएको हो’, उनले लेखेका छन्। उनको ब्लगको भावानुवाद-

List of earthquakes in Nepal

This is a   list of earthquakes in Nepal . It includes those events with their   epicentre   in the country and those that occurred outside the country, but caused significant damage in Nepal. Date Time‡ Place Magnitude Comments Sources 7 June 1255 Kathmandu 26 August 1833 Kathmandu/ Bihar 8.0 M s 7 July 1869 Kathmandu 6.5 M s 28 August 1916 06:39 Nepal/ Tibet 7.7 M s

Unsettled Earth continues to rattle Nepal

Image
By Jonathan Amos BBC Science Correspondent 12 May 2015 Nepal quake Video   Nepal quake causes landslide Video   Nepali parliament hit by quake US helicopter missing in Nepal Second Nepal earthquake strikes By any stretch, a magnitude-7.3 quake is a big one. Tuesday's shaker in Nepal is not quite as bad as the 7.8 tremor on 25 April - which was 5.5-times as energetic - but it is a major quake nonetheless. The location is different. The epicentre this time is about 80km east-northeast of Kathmandu, halfway to Everest. A fortnight ago, the event began 80km to the northwest of the capital. But just that observation is instructive because of what we have learnt in the past two weeks. In April, we saw the fault system rupture eastwards from the epicentre for 150km. And the immediate analysis suggests Tuesday's tremor has occurred right at the eastern edge of this failure.

भूकम्प गए पनि यसकारण हामी भाग्यमानी

Image
२०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प अहिलेको पुस्ताले भोगेको सबैभन्दा ठूलो प्राकृतिक प्रकोप थियो। धेरै जनधनको क्षति भए पनि भूकम्प सहेर बाँच्नेहरुले आफूलाई भाग्यमानी मान्नुपर्ने हुन्छ। भाग्यमानी मान्नुपर्ने केही कारणहरु यस्ता छन्- १) भूकम्पको समय हामी भाग्यमानी यसकारण छौँ कि भूकम्प विदाको दिन शनिबार, मध्याह्न आइदियो। यति ठूलो स्तरको भूकम्प विदाको दिनबाहेक अर्को दिन र दिउँसोको साटो राति आइदिएको भए? अहो, कल्पना पनि गर्न सकिन्न के हुन्थ्यो! 

परिवर्तनको प्रारम्भ आफैंबाट

हामीले काम गर्न सिकाएनौं , गाली गर्न सिकायौं । भाग्यमा भरोसा गर्न सिकायौं अथवा कसैलाई देवत्वकरण गरेर आफ्नो भविष्य उसका हातमा सुम्पने प्रवृत्तिको विकास गर्‍यौं । यो सामन्ती समाजको चरित्र हो । यसबाट समाज रूपान्तरण सम्भव छैन । लीलामणि पौड्याल हामीकहाँ असल मान्छेको अभाव छैन । हामीकहाँ समाज रूपान्तरणको ज्ञान भएका मान्छेहरूको पनि खाँचो छैन । असल अभ्यासको पनि अभाव छैन । समाज रूपान्तरणका लागि एकदमै चिन्ता गर्ने मान्छे पनि धेरै छन् । तर हामीसँग सकारात्मक विचार राख्ने , असल अभ्यास गर्ने र चिन्ता गर्ने मान्छेहरूबीच सहकार्य गर्नेे , चिन्ता र चासो राख्ने मान्छेहरूको ठूलो जमातमा विचार कार्यान्वयनका लागि जोखिम वा दुःख उठाउने अथवा सुविधा-सहुलियत त्याग्ने तत्परता तथा इमानदारीको खडेरी छ । सकारात्मक सोच , त्यसको कार्यान्वयन र असल अभ्यासको संयोजनबाट मात्रै समाज रूपान्तरण गर्न सकिन्छ । कतिपय मान्छेहरू भन्ने गर्छन् , ' यति धेरै समस्याहरू छन् , अत्यासलाग्दो स्थिति छ , जताततै प्वालैप्वाल छन् , एकातिर टाल्यो अर्कोतिर चुहिन्छ , एकातिर सियो अर्कोतिर फुस्किन्छ , त्यसैले कसरी सकारात्मक हुने ? सब...

दुव्र्यसनबाट मुक्त हुन खोजेका ब्यक्तीहरुको बयान

Image
सन्दर्भ : औषध ओसारप्रसार बिरुद्धको दिवस १ समय एउटा यस्तो चिज हो, जो जव मानव एउटा चेतनशील र विवेकशिल प्राणीको रुपमा विकसित भई सवै कुराको लेखो राख्न  सक्ने अवसरमा आयो, त्यति नै बेलादेखि वा आफू जान्ने हुनु भन्दा अगाडी लामो अन्तराल सम्मको बेला वा काललाई कल्पना गरि गण्ना गर्न थाल्यो । यसलाई भूत, वर्तमान र भविष्यत गरि तीन भागमा विभक्त गरिएको छ । मानिसले परिकल्पना  गरेको भूत कालको र वर्तमानको लेखा  राखिएता पनि भविष्यत कालको कुनै निश्चितता र अन्त छैन । मानिस लगायत सम्पूर्ण चराचर जगत र विश्व ब्रमाण्ड समयकै गतिमा चलिरहेको छ । विगतको परिकल्पना गरिए पनि समायको शुरु र अन्त्य छैन भन्दा अत्युक्ति नहोला । 

लोकसेवाको तयारी कसरी गर्ने ?

लोकसेवाको तयारी कसरी गर्ने भन्ने बारे प्रा.डा. भिमदेव भट्टको विचार:- लोकसेवा आयोगको परीक्षा भनसुनभन्दा 'मेरिट' मा आधारित हुन्छ । त्यसैले मिहिनेतमा विश्वास गर्नेहरू अझै पनि लोकसेवा परीक्षामा विश्वास गर्दछन् । मिहिनेती लोकसेवा परीक्षामा खरो उत्रेका पनि छन् । गत वर्ष त महिलाले कीर्तिमान नै राखे । यद्यपि लोकसेवा परीक्षाको तयारी सजिलो भने पक्कै छैन । कसरी गर्ने त तयारी ? के कुरामा ध्यान दिने ? लोकसेवा आयोगले लिने परीक्षाको नाम लिनासाथ मैतिदेवीका हरि शर्मा जङ्गिए- 'बेकारको कुरा Û के को जाँच दिनु ? फाराम भर्न पनि लामो लाइन र पढ्न पनि उस्तै गार्‍हो ।' हरि शर्मा मात्र होइन, अरू पनि थुप्रैका लागि लोकसेवा दिनु भनेको फलामको च्यूरा चपाउनुसरह हो ।

एक्काइसौं शताब्दीको क्रान्ति र सम्भावना

Image
Pradeep Giri(प्रदिप गिरि) विश्वले एक्काइसौ शताब्दीको पहिलो दशक समाप्त गरी सक्यो । एक्काइसौ शताब्दीको शुरुवात विश्वम अन्र्तररष्ट्रिय समाजवादको पराजयवाट भएको थियो । १९८९ मा सोभियत यूनियनको विघटन भएपछि अमेरिकाको नेतृत्वमा रहेको पूजीवादी विश्व अत्यन्त उत्साही थियो । पुजीवादका कतिपय चिन्तकले अब इतिहासको अन्त्य भइसक्यो, अब सिंगो संसारमा एकमात्र विचारधारा रहन्छ, त्यो विचारधारा भनेको पूजीवादको विचारधारा नै हो भनेर जोड दिए । खासमा प्रचलित उदारवादलाई पूजीवादको विचारधारा कै रुपमा व्याख्या गरिन्छ , कुरो त्यत्ति हो । कुरो सोभियत यूनियनको विघटनको मात्र थिएन । बीसौं शताब्दीमा यूरोपका अनेकौं देशमा सोसियल डेमोक्रेटिक पार्टीहरु सत्तामा आएका थिए । सोसियल डेमोक्रेट पार्टीहरुले आफ्नो लक्ष्य समाजवाद बताउँछन् । तर, बीसौं शताब्दीको अन्त्य हुँदा सम्म सोसियल डेमोक्रेटिक पार्टी सत्तारुढ रहेका देशहरुमा पनि तिनीहरुको असफलता प्रकट भइसकेको थियो । सोसियल डेमोक्रेटिक पार्टीले आफ्नो मूलुक र समाजमा कल्याणकारी राज्य बनाउने कोशिस अबश्य गरेको थियो । प्रारम्भिक चरणमा उनीहरु एकहद सम्म सफल पनि भएका थिए । तर, सोभियत यू...

आरक्षणको हचुवा निर्णय

(सम्पादकिय कान्तिपुर दैनिक) राष्ट्रपति रामवरण यादवले अध्यादेश जारी गर्दैनन् भन्ने थाहा हुँदाहुँदै प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको कामचलाउ सरकारले सम्पूर्ण सरकारी सेवामा आरक्षणको प्रतिशत बढाउने अध्यादेश जारी गर्न सिफारिस गरेको छ । सरकारले यसअघि सिफारिस गरेका १० वटा अध्यादेश र संवैधानिक निकायमा रिक्त पदमा संसदीय सुनुवाइबिना नै नियुक्ति गर्ने व्यवस्था गर्न बाधा अड्काउ फुकाउको आदेश राष्ट्रपतिले जारी नगरी थाँती राखेका छन् । लोकतान्त्रिक मुलुकहरूमा कामचलाउ सरकारले दैनिक प्रशासन चलाउने र निर्वाचन गर्ने प्रयोजनका लागि अत्यावश्यकबाहेक अरू अध्यादेश जारी गर्न नपाउने विश्वव्यापी प्रचलन छ । तर, मन्त्रिपरिषद्ले आफू संवैधानिक रूपमा कामचलाउ सरकार हो भन्ने यथार्थलाई बेवास्ता गरी मुलुकमा दीर्घकालीन प्रभाव पार्ने एकपछि अर्को अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्दै आएको छ । विश्वव्यापी प्रचलन र अन्तरिम संविधानको संरक्षकका नाताले राष्ट्रपतिले सरकारद्वारा सिफारिस गरिएका कुनै पनि अध्यादेश जारी नगरी थाँती राखेको बताइएको छ । यो यथार्थ बुझ्दाबुझ्दै पुनः अध्यादेश जारी गर्न सिफारिस गरेपछि ...

नयाँ नेपालको खोजीमा

रमेश लेखक जनआन्दोलनबाट प्राप्त उपलब्धि २०४७ सालको संविधानले भरखर संस्थागत गर्ने बेलामा नेकपा (माओवादी) ले सशस्त्र विद्रोह प्रारम्भ गर्योर। २०४६ सालको नेपालको राजनीतिक इतिहासमा २००७ सालपछिको सबैभन्दा ठूलो उपलब्धि भएको हुँदा यस परिवर्तनले आर्थिक उन्नति र देशको समग्र विकासका लागि धेरै सम्भावना बोकेको थियो। अन्तर्राष्ट्रि्रय जगतले पनि यही विश्वासका साथ नेपाललाई निकै उत्साहका साथ सहयोगको हात बढाएको थियो। तत्कालीन सरकारका नीतिहरुको फलस्वरूप मुलुकले आर्थिक उपलब्धि पनि प्राप्त नगरेको होइन। शिक्षा, स्वास्थ, यातायात, सञ्चार, खानेपानी जस्ता जनताका प्राथमिक र आधारभूत आवश्यकताका क्षेत्रमा सकारात्मक लक्षणहरु देखापरेका थिए। यद्यपि यी अपर्याप्त थिए। सकारात्मक आर्थिक गतिका परिणाम देखिन केही समय लाग्नु स्वाभाविक थियो। आवश्यकताको तुलनामा उपलब्धता सीमित भएको हुँदा जनताका न्युनतम् चाहनाका कुरा घर आँगनसम्म पुग्न सकेका थिएनन्, जनताले प्रत्यक्ष लाभको अनुभूति गर्न सकेका थिएनन्। तत्कालीन समयमा विकासको क्षेत्रमा मुलुक वामे सर्न थाले पनि राजनीतिक स्थिरता हुन सकेको थिएन। आन्दोलनका सहयात्री दलबीचको असहिष्णुता ...

लोकसेवाको मर्यादा

कुनै बेला लोक सेवा आयोग निष्पक्षताको पर्याय थियो। निजामती सेवामा प्रवेश चाहने ३५ वर्षमुनिका युवालाई प्रतिस्पर्धाका आधारमा मौका दिन आयोगले प्रभावकारीरुपमा काम गर्दै आएको हो। पञ्चायतकालमा समेत यसको निष्पक्षतामा प्रश्न उठेन। नातावाद, कृपावाद र भनसुन गराउन नसक्नेका निम्ति यो भरपर्दो विकल्प थियो। उद्योगधन्दाको राम्रो विकास भइनसकेको हाम्रोजस्तो मुलुकका निम्ति निजामतीतन्त्र अहिले पनि ठूलो रोजगारदाता हो। राम्रो तयारी गर्ने व्यक्तिले लोकसेवा परीक्षा उत्तीर्ण गर्नु पञ्चायतका बेला पनि अनौठो थिएन। अहिले सरकारको सचिव, सहसचिवको पदमा पुगेका व्यक्ति पनि त्यसरी प्रतिस्पर्धाबाट आएका हुन्। पञ्चायतले समेत कायम राखेको निष्पक्षता र विश्वसनीयतालाई अहिलेको लोकसेवा आयोगले कायम राख्न नसकेको देखिएको छ। भर्खरै लोकसेवा आयोगमै जिम्मेवारी भएका कर्मचारीले आफन्तलाई उत्तीर्ण गराउन गरेको अमर्यादित कामले आयोगलाई कलंकित बनाएको हो। आयोगका दुई विज्ञबाट भएको यो अमर्यादित काम यसपटक सार्वजनिक भएको हो। र, यस्तै किसिमको अमर्यादित व्यवहार यसअघि पनि भएको हुन सक्ने शंका बढाएको छ।

सफलताका लागि इच्छाशक्ति

Image
लक्ष्मी श्रेष्ठ सञ्चालक चण्डेश्वरी ह्याण्डी क्राफ्ट, काभ्रे                  निरन्तरको परिश्रम उनको व्यवस्थापन दर्शन हो । सानो भए पनि हरेकले आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्नुपर्छ भन्ने उनको मान्यता छ । यही कारण 'ह्याण्डी क्राफ्ट'का झोला र जुत्ता बनाउन सिपालु आफ्नै श्रीमान्को शीपलाई व्यावसायिक रूपमा प्रयोग गर्ने निधो गरिन् लक्ष्मी श्रेष्ठले । श्रीमान्ले काम गरेको हेरेर आफै झोला बनाउन सिकिन् उनले । शुरूमा श्रीमान्ले काम गरेर  फ्याँकेका धागोका टुक्रा जोड्दै यस क्षेत्रमा प्रवेश गरेकी उनी अहिले एक प्रतिष्ठित व्यवसायी बन्न सफल भएकी छन् । पोखरामा जन्मिएकी उनी विवाह गरेर २० वर्षअघि बनेपा आउँदा हातमा शीप थिएन । तर, शीप सिक्ने उनको तीव्र चाहनालाई कसैले रोक्न सकेन । अहिले उनी जिल्लामा प्रेरणादायी महिलाका रूपमा स्थापित हुन पुगेकी छन् । 'इच्छाशक्ति हुने हो भने असम्भव केही नहुने रहेछ,' लक्ष्मी भन्छिन् । त्यही मेहनतको परिणाम हो-चण्डेश्वरी ह्याण्डी क्राफ्ट ।

सफलताका लागि अहंको त्याग

आर. मानन्धर सबै धर्मले अहङ्कारलाई आध्यात्मिक उन्नतिको बाधक मानेका छन! । व्यावसायिक सफलताका विज्ञहरूले भौतिक सफलताका लागि पनि अहङ्कारलाई उत्तिकै बाधकका रूपमा मानेका छन! । आफूलाई महत्व दिएर अरूको मन जित्न सकिादैन । अरूको मन जित्ने हो र अरूबाट काम लिने हो भने अरूलाई नै महत्व दिनुपर्छ । अहंभावले न अरूमाथि प्रभाव पार्न सकिन्छ न अरूलाई केही कुरा मनाउन नै सकिन्छ । धर्ममा भनेजस्तै अहंशून्यता वा अहंलाई चटक्कै त्याग गर्ने काम सजिलो नहुनसक्छ । दैनिक जीवनमा व्यवहारका लागि एडवार्ड दि बोनोले एउटा शब्द चयन गर्नुभएको छ - अहंको छुट्टी ९भनय जयष्मिबथ० । अर्थात! तपाईं अहंशून्य हुनसक्नुहुन्न भने विशेष अवस्थामा अहंलाई निश्चित समयको लागि छुट्टी दिनसकिन्छ । नाटकमा यसको प्रयोग हुन्छ । एक धनाध्य मानिसले पनि नाटक वा चलचित्रमा नोकर वा भिखारीको जीवन्त अभिनय गर्नसक्छ । त्यसै गरी गरिब मानिसले पनि नाटकमा करोडपतिको अभिनय गर्नसक्छ । ती अभिनयमा उनीहरूले आˆनो अहंलाई पात्रको आवश्यकता अनुसार त्याग गर्नसके मात्रै उनीहरूले सफलता हासिल गर्नसक्छन! । त्यसै गरी जीवनमा अहङ्कारलाई जति कम प्रवेश दिइयो, त्यति नै बढी सफल ...

आर्थिक उन्नतिको विकल्प

विनोद सिजापति/नागरिकबाट हालै पारिवारिक कारणले दिल्ली हुँदै सडक मार्गबाट सिमला जाने सौभाग्य मिल्यो। काङ्गडा पुग्दा मन ढुक्क भयो। गौरव लाग्यो पुर्खाहरू कसरी त्यति पर पुगेर नेपाली झण्डा गाढ्न सफल भएका थिए। स्वर्गीय गुप्त सेन सरले ल्याबोरेटरी स्कुलमा गाउन लगाउने गीत 'गाउँछ गीत नेपाली...' पश्चिम किल्ला काङ्गडा पूर्वमा तिष्टा पुगेको झलझली सम्झना आउने नै भयो। सुगौली सन्धि गर्ने बाध्यता नआइपरेको भए?   सिमला जाने फराकिलो पहाडी सडकले धरान धनकुटा बाटो झलझली सम्झाउँदो रहेछ। अनि त्यहाँ पुग्दाचाहिँ कताकता पाल्पा पुगेको अनुभव हुने। तर, धेरै अर्थमा सिमला स्विट्जरल्याण्डको लुगान सहर जस्तो पनि लाग्ने। सायद तानसेन बजारभन्दा निकै ठूलो र फिजारिएको हरियो पहाडको बीचबीचमा ठूल्ठूला भव्य महल देख्दा सिमलालाई तानसेनसँग भन्दा लुगानसँग दाँज्नु अस्वाभाविक नहोला। यति हो, सिमलाका डाँडाहरूमुनि 'लेक ड जनिम' फैलिँदै गएको देख्न पाइँदैन। न त त्यहाँ आल्पसको सप्टो हिमाल नै देख्न पाइन्छ। कता हो कता पर एउटा सानो हिमशिखर कहिलेकाहीँ देखिन्थ्यो।

बिपी र समाजवाद

Image
   शोभाकर पराजुली   बिपी कोइरालाले लोकतान्त्रिक किसिमबाट व्यवस्थित रूपमा समाजवाद स्थापनाका लागि वैचारिक, आर्थिक, दार्शनिक र साहित्यिक क्षेत्रको नेतृत्व गर्नुभएको थियो । उहाँको लक्ष्य जनताको सम्पत्ति सरकारले लिएर समानता होइन, सबै जनताका आधारभूत आवश्यकता पूरा गरेर सम्पत्तिको समान वितरण थियो । यो समानताको पूर्वाधार विकास, एकता, मेलमिलाप आदि हुन् । यसका लागि सहकारी बलियो आधार हुन सक्छ भन्ने उहाँको मान्यता रहेको हो । साम्यवादमा लोकतन्त्र थपिएमा त्यो समाजवाद हुन्छ भन्ने उहाँको बलियो विश्वास थियो । समाज विकासका क्रममा लोकतन्त्र र बहुलवादले द्वन्द्वात्मक भौतिकवादलाई स्वाभाविक र अपेक्षाकृत शान्तिपूर्ण किसिमले व्यवस्थित गर्छ र समाजलाई सबैभन्दा छिटो रूपान्तरण गर्ने माध्यम यही नै हो भन्ने विश्वका अनुभवले देखाएका छन् । बहुलवादको पूर्ण इमानदारीसाथ भएको अनुसरणले समाजलाई अझ व्यवस्थित गर्न सकिन्छ । नेपाली कांग्रेस स्थापनाका प्रमुख योजनाकार र वैचारिक आधार उहाँ नै हुन भएको हो । संगठन र वैचारिक स्पष्टताका लागि उहाँले महत्त्वपूर्ण भूमिका खेल्नुभएको हो । साम्यवादमा लोकतन्त्र थपिदिए समा...