फेसबुक एडिक्सन डिसअर्डर(Facebook Adiction Disorder)

फेसबुकको (कु) लत This Post Comes From SHUKRABAR Weekly फेसबुक अति चलाउनेहरुका लागी प्रयोग हुने शब्द हो, फेसबुक एडिक्सन डिसअर्डर । तपाँई पनि त्यसमा पर्नुहुन्छ कि? तलका केहि लछणहरु हेर्नुहोस, कुनै तपाईसँग मिल्छ भने तपाईलाई यो रोग लागेको हुन सक्छ । बिहान उठ्ने बित्तिकै चिया वा कफि खानुभन्दा अघि तपाईको दिन आफ्नो ल्यापटप वा मोबाईलमा फेसबुक लग इन गरेर सुरु हुन्छ ? बिहान दिउसो वा राती, शौचालय होस वा बस, टेम्पोका यात्रामा, कलेजमा होस वा क्यान्टिनमा तपाई फेसबुकमा यस्तो स्टयाटस लेख्छु भनि सोच्नुहुन्छ ? फेसबुक चलाउदा चलाउदै ढिला भएर गर्लफ्रेन्ड वा व्वाईफ्रेन्डलाई दिएको समयमा ढिला पुगेर गाली खानुभएको छ? कलेजमा ढिला पो पुग्नु भएको छ कि?