Posts

Showing posts with the label प्रसँगवश

नेपालको पुनर्निर्माणका लागि जुट्यो ४ खर्ब ४० अर्ब

Image
अनुदानमा चीन अगाडि, ऋण सहायतामा भारत भूकम्पले पुर्‍याएको क्षतिको पुननिर्माणका लागि ४ खर्ब ४० अर्बभन्दा बढी रकम जुटेको छ । दाता सूचीमा भारत, चीन र एसियाली विकास बैंक अग्र पङ्तीमा छन् । वैशाख १२ र २९ को भूकम्प तथा लगातारको पराकम्पले अबौंको क्षति भएपछि पुनर्निर्माणमा सहयोग जुटाउन सरकारले बिहीबार काठमाडौंमा अन्तराष्ट्रिय दाता सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा प्रधानमन्त्री सुशील कोइरालाले दाताको सहयोगमा कुनै अनियमिता नहुने र सहयोग वास्तविक पीडितसम्म पुग्ने बताए ।

संविधान निर्माणका सम्बन्धमा संविधानसभाका चार प्रमुख दलहरुबीच भएको सहमति

संविधानसभाबाट संविधान जारी गर्ने संबन्धमा विगत लामो समयदेखि रहेको गतिरोधलाई अन्त्य गर्दै यथाशिघ्र संविधान निर्माण गरी  घोषणा गर्न निम्नलिखित सहमति गरेका छौं ।  संघीयता र प्रदेश रचना                    १) संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा  पहिचानका ५  र सामथ्र्यका ४ आधारमा आठ (८) प्रदेश निर्माण गरिनेछ । २) प्रदेशको नामाकरण प्रदेश सभाको दुई तिहाइ बहुमतको निर्णयबाट गरिनेछ । ३) प्रदेशको सीमाङ्कन संबन्धी सिफारिश गर्न नेपाल सरकारले एक संघीय आयोग गठन गर्नेछ । आयोगको कार्यावधि ६ महिना हुनेछ । संघीय आयोगको सुझाव–प्रतिवेदन प्राप्त भएपछि प्रदेशको सीमाङ्कनको अन्तिम निर्णय व्यवस्थापिका– संसदको दुई तिहाइ बहुमतले गर्नेछ ।

दरबार हत्याकान्डबारे पारस र हिमानीको बयान

Image
१४ वर्षअघि दरबार हत्याकान्ड हुँदा पारस श्री ५ शाहज्यादा थिए अनि हिमानी श्री ५ शाहज्यादी। हत्याकान्डपछि उनका बुबा ज्ञानेन्द्र श्री ५ महाराजधिराज भए। तर उनीहरुलाई युवराज/युवराज्ञी घोषणा गर्न भने दशैँसम्म कुर्नुपर्‍यो। देशमा गणतन्त्र घोषणा भएपछि दुवै पूर्व युवराज/युवराज्ञी भएका छन्। २०५८ जेठ १९ गते नारायणहिटी दरबारमा हत्याकान्ड हुँदा दुवै घटनास्थलमा थिए। उनीहरुले घटनाबारे छानबिन गर्न तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा गठित सभामुख तारानाथ रानाभाट सदस्य भएको उच्चस्तरीय आयोगलाई के बयान दिएका थिए? धेरैले बिर्सिसके होलान्। पढ्नुस् पारस र हिमानीको बयान।

ए आमा नेपाल तिमीलाई संसारकी राम्री बनाउँछौ ..

Image
बिनु पोखरेल आउँछ भनेको सुनेका थियौँ। तर कस्तो र कतिबेला आउँछ थाहा थिएन। यहि समयमा आउँछ भनेर कसैले भनेनन् पनि। भन्नै पनि सक्दैनथे। त्यो आयो ०७२ बैशाखको १२ गते १२ बजेको समय बनाएर आयो। अनि हाम्रा सुन्दर गाउँबस्ती र कलात्मक मठ मन्दिर गर्ल्याम गुर्लुम्य ढलाएर गयो। विश्वभर छरिएर रहेकाहरु नेपालीको मनमुटुमा एउटा कहाली लाग्दो दिनको कुरुप सम्झना गाडेर गयो।

Unsettled Earth continues to rattle Nepal

Image
By Jonathan Amos BBC Science Correspondent 12 May 2015 Nepal quake Video   Nepal quake causes landslide Video   Nepali parliament hit by quake US helicopter missing in Nepal Second Nepal earthquake strikes By any stretch, a magnitude-7.3 quake is a big one. Tuesday's shaker in Nepal is not quite as bad as the 7.8 tremor on 25 April - which was 5.5-times as energetic - but it is a major quake nonetheless. The location is different. The epicentre this time is about 80km east-northeast of Kathmandu, halfway to Everest. A fortnight ago, the event began 80km to the northwest of the capital. But just that observation is instructive because of what we have learnt in the past two weeks. In April, we saw the fault system rupture eastwards from the epicentre for 150km. And the immediate analysis suggests Tuesday's tremor has occurred right at the eastern edge of this failure.

विश्वका चर्चित ५ प्रेम प्रसँग

Image
भनिन्छ प्रेम अन्धो हुन्छ र यसले समाज तथा संस्कारका धेरै सीमाहरु समेत तोडेको हुन्छ । मान्छे जब प्रेममा फस्छ तब ऊ प्रेमको प्राप्तिकालागि सारा अवरोधको सामना गर्न तयार हुन्छ । इतिहासमा यस्ता पात्रहरु छन् जो प्रेममापुजारी बने र प्रेम सम्बन्धका खातिर सुखसयल तथा सम्मानलाई समेत दाउमा राखे । त्यहीँ त्याग र समर्पणका कारण उनीहरु अमर प्रेमी बने प्रेमजोडीहरुले अहिले पनि सम्भिmरहन्छन् र आफुहरुको प्रेमसँग तुलना गर्छन् । त्यस्ता अमर तथा चर्चित प्रेमजोडीमध्ये केहीको प्रेमप्रसँग- एन्टोनी र क्लियोपेट्रा इशापूर्वको अन्तिम शताव्दीको यो प्रेमजोडी समर्पणको उच्चनमुना मानिन्छ । इजिप्टकी रानी समेत रहेकीक्लियोपेट्रा निकै सुन्दरी महिला मात्र थिइनन् उनको व्यक्तित्व पनि निकै प्रभावोत्तेजक थियो जसबाट मै हुँ भन्ने पुरुषसमेत हायलकायल हुन्थे । उनी पहिले रोमका राजा जुलियस सिजरकी प्रेमिका थिइन् तर इशापूर्व ४४ मासिजरको हत्या भएपछि उनको प्रेमकथाले रोचक मोड लियो । सिजरको हत्या भएपछि रोममामार्क एन्टोनी नामका व्यक्ति सत्तामा हावी भए । उनले सिजरकै उत्तराधिकारी अक्टाभियन तथा सैनिक जनरल मार्कससँग मिलेर सासन चलाउन थाल...