Skip to main content

+२ परीक्षा: कसरी बढाउने स्मरणशक्ति ?

अध्ययनलाई व्यवस्थित एवं प्रभावकारी रूपले अघि बढाउन स्मरणशक्ति बलियो हुनुपर्छ । मेहनत मात्र गरेर स्मरणशक्ति पाउन सकिँदैन । सबै आफ्नो स्मरणशक्ति बढाउन चाहन्छन् तर कसरी ? कुनै पनि व्यक्तिको स्मरण शक्तिमा विभिन्न कुराले प्रभाव पारेका हुन्छन् । इच्छाशक्ति छ भने स्मरणशक्ति सहज रूपमा बढाउन सकिन्छ र यसमा प्रगति पनि गर्न सकिन्छ ।

पुनः स्मरण गर्ने

मनको कल्पना र पुनः स्मरण गर्ने गुण विलक्षण मानिएका व्यक्तिहरूमा बढी पाइन्छ । यो विधिबाट कुनै घटनासँग सम्बन्धित विषय चयन गर्न सकिन्छ । जस्तै- एउटा पाठमा भएका केही चीजको नाम स्मरण गर्नु छ भने आफूलाई मनपर्ने कविता, गीत अथवा रोचक विषयका पंक्ति प्रयोग गरेर स्मरण गर्न सकिन्छ ।

कण्ठाग्र पार्ने र अभ्यास गर्ने

कण्ठाग्र पार्ने र अभ्यास गर्ने बानीले ८० प्रतिशतसम्म स्मरण शक्तिमा वृद्धि गरेको अनुसन्धानबाट पुष्टि भएको छ । गेट्सले १९१७ मा गरेको अनुसन्धानअनुसार कुनै कुरा पढ्दै जाँदा वा पढेपछि कण्ठाग्र गर्ने र अभ्यास गर्ने कार्यले सफल भइन्छ । यो विधि अनुसार जति बढी अभ्यास गर्‍योस्मरणशक्ति त्यति नै बलियो हुँदै जान्छ । विद्यार्थीहरूले पढ्ने र दोहोर्‍याउने काम लेखेर गर्नुपर्छ ।

व्यवस्थित रूपले सुसंगठन

स्मरण प्रक्रिया लुगा बुन्ने तानझैं हुन्छ, जति राम्रोसँग मिलायो, खाँद्यो कपडा त्यति नै राम्रो र आकर्षक हुन्छ । स्मरणशक्ति पनि यस्तै हुन्छ, यसलाई मिलाउनु एवं व्यवस्थित गर्नुपर्छ । धेरै बुँदा स्मरण गर्नुपर्दा आफूलाई मन पर्ने पुस्तक, गीत अथवा कुनै अनौठो नाम बनाएर पढे स्मरणलाई दिगो राख्न सकिन्छ ।

सिकाइको बढी प्रयोग

विद्यार्थीहरूले पढ्ने र दोहोर्‍याउने काम लेखेर गर्नुपर्छ । महत्त्वपूर्ण बुँदाहरू पढ्ने र लेख्ने गरे स्मरण बढाउन सकिन्छ । थोरे समय दिए पनि निरन्तर अध्ययन र अभ्यास गर्ने गरे स्मरणशक्ति राम्रो बनाउन सकिन्छ ।

अभिरुचि एवं सकारात्मक धारणा

आफ्नो रुचिको विषय अध्ययन गर्नुपर्छ । यसले रुचि नभएको विषयमा भन्दा पनि बढी स्मरण हुन्छ तर रुचि नभएका विषय पनि सुरुचिपूर्वक अध्ययन गरे अध्ययनप्रतिको चाख बढ्दै जान्छ । जुनसुकै विषय सुरुचिपूर्ण ढंगले अध्ययन गर्नु र त्यसप्रति सकारात्मक धारणा राख्नु आवश्यक छ । आफ्नो रुचिमा परिवर्तन गर्न सकिन्छ तर म अरूभन्दा पढाइमा राम्रो छैन, कमजोर छु भन्ने हीन भावना लिनुहुँदैन । म केही गर्छु भन्ने मनोबल लिएर अध्ययन गर्नुपर्छ, चिन्ता, फिक्री गर्नुहुँदैन र आफूलाई अरूसँग तुलना गरेर महत्त्वकांक्षी पनि बन्नु हुँदैन ।

प्रोत्साहन र प्रतिफल

आशाले मानिसलाई निराशा बनाउँदैन, त्यसैले भनिन्छ आशाले मानिसको आयु लम्ब्याउँछ । आशा छ भने धैर्य हुन्छ, जहाँ धैर्य हुन्छ त्यहाँ लगनशीलता पनि हुन्छ । प्रोत्साहन र प्रतिफलले अझ परिश्रम गर्न जाँगर र ऊर्जा दिन्छ । आफ्नो अभ्यास-लेखन शिक्षकलाई परीक्षण गर्न दिने र अतिरिक्त क्रियाकलापहरूमा समेत भाग लिनुपर्छ । यसबाट पाइने इनाम र पुरस्कारले अध्ययनलाई निरन्तरता दिन सहयोग पुर्‍याउँछ । आशा र विश्वास राखेर परिश्रम गरिरहने हो भने एक दिन अवश्य सफतलाको स्वाद चाख्न पाइन्छ । यसले स्मरणशक्ति पनि बलियो र चुस्त बनाउँछ ।

स्वास्थ्य

समरणशक्ति बढाउन शरीर स्वस्थ राख्नुपर्छ । खानपान, राम्रो बानी-व्यवहार आवश्यक छ । चिन्ता नलिने बरु सकारात्मक सोच राख्नु, आत्मविश्वास बढाउनु र लगातार मेहनत गर्नु आवश्यक छ । स्वस्थ शरीरले मात्र परिश्रम गर्न सक्ने भएकाले खानपानमा ध्यान दिनुहुँदैन । स्वस्थ शरीरमा स्वस्थ बुद्धि भनेझैं थाकेको बेला वा शरीर कमजोर भएको बेला यथोचित आराम गर्नुपर्छ ।

अठोट

अठोट मनोवैज्ञानिक बल पनि हो । मनोबल र इच्छाशक्ति दृढ छ भने त्यही अनुसार मेहनत गर्न सकिन्छ । यो पनि स्मरणशक्ति बढाउने राम्रो उपाय हो ।

लक्ष्य

जीवनमा एउटा लक्ष्य लिनुपर्छ । लक्ष्यले मानिसलाई लगनशील र मेहनती बनाउँछ । आफ्नो रुचि एवं परिस्थितिलाई विचार गरेर लक्ष्य लिनुपर्छ । लक्ष्य लिंदा आफ्नो भित्री प्रतिभा, खुबी केमा छ त्यसलाई विचार गर्नुपर्छ । कुनै लक्ष्य राख्ने हो भने त्यसलाई सुरु गरेर निरन्तर रूपले पूरा गर्नुपर्छ तर बीचमै छोड्नुहुँदैन । आफू पछि गएर कस्तो मानिस बन्ने त्यही अनुसार अध्ययन गर्नु आवश्यक हुन्छ । 

Comments

Popular posts from this blog

आरक्षणको हचुवा निर्णय

(सम्पादकिय कान्तिपुर दैनिक) राष्ट्रपति रामवरण यादवले अध्यादेश जारी गर्दैनन् भन्ने थाहा हुँदाहुँदै प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको कामचलाउ सरकारले सम्पूर्ण सरकारी सेवामा आरक्षणको प्रतिशत बढाउने अध्यादेश जारी गर्न सिफारिस गरेको छ । सरकारले यसअघि सिफारिस गरेका १० वटा अध्यादेश र संवैधानिक निकायमा रिक्त पदमा संसदीय सुनुवाइबिना नै नियुक्ति गर्ने व्यवस्था गर्न बाधा अड्काउ फुकाउको आदेश राष्ट्रपतिले जारी नगरी थाँती राखेका छन् । लोकतान्त्रिक मुलुकहरूमा कामचलाउ सरकारले दैनिक प्रशासन चलाउने र निर्वाचन गर्ने प्रयोजनका लागि अत्यावश्यकबाहेक अरू अध्यादेश जारी गर्न नपाउने विश्वव्यापी प्रचलन छ । तर, मन्त्रिपरिषद्ले आफू संवैधानिक रूपमा कामचलाउ सरकार हो भन्ने यथार्थलाई बेवास्ता गरी मुलुकमा दीर्घकालीन प्रभाव पार्ने एकपछि अर्को अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्दै आएको छ । विश्वव्यापी प्रचलन र अन्तरिम संविधानको संरक्षकका नाताले राष्ट्रपतिले सरकारद्वारा सिफारिस गरिएका कुनै पनि अध्यादेश जारी नगरी थाँती राखेको बताइएको छ । यो यथार्थ बुझ्दाबुझ्दै पुनः अध्यादेश जारी गर्न सिफारिस गरेपछि ...

Happy Dashain

HAPPY BIJAYADASHAMI AND DIPAWALI TO U AND YOUR FAMILY

HAPPY NEW YEAR "2068"

  New year is the time to unfold  new horizons  and realize new dreams, to rediscover the strength and faith within you rejoice in simple pleasure and gear up for the new challenges.  WISING YOU ALL VERY FULFILLING NEW YEAR 2068.