Skip to main content

नेपाल बैंकका प्रमुख कार्यकारीलाई कार्यालय प्रवेशमा रोक


बैंकको सम्पत्ति रक्षा गर्न नसकेको आरोप लगाउँदै नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत विनोद आत्रेयलाई कर्मचारीले कार्यालय प्रवेश गर्न रोक लगाइएका छन् ।माओवादीसमर्थित नेपाल राष्ट्रिय कर्मचारी संगठनले बैंकको नाममा रहेको मीनभवनस्थित जग्गा सरकारले तेस्रो पक्षलाई दिँदा र बैंकका कर्मचारी थुनामा पर्दासमेत कुनै भूमिका निर्वाह नगरेको भन्दै आत्रेयलाई कार्यालय प्रवेशमा रोक लगाएको हो ।

संगठनको नेतृत्वमा रहेका कर्मचारीले बिहीबार बिहान आत्रेय कार्यालय प्रवेश गर्न खोज्दा रोक लगाएका हुन् ।
आत्रेयलाई “तपाईं जहाँबाट आउनुभएको हो, त्यही जानुस्” भन्दै कर्मचारीले फिर्ता पठाएका थिए । आत्रेय राष्ट्र बैंकका निर्देशक पनि हुन् । वित्तीय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत २०६५ मंसिर ३० गतेदेखि आत्रेय बैंकमा प्रमुख कार्यकारीको पदमा कार्यरत छन् ।
सरकारले करिब २० करोड रुपैयाँ मूल्य पर्ने बैंकको जग्गा बिनामुआब्जा राष्ट्रिय मिडिया केन्द्रलाई दिने निर्णय थाहा पाएपछि बुधबार बैंकमा रहेका चार कर्मचारी युनियनले सो जग्गा कुनै पनि हालतमा मिडिया केन्द्रलाई नदिने र बैंकको सम्पत्ति रक्षा गर्ने भन्दै धर्ना दिएका थिए ।
सो क्रममा प्रहरीले कर्मचारीलाई पक्राउ गरी हिरासतमा लिइ पछि छाडेको थियो । कर्मचारी हिरासतमा रहेका बेला प्रमुख कार्यकारी कर्मचारीलाई छुटाउनुको सट्टा दिनभर राष्ट्र बैंकमा बसेको भन्दै उनलाई कार्यालयमा प्रवेश दिइएन ।
गत फागुन १९ गते मन्त्रिपरिषद् बैठकले बैंकको स्वामित्वमा रहेको मीनभवनस्थित कित्ता नं. ३९७ को १ रोपनी ४ आना २ पैसा जग्गा राष्ट्रिय मिडिया केन्द्रलाई दिने निर्णय गरेको थियो । मिडिया केन्द्रमा नेपाल विज्ञापन संघ, नेपाल मिडिया सोसाइटी, टेलिभिजन ब्रोडकास्टर्स नेपाल र नेपाली छापा माध्यम राष्ट्रिय सञ्जालको कार्यालय रहने बताइएको छ ।
तर प्रमुख कार्यकारी आत्रेय भने आपूm सधँै बैंकको सम्पत्ति जोगाउन लागेको बताउँछन् । “मैले बुधबार प्रधानमन्त्री कार्यालयका सचिव लीलामणि पौडेल, राजस्व सचिव कृष्णहरि बाँस्कोटा, अर्थमन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार केशव आचार्यलाई भेटेर यसबारेमा कुरा गरेको छु । अनि कसरी मैले बैंकको हितका बारेमा सोचिन ?” उनले प्रश्न गरे ।
सबैसँग एकचरण कुरा गरेपछि गभर्नरलाई पनि यसबारे जानकारी गराउनु आफ्नो धर्म सम्झेर राष्ट्र बैंक पुगेको आत्रेयले बताए । उनले भने, “राष्ट्र बैंकमा केवल आधा घण्टा बिताएको हुँ । बैंकका उच्च तहका कर्मचारी बाँडिएर काम गर्नुपर्छ भन्ने भएकाले हामी फरक–फरक क्षेत्रमा खटिएका थियौं,” आत्रेयले भने ।
उनले कर्मचारीको यो कदमलाई व्यावसायिक संस्थामा आफ्नो प्रभुत्व देखाउने प्रवृत्तिका रूपमा चित्रण गरेका छन् ।  संगठनले कार्यालय प्रवेश गर्दा तपाईं जाने भए जानुस् नत्र नराम्रो हुन्छ भनेपछि आफूले कार्यालय छाडेको उनले बताए । उनले कारोबारसँग कुरा गर्दै ‘कर्मचारीको उच्छृंखल व्यवहार कति सहियो कति ?’ भन्दै आफू सधंै मिलेर जानुपर्छ भन्ने मान्यता बोकेकाले मात्रै यहाँसम्म आइपुगेको हुँ उनले भने । उनले बिहीबारको घटनाक्रमबारे गभर्नर डा. युवराज खतिवडालाई जानकारी गराएको बताए ।
कर्मचारी युनियनहरूका अनुसार सबै युनियनले बुधबार बेलुका बैठक बसेर विभिन्न स्थानमा रहेको बैंकको सम्पत्ति जोगाउन जस्तोसुकै कदम चाल्ने निर्णय गरेका थिए । सोहीअनुसार बैंक कर्मचारीको विरोधका कारण बिहीबार बिहान शिलान्यास गरिने भनिएको मिडिया केन्द्रको कार्यक्रम स्थगित भएको थियो ।
बिहीबारै नेपाल बैंक कर्मचारी संघ, नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल प्रजातान्त्रिक बैंकिङ तथा वित्तीय कर्मचारी संघले भने आत्रेयप्रति संगठनले गरेको व्यवहारको भत्र्सना गरेका छन् । संयुक्त रूपमा जारी विज्ञप्तिमा कार्यालयको कामलाई व्यक्ति विशेषसँग जोडेर अभद्र व्यवहार गर्नु दुभाग्र्यपूर्ण भनेका छन् । उनीहरूले साविकको जग्गाको स्वामित्व भएको लालपुर्जा बैंकसँग सुरक्षित रहेको र सो सम्पत्ति सुरक्षित गर्न जस्तोसुकै कदम चाल्ने बताएका छन् ।  सोही स्थानमा ३ वर्षअघि नेपाल विद्यार्थी संघको नाममा भवन बनाउने निर्णय पनि कर्मचारीकै पहलमा रोकिएको थियो । सरकारले बैंकको अस्थिर व्यवस्थापनको फाइदा उठाउँदै गरिएको निर्णय तत्काल फिर्ता लिन पहल गर्नेलगायत बैंकको सम्पत्ति अनधिकृत रूपमा प्रयोग गर्ने प्रवृत्ति रोक्न जग्गा भएको ठाउँमा संकेत चिन्ह राख्न, सपिङ कम्प्लेक्स बनाई सम्पत्तिको व्यवस्थापन गर्नसमेत व्यवस्थापनसमक्ष माग राखेका छन् ।
नेपाल बैंक कर्मचारी संघका नवराज रिमालले बैंकको नाममा रहेको सो जग्गा २०६० सालमा बागमति करिडोरको सडक प्रयोजनका लागि मात्र छाडिएको बताए । रिमालले भने, यदि त्यो जग्गा बागमति करिडोरले प्रयोग नगर्ने हो भने अरू कसैको नभई बैंकको हुन्छ, बैंकको सम्पत्ति रक्षाका लागि कर्मचारी संगठन सधंै लागिरहन्छ ।’ सो स्थानमा बैंकको अरू करिब ५ रोपनी जग्गा छ ।
नेपाल मोटर कम्पनीको नाममा उमेश जैनले लिएको ऋण नतिरेपछि टेकुस्थित जग्गा राष्ट्रिय वाणिज्य बैंकले तथा मीनभवन र कुपन्डोलको जग्गा नेपाल बैंकले सकारेका थिए । कुपन्डोलमा भने बैंक आफैंले भोगचलन गर्दै आएको छ ।

    Comments

    Popular posts from this blog

    राष्टिय गितहरु डाउनलोड गर्नुहोस ।

    For Download Click on Songs Title. Download will start automatically. Gaucha Geet Nepali Jyoti ko Pankha Uchali Jaaga Lamka Chamka hai naujawan ho Paschim koi purba Ghar Ma Jhukdai Na jhukne Nepal ko Choro

    Happy Dashain

    HAPPY BIJAYADASHAMI AND DIPAWALI TO U AND YOUR FAMILY