बामदेवसँग स्पष्टिकरण सोधिन्छः खनाल

नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले पार्टीको निर्णयविरुद्ध बोल्दै हिँडेकाले वरिष्ठ उपाध्यक्ष वामदेव गौतमलाई स्पष्टिकरण सोधिने बताएका छन्। पार्टीको आधिकारिक निर्णयविपरित सरकारविरुद्धमा बोलेकोले उनलाई पहिले स्पष्टिकरण सोधिने बताएका हुन।
गौतमद्वारा आफ्नै दलको नेतृत्वको सरकार विघटनको माग गर्दै हिँडिरहेको अवस्थामा खनालको भनाइ आएको हो। संसदीय दलले सरकारविरुद्ध हस्ताक्षर नगरेको बरु सुझाव मात्र दिएकोले यसलाई विवाद भन्न नमिल्ने उनले बताए।


मंगलवार हुने नेकपा एमाले रुकुमको जिल्ला अधिवेशनलाई उदघाटन गर्न रुकुम सदरमुकाम खलंगा आएका खनालले पत्रकारहरुसँग यस्तो धारणा व्यक्त गरेका हुन्। आगामी वैशाख १२ गते भित्रै सहमतिको निकास निष्कने भन्दै खनालले सहमतिका लागि एमालेले सम्पूर्ण विकल्प खुला राखेको वताए। माओवादीहरु लोकतन्त्रको पालना गर्ने भनिए पनि ठोकतन्त्रको ब्यवहार देखाएको उनको भनाई थियो। समयमै संविधान निमार्णको लागि प्रमुख दलहरु मिल्नुको विकल्प नभएको समेत एमाले अध्यक्ष खनालले वताउँनु भयो।

Comments

Popular posts from this blog

आरक्षणको हचुवा निर्णय