Posts

Showing posts with the label साहित्य

तिम्रै नाउँमा आज एउटा गुलाब पठाकी छु

गरिमा लुइँटेल  तिम्रै नाउँमा आज एउटा गुलाब पठाकी छु सँगै एउटा चिट्ठीमा जवाफ पठाकी छु । हुँदै पार ग¥यो अरे मेरो पागलपनले घरी रुने घरी हाँस्ने, स्वभाव पठाकी छु । मेरो मुटु लिन आउनु तिम्रो व्यापार घाटा भए लीलामी नै गर्यौ माया, हिसाब पठाकी छु । उभिन्छौ त भन एक ताल प्रेमिल कठ्घरामा ? खुशी हुनु तिम्रै भागको निसाफ पठाकी छु ।

साइबर प्रेम

पद्मावती सिंह कथा जीवनमै पहिलोचोटि कुनै युवकले मलाई कतै गएर केही समय साथमा बिताउने प्रस्ताव राख्दै छ । यता केही महिनादेखि केटी सम्झी च्याट गर्दै आएको र मित्रता कायम भइसकेकोले मलाई खासै अप्ठेरो लागेन । उनी हिजोसम्म च्याट गर्दा केटी साथी भएर प्रस्तुत भएका थिए- आज केटा भएर उनी सशरीर मेरोसामु उभिएका छन् । उनले आज मलाई भेट्न बोलाएका हुन् । दुई-तीन महिनाको नियमित च्याटपछि हामी दुईमा मित्रता कायम भएको थियो । उनले ढाँटेर मलाई केटी भनेका थिए तर आज केटा पाएर म विस्मित भएकी छु । कताकता रोमाञ्चित पनि भएकी छु । 'कहाँ जाने ?' सँगै जाने मनसाय व्यक्त गरी मैले सोधेँ । 'रेष्टुरेन्टमा ।' अनुहारलाई उज्यालो पार्दै उनले भने । 'रेस्टुरेन्ट हो नि... ! त्यहाँ केही बेर सँगै बसेर बात मार्दै कफी खाऔँ न, हुन्न ?' पहिलोचोटि म कुनै युवकको मोटरबाइकको पछाडि बसी कुनै रेस्टुरेन्टमा कफी पिउन गइरहेकी छु ।

गजलका सामान्य सिद्धानतहरु

-देवी नेपाल, सुरेश सुवेदी, घनेन्द्र ओझा   भाग-१-गजल सिद्धान्तहरु नेपालका प्रथम गजलकारहरु मोतिराम भट्ट र शम्भु प्रसाद ढुङ्गेल लाई हार्दिक श्रद्दन्जलि ब्यक्त गर्दछु । बर्तमान विश्व साहित्यमा लोकप्रियताको सिखर चढ्न सफल गजल विधा आफैमा एक उत्कृष्ट साहित्य विधा हो । गजल अरविमा जन्मिएर उर्दु फारसिमा विकास विस्तार र उत्कृष्टता हाँसिल गरेको गेय विधा हो । गजल फारसि सब्द हो जसको अर्थ हुन्छ प्रेमिका संग कुराकानी वा प्रणय वार्ता तर ब्यवहारमा धेरै अगाडि देखिनै प्रेमि वा प्रेमिकासंगको वार्तामा मात्र सिमित छैन ।गजल लेख्न सामान्यतया काफिया, रदिफ, मतला, शेर आदिको जानकारि हुनु आवस्यक छ । जसको एक पंत्ति लाई “मिसरा” भनिन्छ । दुई ओटा मिसरा मिलेर एक सेर बन्छ । सेरको माथिल्लो पंत्तिलाई “मिसरा ए उला” र तल्लो पंत्ति लाई “मिसरा ए सानि” भनिन्छ । जसको दुबै सेरहरु अनुप्रास युत्त हुन्छन् । गजलमा एक भन्दा वढि मत्लाको प्रयोग हुनसक्छ यस्तो गजलमा प्रथम मत्लालाई “मत्ला ए उला” र त्यसपछिको लाई “मत्ला ए सानि” भनिन्न । त्यसपछिका शेरहरुमा “मिसरा ए उला” स्वतन्त्र हुन्छ भने तल्लो मिसरा मत्लाका मिसराह...

गजल

Image
Raazin Shrestha नसोध म कुन यथार्थमा ढलेर पिउँदैछु, आफ्नै आँखा आफैसँग छलेर पिउँदैछु, छैन भन्छ्यौ माया, बिंर्सदै त्यो अतीत, तर तिम्रो मायाको नशाले गलेर पिउँदैछु, तड़पिदै छु पल-पल, तिम्रै मायामा हर पल, जलायौ तिमीले मलाई! हो म जलेर पिउँदैछु, मायाको ज्योति जगाउन दियो बालेथें मैले, घरै जलायो त्यसले, त्यसैमा बलेर पिउँदैछु  आफ्नै आँखा आफैसँग छलेर पिउँदैछु,  जलायौ तिमीले मलाई! हो म जलेर पिउँदैछु, 

साहित्य-मुक्तक र गजल

Image
Rajendra Shrestha मुक्तक प्रेम नसा होइन प्रत्येक क्षण पिइरहन्छ मनमा लागे हजार चोट प्रत्येक क्षण सिइरहन्छु जिन्दगीको तपस्यामा दिव्य वर पाएपछि मृत्युञ्जली भएर म प्रत्येक क्षण जिइरहन्छु । गजल फोक्कडको जिन्दगी चुरोटले पोल्छु अचेल । धुँवाको नशामा तिम्रो याद घोल्छु अचेल । समयको गतिसँगै मन एकोहोरो भएपछी, तारा गन्दै रातमा शुन्यसँग बोल्छु अचेल । भित्री पीडा जिन्दगीको काव्यपान काँहा हो र तैपनी व्यथा सबै गजलभित्र खोल्छु अचेल । पलपल श्वास फेर्न चुरोटनै चाहिएपछी, गर्वसाथ आफुलाई रु पाँच मोल्छु अचेल ।

गजल-आशाको अबसान

गजल प्रदिपचन्द्र सुबेदी तिमि पनि सत्ताको लागी तानातान गर्यौ बाबुराम शक्तिको लागी देशकै अपमान गर्यौ बाबुराम।। कहिले जम्बो मन्त्रिपरिषद कहिले आममाफिको निर्णय टुसा पलाउन लागेको आशाको अबसान गर्यौ बाबुराम।। जान्ने सुन्ने तिमि नै थियौ , बिद्धान पनि तिमि देश बिरुद्धको निर्णय जानाजान गर्यौ बाबुराम।। बल्ल थाहा पायौ होला"भन्न भन्दा गर्न गाह्रो" प lIf य राजनितिको लागी हानाहान गर्यौ बाबुराम।। तिमि पनि सत्ताको लागी तानातान गर्यौ बाबुराम टुसा पलाउन लागेको आशाको अबसान गर्यौ बाबुराम।।  

शनिवारिय:- साहित्य

Image
 गजल  जलेको प्रतिबिम्ब हेर मेरो रोएको प्रतिध्वनि सुन बल्ल स्बाद खाएछ भनि मनमनै खुसि गुन सडकको मान्छे म फाँसिको फन्दामा पर्दाखेरी जीत भयो तिम्रै , छोयौ तिमिले आकासका जुन तिम्रो मेरो अलिखित सम्बन्ध बालुवाको घर भयो मेरो हारेको लाश टेकि , ठुला सपनाका महल बुन चोखो मेरो प्रित मनलाई अपमानित आस्था बनाई अब तिम्रो रँगिन सपनामा मनको राजकुमार चुन मरेका मेरा आँखालाई सेतो कपडाले छोपि रमाउनलाइ उसैसँग फुलैफुलक माला उन ।                             - प्रदिपचन्द्र सुबेदी

मुक्तक

Image
फेरिएछौ तिमि, मर्केर हिडदा पो अचम्म लाग्छ देखाउनलाई झै, लर्केर हिडदा पो अचम्म लाग्छ कुरा गर्थ्यो बोल्थ्यौ बोलाउथ्यौ पहिला पहिला त नदेखे झैँ गरी, तर्केर हिडदा पो अचम्म लाग्छ।। -प्रदिपचन्द्र सुबेदी

मुक्तकहरु

प्रदिपचन्द्र सुबेदी   (1) मनलाई नियन्त्रण नगरे मनै छाडा हुन्छ सुख बाँडे दोब्बर दुख बाँडे आधा हुन्छ मानिसलाई देवता देख्ने स्वँय देबता हो सँसारलाई पापी दख्ने दुनियादेखि टाढा हुन्छ । (2) अति भयो देशमा हत्या र काटमार दिनहूँ लुटपाट , बलात्कार र भ्रष्टाचार जनता असुरछित , सुरछा गर्ने कस्ले अपराघिलाई सँरछण गर्छ सरकार (3) पुरानै ढर्रा मात्र, नँयापन केहि छैन के भो के भो के'सैमा नि मन छैन तिमि गयौ सपना उडाई लग्यौ तिमि छैनौ मेरो जीवन छैन ।