Posts

Showing posts with the label यस्तो पनि

८२ वर्षको उमेरमा तेस्रो बिहे !

८२ वर्षे बयोवृद्धको इच्छा र दिनचर्या के होला? तीर्थव्रत, मन्दिर धाउने, भजन गाउने अथवा नातिपनाति खेलाउने। तर भक्तपुर, लोकन्थलीका कर्णबहादुर कार्कीले भने आइतबार आफूभन्दा झण्डै ४८ वर्षले कान्छी यशोदा खड्कासँग बिहे गरेका छन्। बेहुला कार्की जग्गेमा बसिरहँदा उनका नाति आवश्यक सरसामानको जोहो गर्न व्यस्त थिए।