Posts

Showing posts with the label अर्थ

नेपालको पुनर्निर्माणका लागि जुट्यो ४ खर्ब ४० अर्ब

Image
अनुदानमा चीन अगाडि, ऋण सहायतामा भारत भूकम्पले पुर्‍याएको क्षतिको पुननिर्माणका लागि ४ खर्ब ४० अर्बभन्दा बढी रकम जुटेको छ । दाता सूचीमा भारत, चीन र एसियाली विकास बैंक अग्र पङ्तीमा छन् । वैशाख १२ र २९ को भूकम्प तथा लगातारको पराकम्पले अबौंको क्षति भएपछि पुनर्निर्माणमा सहयोग जुटाउन सरकारले बिहीबार काठमाडौंमा अन्तराष्ट्रिय दाता सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा प्रधानमन्त्री सुशील कोइरालाले दाताको सहयोगमा कुनै अनियमिता नहुने र सहयोग वास्तविक पीडितसम्म पुग्ने बताए ।

पर्यटन क्षेत्रमा ४४ अर्ब क्षति

 सरकारले भूकम्पबाट पर्यटन तथा पुरातात्त्विक सम्पदामा करीब ४४ अर्ब रुपैयाँबराबरको क्षति भएको अनुमान गरेको छ । भूकम्पबाट भएको भौतिक क्षति तथा त्यसपछि पर्यटक आगमन ठप्प हुँदा पर्यटन उद्योगले उक्त मूल्यबराबरको क्षति बेहोर्नुपरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । व्यवस्थापिका संसद्, अन्तरराष्ट्रिय सम्बन्ध तथा श्रमसमितिमा आइतवार पर्यटनमन्त्री कृपाशुर शेपाद्वारा प्रस्तुत तथ्याङ्कमा सो क्षतिको अनुमान गरिएको हो । मन्त्रालयले जेठ ३२ गतेबाट विश्वसम्पदा क्षेत्रमा सूचीकृत कतिपय सम्पदा अवलोकनका लागि खुला गर्ने तयारी गरिरहेको मन्त्री शेर्पाले जानकारी दिए । उनका अनुसार आगामी ५ वर्षभित्र सम्पदा पुनर्निर्माण हुने गरी मन्त्रालयले योजना तयार पारिरहेको छ । पर्यटनले यस क्षेत्रको विस्तार र पुनर्निर्माणका लागि अर्थ मन्त्रालयसँग १ अर्ब ८० करोड रुपैयाँ माग गरेको उनले बताए ।

आगामी बजेट ८ खर्ब ८० अर्ब

Image
पुनर्निर्माणका लागि रू. १ खर्ब ४५ अर्ब बजेट जेठ २६, काठमाडौं । आगामी आर्थिक वर्ष २०७२/७३ को बजेट सीमा रू. ८ खर्ब ८० अर्बको पुग्ने भएको छ । भूकम्पले क्षति पुर्‍याएका संरचनाको पुनर्निर्माण र राहतका लागि सरकारले बजेट सीमा बढाएकोे हो । ‘सरकार भूकम्पले पुर्‍याएको क्षतिको आकलन गरी बजेटको सीमा बढाउने तयारीमा जुटिरहेको छ,’ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा गोविन्दराज पोखरेलले भने, ‘आगामी बजेट रू. ८ खर्ब ८० अर्बसम्मको पुग्नसक्छ ।’ यो आकारको बजेट आयो भने त्यो चालू आवको भन्दा रू. २ खर्ब ६२ अर्बले बढी हुनेछ । चालू आवको बजेटको आकार रू.६ खर्ब १८ अर्ब छ । 

आ.व २०६८/०६९ को बजेट

सम्माननीय सभामुख महोदय, १ नेपाली जनताले हालसम्म पटक पटक गर्दै आएका ऐतिहासिक संघर्ष, जनआन्दोलन र मधेश आन्दोलनको बलमा गठन भएको संविधानसभाको निर्वाचनपछि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको चौथो बजेट प्रस्तुत गर्न सम्मानीत ब्यवस्थापिका—संसदमा उपस्थित हुँदा म गौरवान्वित भएको छु । आगामी आर्थिक वर्षको पूर्वाद्र्धमा राजनीतिकदलहरुको सहमतिमा माओवादी सेनाका लडाकूहरुको समायोजन तथा पुनस्र्थापना सम्पन्न हुने र संविधानसभाले नयाँ संविधान जारी गर्ने जस्तो महान ऐतिहासिक कार्य सम्पन्न हुने सन्दर्भमा यो बजेट प्रस्तुत गर्दैछु । यस अवसरमा लोकतन्त्र, गणतन्त्र र संघीयता स्थापना गर्न आफ्नो अमूल्य जीवन बलिदान गर्नु हुने सम्पूर्ण ज्ञात— अज्ञात शहिदहरु प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु । २ पछिल्लो पटकको राजनीतिक सहमतिबाट थपिएको संविधानसभाको समयावधि भित्रै नयाँ संविधानको मस्यौदा जनसमक्ष ल्याउने प्रतिवद्धता आएको छ । आगामी केही महिना भित्रै शान्ति प्रक्रियाले पूर्णता पाउने र नेपाली जनता आफैले लेखेको संविधान जारी भई राजनीतिक उपलब्धिको सर्वाधिक महत्वपूर्ण अध्याय थप हुने विश्वास लिएको छु । न...

७ सम्झनलायक बजेट

Image
रामेश्वरप्रसाद खनाल स्रोत: नागरिक दैनिक 'दाजुभाइ दिदीबहिनी!आज तपाईंहरूसँग जुन विषयमा केही भन्न लागेको छु, सो नेपालको निमित्त केही नवीन भए तापनि सारा जनताको निमित्त ज्यादै नै चाखलाग्दो र मार्मिक छ। अरू मुलुकहरूमा वर्षौनी बजेट पेस गर्नु साधारणै कुरा हो तापनि हाम्रो मुलुकको निमित्त यो अपूर्व कुरा हो भन्न अत्युक्ति होओइन। राणा शासनकालमा राज्यसञ्चालनमा दुनियाँको केही हात थिएन र मुलुकको आम्दानी­खर्च विषय कसैलाई पत्ता हुँदैनथ्यो भन्ने कुरा तपाईंहरू सबैलाई विदितै छ। अब त देशमा प्रजातन्त्रात्मक र दुनियाँप्रति जवाफदेही सरकार खडा भएकोले राष्ट्रको आम्दानी के कति हुन्छ औ केमा खर्च हुन्छ भन्ने कुराको ज्ञान दुनियाँले सरकारबाट पाउने हक छ। प्रजातन्त्र सरकारको पहिलो अर्थमन्त्रीको हैसियतबाट आज नेपालको इतिहासमा सर्वप्रथम बजेट तपाईंहरूको सामुन्ने पेस गर्न पाउँदा म आफूलाई गौरवान्वित सम्झन्छु। अरू देशहरूमा झैं नवीन प्रणालीमा स्याहास्रेस्ता गर्ने र बजेट एस्टिमेट तयार गर्ने प्रथा हाम्रो मुलुकमा थिएन। कच्चा नछोड्नु, जम्मा नछोड्नु भन्ने निर्देश सबैलाई विदितै छ।'

राजस्व न्यायाधीकरणमा मुद्दा फछर्यौट तीव्र

कर असुलीसम्बन्धी समस्याका मुद्दाहरूको न्यायिक निकाय राजस्व न्यायाधीकरणले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा ६ वर्षदेखि बक्यौता रहेका मुद्दा फछर्यौट गरेको छ । सामान्यतया मुद्दाको अंग पुगेको ६ महिनाभित्रमा फछर्यौट हुने कानुनी म्याद रहे पनि विगत ६ वर्षदेखिका मुद्दाहरू फछर्यौट हुन सकेका थिएनन् । राजस्व न्यायाधीकरणका श्रेष्तेदार भीमकुमार श्रेष्ठले बाँकी मुद्दाको लागि पेशी मिलाई सकेको उल्लेख गर्दै सम्बन्धित कानुन व्यवसायीहरूलाई समेत कार्यतालिकाको बारेमा खबर गरिसकिएको जानकारी दिए । यस वर्षकोे वैशाख महिनाभित्रमा आर्थिक वर्ष ०६३÷६४ का बाँकी रहेका मुद्दाहरू फछर्यौट गर्ने लक्ष्य राखेको श्रेष्तेदार श्रेष्ठले बताए । उनका अनुसार ०६३÷६४ का ३२ थान मुद्दाहरूमा हाल ६ थान मुद्दा मात्र बाँकी रहेका छन् भने आर्थिक वर्ष ०६१÷०६२ तथा ०६२÷०६३ को क्रमशः ११ र २२ मुद्दाहरू हाल फछर्यौट भइसकेका छन् । आर्थिक वर्ष ०६४÷६५ र ०६५÷०६६ को क्रमशः १ सय १८ र २ सय ८० थान मुद्दामा हाल ५७ र २०१ थान मुद्दा फछर्यौट हुन बाँकी रहेको न्यायाधीकरणले जनाएको छ । यसरी जिम्मेवारी सरेका मुद्दाहरू फछर्यौटलाई प्रमुख महत्व दिइने श्रेष्तेदार ...

नेप्सेमा सामान्य सुधार

साताको अन्तिम दिन बिहीबार भने नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा  सामान्य सुधार देखिएको छ । बुधबार दोहोरो अंकले घटेको नेप्सेमा बिहीबार जलविद्युत् समूहको परिसूचक दोहोरो अंकले बढ्नु तथा बैंकिङ पनि सकारात्मक रहेपछि नेप्से सकारात्मक देखिएको हो । कारोबार सुरु भएदेखि ओरालो लागेको नेप्से मध्य समयतिर ७ अंकसम्मले घटेको नेप्से कारोबार बन्द हुँदा भने ०.०३ अंकले बढेको छ । नेप्सेमा चिलिमे हाइड्रोपावर, अरुण भ्याली र बुटवल पावर कम्पनीको सेयर मूल्य बढेपछि जलविद्युत् समूह दोहोरो अंकले बढेको हो । यस्तै, एभरेष्ट बैंक, नविल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, बैंक अफ काठमाण्डूलगायत अन्य वाणिज्य बैंकको सेयर मूल्य बढेपछि बैंकिङ समूहको उपसूचक पनि बढेको छ । बिहीबार कारोबार सुरु हुँदा ४२६.५४ अंकमा रहको नेप्से सामान्य परिवर्तन आई कारोबार बन्द हुँदा ४२६.५७ अंकमा कायम रहको छ । नेप्सेमा सामान्य सुधार आए पनि कारोबारमा भने सुधार आएको छैन । बिहीबार नेप्सेमा कारोबार भएका कम्पनीमध्ये कमाउने कम्पनी धेरै समय पछि बढेका छन् । कारोबार भएका ५६ कम्पनीमध्ये २१ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको सेयर मूल्य घटेको छ ।...

नेपाल बैंकका प्रमुख कार्यकारीलाई कार्यालय प्रवेशमा रोक

बैंकको सम्पत्ति रक्षा गर्न नसकेको आरोप लगाउँदै नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत विनोद आत्रेयलाई कर्मचारीले कार्यालय प्रवेश गर्न रोक लगाइएका छन् ।माओवादीसमर्थित नेपाल राष्ट्रिय कर्मचारी संगठनले बैंकको नाममा रहेको मीनभवनस्थित जग्गा सरकारले तेस्रो पक्षलाई दिँदा र बैंकका कर्मचारी थुनामा पर्दासमेत कुनै भूमिका निर्वाह नगरेको भन्दै आत्रेयलाई कार्यालय प्रवेशमा रोक लगाएको हो । संगठनको नेतृत्वमा रहेका कर्मचारीले बिहीबार बिहान आत्रेय कार्यालय प्रवेश गर्न खोज्दा रोक लगाएका हुन् । आत्रेयलाई “तपाईं जहाँबाट आउनुभएको हो, त्यही जानुस्” भन्दै कर्मचारीले फिर्ता पठाएका थिए । आत्रेय राष्ट्र बैंकका निर्देशक पनि हुन् । वित्तीय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत २०६५ मंसिर ३० गतेदेखि आत्रेय बैंकमा प्रमुख कार्यकारीको पदमा कार्यरत छन् । सरकारले करिब २० करोड रुपैयाँ मूल्य पर्ने बैंकको जग्गा बिनामुआब्जा राष्ट्रिय मिडिया केन्द्रलाई दिने निर्णय थाहा पाएपछि बुधबार बैंकमा रहेका चार कर्मचारी युनियनले सो जग्गा कुनै पनि हालतमा मिडिया केन्द्रलाई नदिने र बैंकको सम्पत्ति रक्षा गर्ने भन्दै धर्ना दिएका थिए । सो क्रममा प्र...

व्यापारिक क्षेत्रमा ‘बाबा’ आतंक

देशका ठूला व्यापारीहरूलाई मलेसियाको नम्बरबाट फोन गरेर करोडौं रुपैयाँ माग्ने र नदिए ‘उडाईदिने’ धम्की आउन थालेपछि व्यापारिक क्षेत्रमा आतंक मच्चिएको छ । यसरी फोन गर्ने व्यक्तिले आफूलाई बाबा भनेर चिनाउने, धेरैजसो हिन्दीमा कुरा गर्ने र समयमै रकम नदिए जमिम शाहको जस्तै हालत हुने धम्की दिने गरेको नाम नबताउने सर्तमा व्यापारीहरूले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका अधिकांश कार्यसमितिका सदस्यहरूलाई यस्तो फोन आइसकेको र यस्तो फोन प्राप्त गर्ने व्यापारीको संख्या २६ पुगेको पनि स्रोतले कारोबारलाई बताएको छ । यो समस्यालाई कसरी समाधान गर्ने भन्ने विषयमा व्यापारीहरूबीच सधैं कोठेबैठक हुने गरेको छ । बाबाले व्यापारी हेरिकन १ करोडदेखि १० करोडसम्म माग गर्ने र धेरै लामो कुरा नगरी ज्यान मारिदिनेजस्ता धम्की दिने गरेको एक भुक्तभोगी व्यापारीले बताए । बाबाले व्यापारीलाई गरेको कुनै फोन नम्बर कलर आईडीमा नदेखिने र कुनै फोनको नम्बर भने मलेसियाको हुने गरेको ती भुक्तभोगीले बताएका छन् । तर बाबामात्रै नभएर अरू आपराधिक समूह पनि धम्की दिएर पैसा असुल गर्ने खेल...

बैंकिङ क्षेत्रमा माफियाको बिगबिगी

नक्कली कागजात देखाई बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने एक गिरोह पक्राउ परेको छ । यो समूहले एस डेभलपमेन्ट बैंकबाट कर्जा लिने क्रममा सरकारी निकायले पक्राउ गरेको हो । नक्कली कागजातका आधारमा बैंक तथा वित्तीय संस्थासँग कर्जा लिने समूह सक्रिय रहेको आशंका बढ्दै गएपछि नेपाल राष्ट्र बैंक र राजस्व अनुसन्धान विभाग हाल सक्रिय भएका छन् । समूहका नाइके फु दोर्जे शेर्पालाई विभागले नियन्त्रणमा लिई छानबिन सुरु गरेको हो । शेर्पा धरौटीमा रिहा भएको विभागका महानिर्देशक महेश्वर दाहालले बताए । “एसको मुद्दा अझ गम्भीर भएको छ”, उनले भने ।  पर्यटन व्यवसायसँग सम्बन्धित शेर्पा खन्ग्री टुर्स एन्ड एडभेन्चर र हिमालयन एस.एडभेन्चर नामक कम्पनीसँग सम्बन्धित भएको कागजात कम्पनीमा बुझाएका छन् । तर, यी दुवै कम्पनी नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाटा) का सदस्य छैनन् । नाटाका एक सदस्यले शेर्पालाई नचिन्ने बताए । एस डेभलपमेन्टको व्यवस्थापनले सो समूहलाई ३ करोड रुपैयाँ कर्जा प्रवाह गर्ने अन्तिम तयारी गरेका बेला राष्ट्र बैंकले हस्तक्षेप गरेको थियो । शेर्पाले पर्यटन व्यवसायसँग सम्बन्धित कम्पनी खोली ब...