Skip to main content

२०६६ को टेलिभिजन संसार: लोडसेडिङदेखि डीटीएचसम्म

तीनकुनेबाट मीनभवनतर्फ लाग्दा बाग्मतीको पुलसँगै झुन्ड्याइएको एउटा ठूलो होर्डिङबोर्डले बटुवादेखि सवारीचालकको समेत ध्यान आकषिर्त गरिरहेको छ । प्रसारणको तयारीमा रहेको नयाँ टेलिभिजन च्यानलको उक्त होर्डिङ बोर्डमा झन्डै नौ जना समाचारवाचक आकर्षक सुटमा ठाँटिएका छन् । सबैको हातमा भाइजर -सम्बन्धित टेलिभिजनको लोगो अंकित माइक) छ । जसमा लेखिएको छ 'न्यूज २४' । चौबीसै घण्टा नेपाली भाषामा समाचार प्रसारण गर्ने अन्तिम तयारी गरिरहेको यो नयाँ समाचारमूलक च्यानल 'न्यूज २४' सम्भवतः नयाँ वर्ष २०६७ को पहिलो सातादेखि नै दर्शकमाझ पुग्दैछ ।

थपिँदैछन् नयाँ च्यानल

कुनै बेला नेपाली भाषा बोल्ने टेलिभिजन च्यानल नहुँदा कलकत्ताबाट प्रसारण हुने दुरदर्शनको क्षेत्रीय प्रसारणबाट हरेक साँझ करिब आधा घण्टाका लागि प्रसारण हुने नेपाली भाषाको कार्यक्रम हेरेर चित्त बुझारहेका दर्शकमाझ वर्ष २०६६ को अन्त्य सम्म आइपुग्दा झन्डै एक दर्जन टेलिभिजन च्यानल उपलब्ध छन्, त्यो पनि आफ्नै राष्ट्रिय भाषामा । यसै वर्षदेखि प्रसारण प्रारम्भ भएका तराई टेलिभिजन तथा नेसनल टेलिभिजनलाई जोड्ने हो भने नेपालबाटै प्रसारण भएका च्यानलको संख्या झन्डै १० पुगेको छ । भारतबाट प्रसारित नेपाल वानले नेपाली भाषामै कार्यक्रम प्रसारण गरे पनि यसलाई नेपाली च्यानल भन्ने कि नभन्ने भन्ने द्विविधा कायमै छ ।

वर्ष २०६६ को मध्यताका पूर्वका दुई सहर इटहरी तथा विराटनगरमा समेत छुट्टाछुट्टै दुई टेलिभिजन च्यानल सञ्चालन हुने घोषणा भैसकेको छ । कान्तिपुर टेलिभिजनका एक जना कार्यक्रम निर्माता भन्छन्- एक वर्षपछि नेपाली आकाशमा २० वटाभन्दा बढी नेपाली च्यानल भए भने अचम्म नमाने हुन्छ ।

वर्ष २०६६ को मध्यपश्चात् तराई टेलिभिजन नयाँ व्यवस्थापनका साथ प्रसारण हुन थालेपछि अधिकांश दर्शकले यो च्यानललाई यसै वर्षदेखि प्रसारण प्रारम्भ भएको माने । वास्तवमा यो च्यालन २०६५ देखि नै प्रसारण हुन थालेको हो । वीरगन्जमा स्टेसन तथा मुख्य कार्यालय रहेको यो च्यानलको अहिले राजधानीमै सुविधासम्पन्न स्टुडियो छ । वर्ष २०६६ मै 'नेसनल न्यूज च्यानल' पनि थपियो । लामो समयसम्म परीक्षण प्रसारणका रूपमा दर्शकमाझ पुगिरहेको यो च्यानलले अहिलेसम्म पनि आधारिक रूपमा प्रसारण प्रारम्भ भएको घोषणा गरेको छैन, तर दर्शकले यो च्यानलबाट प्रसारण हुने कार्यक्रमहरूबाट मनोरञ्जन एवं सूचना प्राप्त गरिरहेका छन् । वर्ष २०६७ को प्रारम्भदेखि नै समाचारमूलक च्यानल 'न्यूज २४' प्रसारण हुँदैछ । यो च्यानलको प्रसारण प्रारम्भ भएपछि नेपाली आकाशमा समाचारमात्र प्रसारण गर्ने टेलिभिजन च्यानलको संख्या नै चार पुग्नेछ ।

डुबायो लोडसेडिङले

नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको पछिल्लो तालिका सार्वजनिक गरेकै दिन हास्यकलाकार दीपकराज गिरी साप्ताहिकको सम्पादकीय कक्षमा आइपुगेका थिए । लोडसेडिङको अवधि बढेको तालिका हेरेपछि दीपकराजले टाउकोमा हात मात्र राखेनन्, निराश हुँदै भने- 'अब हाम्रो कार्यक्रम जम्मा १२ प्रतिशत दर्शकले मात्र हेर्न पाउने भए ।' टीआरपी रेटिङमा लगातार तेस्रो वर्षसम्म नम्बर एक कार्यक्रमका रूपमा रहेको 'तीतो सत्य' लाई सबैभन्दा खतरा नै लोडसेडिङबाट भएको दीपकराजको तर्क छ ।

'जति नै राम्रो कार्यक्रम बनाए पनि दर्शकले हेर्न नपाएपछि के गर्नु, दीपकराज प्रश्न गर्छन्- 'हाम्रो टेलिश्रृंखला प्रसारण भएको बेला नेपालका अधिकांश भाग अन्धकारमय हुन्छ ।' दीपकराज मात्र होइन, 'मेरी बास्सै' का सीताराम कट्टेल तथा केदार घिमिरेलाई पनि लोडसेडिङले रुवाएको छ । 'लोडसेडिङ नभएको बेला हामीले एउटा श्रृंखला १८-२० मिनेटको बनाउँदा पुग्थ्यो, धुर्मुस अर्थात् सीताराम भन्छन्- 'लोडसेडिङ बढ्न थालेपछि हामीले २५ मिनेटभन्दा लामो बनाउनुपर्ने भएको छ । यसो गर्दा दर्शकले धेरै बेरसम्म कार्यक्रम हेर्न त पाउलान् तर बिजुली नै नभएपछि जति नै लामो बनाए पनि के गर्नु ?'

लोडसेडिङकै कारण कतिपय गायक-गायिकाले आफ्ना नयाँ गीतका म्युजिक भिडियो निर्माण गर्ने जाँगर नै चलाएका छैनन् । म्युजिक भिडियो निर्माण गरेर बसेकाहरू पनि लोडसेडिङकै कारण प्रसारण गर्न चाहिरहेका छैनन् ।

हास्यश्रृंखला भर्सेज पारिवारिक

वर्ष २०६६ मा पनि हास्यश्रृंखलाकै लोकपि्रयता कायम रह्यो । तीतो-सत्य, मेरी बास्सै, जीरे-खुर्सानी, झ्याइँकुटी झ्याइँजस्ता हास्यश्रृंखला दर्श्ाकले औधी रुचाए । यसबाहेक भुइँचालो, लगनजुर्ला जस्तो छ जस्ता हास्यश्रृंखला पनि दर्श्ाकको रोजाइमा परे । हास्यश्रृंखलाको लोकपि्रयताकै कारण दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, सीताराम पोखरेल, कुञ्जना घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, दमन रूपाखेती, किरण केसी आदि हास्यकलाकारहरू वर्षभरि नै व्यस्त भए । यो अनुपातमा पारिवारिक श्रृंखलाको निर्माणमै कमी आयो । शंका, आफन्त, मृगतृष्णाजस्ता केही पारिवारिक श्रृंखलाहरू प्रसारण त भैरहेका छन् तर यिनले हास्यश्रृंखलाजत्तिको टीआरपी पाउन सकेका छैनन् ।

रियालिटी शोको बाढी

वर्ष २०६६ मा नेपाली च्यानलमा रियालिटी शोको बाढी नै आयो । नेपाल टेलिभिजनले अहिले पनि तीन-तीनवटा रियालिटी शो सञ्चालन गरिरहेको छ । इमेज च्यानल तथा तराई टेलिभिजनले पनि भर्खरै मात्र एउटा नयाँ रियालिटी शो प्रसारण गर्न थालेको छ । खोजी प्रतिभाको, भ्वाइस अफ टिन, छमछमीजस्ता रियालिटी शोमार्फत नेपाल टेलिभिजनले दर्शकलाई स्वस्थ्य मनोरञ्जन प्रदान गरिरहेको छ भने तराई टेलिभिजनले वार अफ डिजे शीर्षकको नयाँ रियालिटी कार्यक्रमको प्रसारण भर्खरै मात्र प्रारम्भ गरेको छ । इमेज च्यानलले पनि गिटार मास्ट्रो शीर्षकको रियालिटी कार्यक्रमको प्रसारण प्रारम्भ गरेको छ ।

डिस मिडियाको डीटीएच

वर्ष २०६६ देखि नै डीटीएच प्रणाली सञ्चालन प्रारम्भ गर्ने प्रारम्भिक कार्य प्रारम्भ भएको छ । कान्तिपुर टेलिभिजनका प्रबन्ध निर्देशक कैलाश सिरोहिया, इमेज च्यानलका सञ्चालक आरके मानन्धर, एभिन्यूज टेलिभिजनका सञ्चालक भाष्करराज राजकणिर्कार, सगरमाथा टेलिभिजनका सञ्चालक निर्मल गुरुङ तथा एबीसी टेलिभिजनका सञ्चालक सञ्जय अधिकारीको संयुक्त लगानीमा डीटीएच सेवा सञ्चालन हुने भएको हो । टेलिभिजन सञ्चालकहरूले लगानी गरेको डिस मिडिया नेटवर्क प्रालिले डीटीएच सेवा प्रारम्भ गर्न लागेको कम्पनीका अध्यक्ष आरके मानन्धरले जानकारी दिएका छन् । सञ्चार मन्त्रालयबाट इजाजत लिइसकेको यो कम्पनीले चाँडै सेवा सञ्चालन गर्ने उनले बताए । ७४ वटा च्यानल सञ्चालन गर्ने अनुमति पाएको यो कम्पनीले च्यानल छनौट गरिसकेको बताउँदै मानन्धरले सबैभन्दा पहिले डिसले नै डीटीएच सेवा प्रारम्भ गर्ने जानकारी दिएका छन् । नेपाली च्यानलसहित नेपालीलगानीकर्ताले सञ्चालन गर्ने भएकाले कम्पनीको सेवा विस्तार हुनेमा आशावादी रहेको यसका सञ्चालकहरूको दाबी छ । सञ्चालक कैलाश सिरोहियाले अनधिकृत रूपमा राजधानी तथा विभिन्न स्थानमा सञ्चालन भैरहेका डीटीएचसँग प्रतिस्पर्धा हुने भए पनि त्यसमा नेपाली च्यानल नआउने भएकाले स्वदेशी कम्पनीलाई नै ग्राहकले रोज्ने बताए । मन्त्रालयबाट हालसम्म पाँचवटा कम्पनीले डीटीएच सेवा सञ्चालन गर्ने अनुमति पाएका छन् । सरकारले केही महिनाअघि प्रसारण नियमावली परिमार्जन गरी डीटीएच सञ्चालन गर्न दिने नीति लिएको हो । भारतीय डीटीएच सञ्चालकहरूले नेपालमा पनि रिसिभर बाँडेर अनधिकृत रूपमा सेवा प्रारम्भ गर्न थालेपछि सरकारले नेपालमा त्यसलाई कानुनी मान्यता दिएको हो ।

के हो डीटीएच ?

डाइरेक्ट टु होम अर्थात् डीटीएच पि|mक्वेन्सी सिग्नललाई केबुल अथवा अन्य प्रविधिबाट नभै सीधै घरैमा डाउन लिंक गर्न सकिने प्रविधि हो । यो प्रविधिबाट विभिन्न टेलिभिजन च्यानलको प्रसारण सीधै घरमा सेटअप बक्स राखेर डाउन लिंक गर्न सकिन्छ । स्याटलाइटमार्फत आएको रेडियो सिग्लनलाई कुनै हब हुँदै सेटअप बक्समा डाउन लिंक हुने प्रविधिलाई नै डीटीएच भनिन्छ । हालसम्म नेपालमा कुनै आधिकारिक हब नभएकाले ग्राहकले भारतीय हबमार्फत अवैधानिक रूपमा डाउन लिंक गरिरहेका छन् । घरमा राखिएको सेटअप बक्समार्फत क्यु ब्यान्ड अथवा ब्यान्ड ट्रान्समिसनमार्फत ठूलो क्षेत्रमा फैलिएको रेडियो तरंगलाई डाउन लिंक गर्न सकिन्छ ।

Ekantipur.com

Comments

Popular posts from this blog

राष्टिय गितहरु डाउनलोड गर्नुहोस ।

For Download Click on Songs Title. Download will start automatically. Gaucha Geet Nepali Jyoti ko Pankha Uchali Jaaga Lamka Chamka hai naujawan ho Paschim koi purba Ghar Ma Jhukdai Na jhukne Nepal ko Choro

Happy Dashain

HAPPY BIJAYADASHAMI AND DIPAWALI TO U AND YOUR FAMILY