Skip to main content

भूकम्प गए पनि यसकारण हामी भाग्यमानी

२०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प अहिलेको पुस्ताले भोगेको सबैभन्दा ठूलो प्राकृतिक प्रकोप थियो। धेरै जनधनको क्षति भए पनि भूकम्प सहेर बाँच्नेहरुले आफूलाई भाग्यमानी मान्नुपर्ने हुन्छ। भाग्यमानी मान्नुपर्ने केही कारणहरु यस्ता छन्-
१) भूकम्पको समय
हामी भाग्यमानी यसकारण छौँ कि भूकम्प विदाको दिन शनिबार, मध्याह्न आइदियो। यति ठूलो स्तरको भूकम्प विदाको दिनबाहेक अर्को दिन र दिउँसोको साटो राति आइदिएको भए? अहो, कल्पना पनि गर्न सकिन्न के हुन्थ्यो! 
IMG_5660-001
१३ हजारभन्दा बढी स्कूल भूकम्पका कारण क्षतिग्रस्त छन्। त्यसमा सयौँ विद्यार्थी पढिरहेका हुन्थे। हताहतिको संख्या निकै बढ्न सक्थ्यो। विद्यालयले भूकम्पपछिको अस्तव्यस्ततालाई कसरी म्यानेज गर्थ्यो होला? अभिभावकहरु कति आत्तिन्थे होला?
त्यस्तै सयौँ सरकारी कार्यालय भूकम्पका कारण क्षतिग्रस्त भएका छन्। ती कार्यालयमध्ये अधिकांशमा शनिबार विदा भएकाले कर्मचारी थिएनन्। विदा नभएको भए भवनमात्र होइन कर्मचारी पनि हताहत हुन्थे।
भाग्यमानी मान्नुपर्ने अर्को कारण भूकम्प आएको समय हो। दिउँसोको साटो राति यति ठूलो स्तरको भूकम्प आइदिएको भए झन् धेरै मान्छे सुत्दासुत्दै ठहरै हुनसक्थे।
IMG_5614
२) काठमाडौँमा क्षति कम
काठमाडौँमा ८ म्याग्निच्युडको भूकम्प आयो भने ८० प्रतिशत घर ध्वस्त हुने र १ लाख जनाको ज्यान जाने अनुमान यसअघि गरिएको थियो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सुरुमा वैशाख १२ को भूकम्पलाई झण्डै ८ (७.९) को बताएको थियो। पछि यसलाई घटाएर ७.८ भनियो। राष्ट्रिय भूकम्प मापन केन्द्रले यसलाई ७.६ मा मापन गरेको छ। यति ठूलो स्तरको भूकम्प आए पनि काठमाडौँमा क्षति भने तुलनात्मक रुपमा अनुमान गरेभन्दा कम नै छ। दोस्रो पटकको ठूलो पराकम्प सिन्धुपाल्चोकलाई केन्द्र बनाएर आएपछि त्यहाँको हताहतिको संख्या एकदमै बढ्यो र त्यसले काठमाडौँलाई जित्यो। भूकम्पबाट सबैभन्दा बढी ज्यान जानेमा काठमाडौँ दोस्रो स्थानमा छ। तर त्यो अनुमान गरेभन्दा कम छ। वैशाख २६ गते अपराह्न पौने ४ बजेसम्मको तथ्याङ्क अनुसार काठमाडौँ उपत्यकामा १ हजार ७ सय १३ को मृत्यु भएको छ भने ९ हजार २२ जना घाइते भए। काठमाडौँका ८० प्रतिशत घर ढलेनन्। नक्सामा एकथरि, घर बनाउँदा अर्को थरि गरी बनाइएका गेस्ट हाउसहरु नभत्किएका भए र त्यो जोखिमपूर्ण भनी पहिचान भइसकेको थोत्रो धरहरा चढ्न रोक लगाइएको भए हताहतिको संख्या अझै कम हुन्थ्यो। असनलगायत पुराना घर भएका ठाउँमा ठूलो स्तरको क्षति भएन।
३) अरु देशसितको तुलना
प्राकृतिक प्रकोपमा अरु देशहरुसित तुलना गर्दा पनि नेपालले भोगेको क्षति तुलनात्मक रुपमा कमै हो। हाइटीमा सन् २०१० मा ७ म्याग्निच्युडको भूकम्प जाँदा त्यहाँको सरकारका अनुसार ३ लाखभन्दा बढीको ज्यान गएको थियो। अरु संस्थाले गरेको अनुमान अनुसार झण्डै एक लाखको ज्यान गएको थियो। त्यस्तै इटालीको मेस्सिनामा १९०८ मा ७.१ को भूकम्प जाँदा १ लाख २३ हजारको ज्यान गएको थियो।
सन् १९२३ मा जापानको कान्तो रिजनमा ७.९ को भूकम्प जाँदा एक लाखको ज्यान गएको थियो। सन् २००५ मा पाकिस्तानको मुजफ्फरावादमा आएको ७.६ को भूकम्पबाट ८६ हजारभन्दा बढीको मृत्यु भएको थियो। त्यही स्तरको हताहति भएको भए यति लेख्न म र यति पढ्न तपाईँ जीवित रहनुहुने थिएन होला।
DSC_3924
४) हाहाकार मच्चिएन, लुटपाट भएन
भूकम्पलगत्तै काठमाडौँमा खाद्यान्नको अभावले हाहाकार मच्चिने, महामारी फैलिने हल्ला भयो। चार पाँच दिनसम्म सबै सडकमा आउने, कुनै पनि पसल नखुल्ने स्थिति थियो। यो कल्पना सही पनि साबित हुनसक्थ्यो। तर नेपालीहरुको आपतविपतमा धैर्य गर्न सक्ने र मिलेर बस्न सक्ने गुणका कारण त्यस्तो केही भएन। भूकम्प लगत्तै लाखौँले काठमाडौँ छाडे। यसले पनि यहाँको जीवनलाई केही सहज बनाउन मद्दत गर्‍यो। यसका लागि प्याब्सन लगायत केही बस व्यवसायीले निःशुल्क सेवा दिए। काठमाडौँवासीहरुले पैसाको ख्याल नगरी सामूहिक भान्सा बनाई खाना खाए। केही ठाउँमा राहत पुर्‍याउन जाँदा अवरोध खडा गरिएको भन्ने फाट्टफुट्ट समाचार आउनु बाहेक लुटपाटको स्थिति भएन। चोरी पनि हल्लामा मात्रै धेरै भयो। फेरि भूकम्प आउने हल्ला लगायतका त्रास फैलाउने कामलाई प्रहरीले सफलतापूर्वक नियन्त्रण गर्न सफल भयो। जसका कारण दुई हप्ता नबित्दै काठमाडौँको जनजीवन सामान्यतर्फ उन्मुख भयो।
५) त्यसो भएको भए ?
भूकम्पले नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य रनवे काम नलाग्ने गरी चर्केको भए? काठमाडौँ भित्रिने मुख्य मार्ग भत्किएको भए? मोबाइल टावरहरु ध्वस्त भएर सञ्चार सम्पर्क विच्छेको अवस्था आएको भए?
भाग्यको कुरा, त्यस्तो केही भएन। टर्किस विमान रनवेमा अडकिँदा भएको जस्तो कयौँ दिनसम्म अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएन जसका कारण अन्तर्राष्ट्रिय उद्दार टोली राहत बोकेर आउन कठिनाइ भएन। काठमाडौँ भित्रिने मुख्य मार्ग भत्किएन जसका कारण लाखौँ मानिस बाहिरिए जसले आपूर्ति व्यवस्था सहज बनाउन सघाउ गर्‍यो। मोबाइल टावरहरु केही बाहेक अधिकांश सञ्चालनमा रह्यो। नेपाल टेलिकमको त थ्री जी इन्टरनेटले समेत निकै राम्रो काम गर्‍यो।
स्रोत : Mysansar
Thank you for Visiting Us. Comment us @ http://www.facebook.com/subichaar

Comments

Popular posts from this blog

आरक्षणको हचुवा निर्णय

(सम्पादकिय कान्तिपुर दैनिक) राष्ट्रपति रामवरण यादवले अध्यादेश जारी गर्दैनन् भन्ने थाहा हुँदाहुँदै प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको कामचलाउ सरकारले सम्पूर्ण सरकारी सेवामा आरक्षणको प्रतिशत बढाउने अध्यादेश जारी गर्न सिफारिस गरेको छ । सरकारले यसअघि सिफारिस गरेका १० वटा अध्यादेश र संवैधानिक निकायमा रिक्त पदमा संसदीय सुनुवाइबिना नै नियुक्ति गर्ने व्यवस्था गर्न बाधा अड्काउ फुकाउको आदेश राष्ट्रपतिले जारी नगरी थाँती राखेका छन् । लोकतान्त्रिक मुलुकहरूमा कामचलाउ सरकारले दैनिक प्रशासन चलाउने र निर्वाचन गर्ने प्रयोजनका लागि अत्यावश्यकबाहेक अरू अध्यादेश जारी गर्न नपाउने विश्वव्यापी प्रचलन छ । तर, मन्त्रिपरिषद्ले आफू संवैधानिक रूपमा कामचलाउ सरकार हो भन्ने यथार्थलाई बेवास्ता गरी मुलुकमा दीर्घकालीन प्रभाव पार्ने एकपछि अर्को अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्दै आएको छ । विश्वव्यापी प्रचलन र अन्तरिम संविधानको संरक्षकका नाताले राष्ट्रपतिले सरकारद्वारा सिफारिस गरिएका कुनै पनि अध्यादेश जारी नगरी थाँती राखेको बताइएको छ । यो यथार्थ बुझ्दाबुझ्दै पुनः अध्यादेश जारी गर्न सिफारिस गरेपछि ...

Happy Dashain

HAPPY BIJAYADASHAMI AND DIPAWALI TO U AND YOUR FAMILY

List of earthquakes in Nepal

This is a   list of earthquakes in Nepal . It includes those events with their   epicentre   in the country and those that occurred outside the country, but caused significant damage in Nepal. Date Time‡ Place Magnitude Comments Sources 7 June 1255 Kathmandu 26 August 1833 Kathmandu/ Bihar 8.0 M s 7 July 1869 Kathmandu 6.5 M s 28 August 1916 06:39 Nepal/ Tibet 7.7 M s