Skip to main content

परिवर्तनको प्रारम्भ आफैंबाट


हामीले काम गर्न सिकाएनौं, गाली गर्न सिकायौं । भाग्यमा भरोसा गर्न सिकायौं अथवा कसैलाई देवत्वकरण गरेर आफ्नो भविष्य उसका हातमा सुम्पने प्रवृत्तिको विकास गर्‍यौं । यो सामन्ती समाजको चरित्र हो । यसबाट समाज रूपान्तरण सम्भव छैन ।


हामीकहाँ असल मान्छेको अभाव छैन । हामीकहाँ समाज रूपान्तरणको ज्ञान भएका मान्छेहरूको पनि खाँचो छैन । असल अभ्यासको पनि अभाव छैन । समाज रूपान्तरणका लागि एकदमै चिन्ता गर्ने मान्छे पनि धेरै छन् । तर हामीसँग सकारात्मक विचार राख्ने, असल अभ्यास गर्ने र चिन्ता गर्ने मान्छेहरूबीच सहकार्य गर्नेे, चिन्ता र चासो राख्ने मान्छेहरूको ठूलो जमातमा विचार कार्यान्वयनका लागि जोखिम वा दुःख उठाउने अथवा सुविधा-सहुलियत त्याग्ने तत्परता तथा इमानदारीको खडेरी छ । सकारात्मक सोच, त्यसको कार्यान्वयन र असल अभ्यासको संयोजनबाट मात्रै समाज रूपान्तरण गर्न सकिन्छ ।

कतिपय मान्छेहरू भन्ने गर्छन्, 'यति धेरै समस्याहरू छन्, अत्यासलाग्दो स्थिति छ, जताततै प्वालैप्वाल छन्, एकातिर टाल्यो अर्कोतिर चुहिन्छ, एकातिर सियो अर्कोतिर फुस्किन्छ, त्यसैले कसरी सकारात्मक हुने ? सबै मान्छे खराबै-खराब देखिन्छ, आसै मरिसक्यो । यो सकारात्मकता भन्ने त आदर्शमात्र हो ।'

अरु कतिपय मान्छेहरू परिवर्तनका लागि अहिलेको समय उपयुक्त छैन भन्छन् । 'संविधानै छैन, स्थिर सरकार छैन, राजनीतिक नेतृत्व नै सक्षम छैन, कहाँबाट रूपान्तरण हुन्छ ?' भन्नेहरू पनि छन् । अरु केही मान्छे भन्ने गर्छन्, 'यति ठूलो समाजमा मैले मात्र गरेर के हुन्छ र ? सबैले गरे त मैले पनि साथ दिने थिएँ ।'

नेता ठीक भए सबै ठीक हुने थियो भन्ने र कुनै चमत्कारिक मान्छे आएर हाम्रो समाज रूपान्तरण गरिदेला कि भनी भाग्य कुर्ने पनि हाम्रो समाजमा प्रशस्तै छन् । त्यस्ता मान्छेहरू परिवर्तन फुत्त जमिनबाट निस्केर संसारलाई उज्यालो बनाइदिने वा आकाशबाट कुनै उज्यालो पिण्ड खसेर हामीलाई ज्योति दिने जस्तो चमत्कारिक व्यक्ति आएर हाम्रा सबै समस्या हल गरिदिनेछन् भन्ठान्नेहरु पनि छन् । मेरो विचारमा ती सबै विचार ठीक छैनन् । सही विचार त के हो भने यदि जताजतै समस्यै समस्या छन् भने परिवर्तनका लागि जताततै अवसरै-अवसर छ । यहाँ केवल आफैंले सुरु गर्ने प्रयत्न वा उपयुक्त ठाउँको खोजी गरी भूमिका निर्वाह गर्न इमानदारीतापूर्वक लाग्ने इच्छाशक्ति वा तत्परताको खाँचो छ ।

कतिपय मानिसहरू खोलाको पानीको मुहानको उदाहरण दिँदै नेतातर्फ संकेत गरेर माथिबाटै सुधि्रनुपर्छ भन्छन् । त्यो उत्तम विचार हो । एउटा उदाहरण हेरौं । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, सन्तनेता, उहाँ छाता र सुराही बोकेर प्रधानमन्त्री निवास जानुभयो र छाता-सुराही बोकेरै त्यहाँबाट फर्किनुभयो । पक्कै पनि उहाँले भ्रष्टाचार गर्नुभएन, किनभने पदीय जिम्मेवारी छोडेर जाँदा केही पनि सम्पत्ति थिएन, उहाँसँग । सरकारले दिएको एउटा घरमा बसेर बित्नुभयो । त्यसकारण उहाँको नेतृत्वकालमा मूल सफा थियो भन्नेमा विवादै रहेन । अब के हामी भन्न सक्छौं, उहाँको कार्यकाल भ्रष्टाचार निवारणका हिसाबले नेपालको शासकीय कालखण्डमा स्वर्णकाल हो ? अहँ सक्दैनौं । त्यसो भए भ्रष्टाचार निवारणका लागि मूल सफा हुनपर्दैन त मूल सफा त हुनैपर्छ । यो अनिवार्य सर्त हो, तर पूर्ण सर्त भने होइन । आफूले गर्नैपर्ने र गर्नसक्ने प्रयत्न नगर्ने वा खराब कर्मलाई प्रोत्साहन दिनेहरू मूल सफा हुनुपर्छ भन्ने मूलमन्त्रलाई आफ्ना खराब कर्म छोप्ने बहानामात्र बनाइरहेका छन् । कर्तव्यच्युत हुनेहरूका लागि यो गतिलो बहानाबाजीमात्रै हो ।

कोही माथिको मान्छे सुधि्रएर मात्र यो मुलुक सुधि्रँदैन, कोही तलको मान्छे राम्रो भए पनि यो मुलुक सुधि्रँदैन । यो मुलुक सुधि्रन त सर्वप्रथम '' सुधि्रनुपर्छ । सबै सुधार र रूपान्तरणको प्रस्थानबिन्दु '' हो, माथि वा तल होइन । बिगि्ररहेको ठाउँमा '' कहाँनिर सुधार गर्न सक्छु भन्ने पहिचान गरी सुरुवात त्यहींबाट गर्ने हो । यो कुरा भ्रष्टाचार निवारणमा लागू हुन्छ, सरसफाइमा पनि लागू हुन्छ, विकासमा लागू हुन्छ, घरमा र समाजमा पनि लागू हुन्छ । यो भनाइलाई समाज रूपान्तरणमा नेतृत्वको भूमिका अवमूल्यन गर्ने रूपमा बुझनिु हुँदैन । असल काम गर्नेलाई सघाउने तत्परताको अभावमा असल नेतृत्व निर्माण हुनै सक्दैन । नेतृत्व निर्माणको क्रममा जिम्मेवारी नागरिक ''ले धैर्यपूर्वक आत्मअनुशासनमा बसी इमानदारीपूर्वक कर्तव्य पालना गरी प्रणालीको निर्माणमा जुट्ने हातलाई साथ दिने र सामूहिक हितका लागि व्यक्तिगत, पारिवारिक, गुटगत र दलगत स्वार्थ त्याग्ने ''हरूको खाँचो छ ।

स्वार्थ त्याग्न नसकेका कारण नेतृत्व निर्माणमा हामी नराम्ररी चुकेका छौं । हाम्रा अतृप्त इच्छा पुरा गरिदिन कुनै अमूक व्यक्ति आउँछ भन्ने ठानेर कुनै व्यक्तिलाई देवत्वकरण र हाम्रा अपेक्षा पुरा गर्न नसक्ने वा स्वार्थमा बाधक ठानेर दानवीकरण गरेका छौं, पटक-पटक नेतृत्वलाई हामीले । सामाजिक सञ्जालहरू हेर्‍यौं भने सबै नेताहरूलाई निकृष्ट र तुच्छ गाली गरिएको पाउँछौं । त्यो विचार कहाँबाट आयो ? सम्भवतः हामीले विजारोपण गरेको नकारात्मक विचारको उच्चतम उत्कर्ष हो त्यो । हामीले काम गर्न सिकाएनौं, गाली गर्न सिकायौं । कर्म गर्न सिकाउनुपर्नेमा भाग्यमा भरोसा गर्न सिकायौं अथवा कसैलाई देवत्वकरण गरेर आफ्नो भविष्य उसको हातमा सुम्पने प्रवृत्तिको विकास गर्‍यौं । यो सामन्ती समाजको चरित्र हो । यसबाट समाज रूपान्तरण सम्भव छैन ।

नेतृत्व हामीजस्तै तर हामीलाई बाटो देखाउने केवल एक व्यक्ति हुन् भन्ने यथार्थ सायद हामीले बिस्र्यौं । नेतृत्वको निर्माण समाजले गर्ने हो, समाजको महत्त्वपूर्ण इकाइ परिवार र परिवारको इकाइ '' हो । '' त्यागी, इमानदार, मिहेनती र सद्भाव राख्ने मान्छे भएँ भने मैले छान्ने नेतृत्वमा पनि ती गुण वेष्ठित हुनेछन् । म स्वार्थी, बेइमान, आत्मकेन्दि्रत भएँ भने चाहेर पनि मेरो नेतृत्व असल गुणयुक्त हुनै सक्दैन । म असल तर मेरो नेतृत्व खराब हुनै सक्दैन । त्यसैगरी मेरो नेतृत्व असल र म खराब हुनै सक्दैन । त्यसैले नेतृत्व हाम्रै गुणहरूको समष्टि हो र नेतृत्वले गर्ने काम वा व्यवहार हाम्रै अपेक्षा, चाहना, दबाबको अभिव्यक्ति हो । यो मुलुकमा आफूलाई बुज्रुक र जानकार ठान्ने कसैको परीक्षण बाँकी छैन । धेरै, थोरैको कुरामात्र हो । प्रत्यक्ष र परोक्षको कुरामात्र हो । परीक्षणबाट फेल भएकाहरूले आत्मसमीक्षा गर्ने कि कसैलाई गाली गरेर आत्मरतिमा रमाउने ?

गएको ५०० वर्षको विश्वको विकासक्रम हेर्दा, कोही विज्ञ र परामर्शदाता बाहिरबाट ल्याएर ठूल्ठूला प्रतिवेदन बनाइदिएर वा बाहिरबाट पैसा ल्याइदिएर, दान र उपहार दिएर सम्पन्न भएको कुनै पनि मुलुक छैन । युरोप, अमेरिका, जापानजस्ता मुलुकको विकासमा पुस्तौं-पुस्ताको त्याग र समर्पण छ । कोरिया, सिङ्गापुर, मलेसियाजस्ता मुलुकहरूले एउटै पुस्ताको अद्वित्तीय त्यागबाट विकासको चरणमा फड्को मारेका हुन् । चीन र भारत त्यही बाटोमा अग्रसर छन् । तपाई-हामीजस्ता सचेत नागरिकहरूको त्याग, समर्पण र कर्तव्यपरायण बिना कुनै पनि समाजको रूपान्तरण सम्भव भएको इतिहास छैन । विकास भनेको हामीले नै गर्ने हो । सुरुवात आफैंबाट हो । मैले के गर्न

सक्छु, त्यो मैले गर्ने हो । मैले गर्नसकेको कुरा गरेर मात्र अरुलाई यसो र उसो गर भन्ने हैसियत मैले बनाउन पाउँछु ।

पूर्वीय दर्शनमा पाँचवटा कुरा त्याग्न भनिएको छ ः काम, क्रोध, लोभ, मोह र अहंकार । यी त्यागे मुक्ति पाइन्छ भनिन्छ । यी पाँच कुराले हाम्रो शरीरमा नकारात्मक ऊर्जाको सञ्चार गरिरहेका हुन्छन् । त्याग्ने भनेको ती नकारात्मक ऊर्जालाई हाम्रो मन, शरीर, विचारमा ठाउँ नदिऊँ भनेको हो । जसले समाज रूपान्तरण गर्छु भन्छ, उसले यी पाँच कुरा त्याग्न प्रयत्न गर्नुपर्छ ।

महाभारतमा कौरव १०० भाइ र पाण्डव ५ भाइ थिए/थिएनन्, त्यो मलाई थाहा छैन । तर मैले बुझेको कुरा कुनै एउटा समाजमा एउटा कालखण्डमा खराब विचारको प्रतिनिधित्व गर्ने मान्छेहरू १०० जना भए भने सही विचारको प्रतिनिधित्व गर्ने मान्छे ५ जना हुन्छन् । ती पाँचजनाले त्याग, तपस्या गर्छन्, वनवास जान्छन्, गुप्तवास बस्छन्, सबै खाले कठिनाइ र प्रतिकूलतासँग लड्छन् र अन्त्यमा विजय प्राप्त गर्छन् । अर्थात् एक सयमा पाँचले सत्य र न्यायका लागि लडिरहन्छन्, त्याग/बलिदान सबै गर्छन् र अन्त्यमा, समाजलाई रूपान्तरण गरिछाड्छन् भन्ने हो । अहिले त्यही पाँचको खोजी, कर्तव्यपथमा अविचलित कर्मयोगीको कार्य र सिर्जनाको प्रबर्द्धन र उनीहरूका सत्कर्मको संयोजित विस्तार आवश्यक छ ।

यो सकारात्मक ऊर्जा प्रवाह गर्ने कुरामा हामी थोरै छौं वा तत्काल लाभ भएन भनेर हीनताबोध गर्नुपर्ने कारण छैन । भनेजस्तो नतिजा आएन भनेर असल काम छोड्नु पनि पर्दैन । एक्लै वा अल्पमतमा परेंँ भनेर सत्कर्म छोड्नु हुँदैन । सकारात्मक कर्मबाट प्राप्त हुने ऊर्जा र त्यसको विस्तारबाट समाज रूपान्तरण हुन्छ भन्ने मेरो विश्वास छ । नतिजाको कुरा गर्दा गीतामा भनिएको- कर्मण्येवाधिकारस्ते माफलेषू कदाचनः को अर्थ केलाउनुपर्ने हुन्छ । हामीलाई यो श्लोकको अर्थ काम गर्दै जानु, फलको आस नगर्नु भनी सिकाइयो । तर त्यो सत्य होइन । मेरो तुलनात्मक सत्यमा आधारित ज्ञानले भन्छ, उक्त श्लोकको अर्थ कर्म गर फलको र नतिजाको अपेक्षा पनि गर, तर फल र नतिजाप्रति आसक्त नहोउ भनेको हो ।

कुनै कुराप्रतिको आसक्तिले कर्मको फल सधैं नकारात्मक हुन्छ । मान्छेले असाध्यै धेरै आसक्त भएको कुरा पायो भने संसारै पाएँ भन्ने ठान्छ र अहंकार बढ्छ । सबै पाएपछि अगाडिको कुराको खोजी पनि गर्दैन । फलस्वरुप फलप्रतिको आसक्ति र त्यसको प्राप्तिले उसको र उसमार्फत समाजको प्रगति अवरुद्ध हुन्छ । त्यसैगरी फलप्रतिको एकदमै धेरै आसक्ति र अप्राप्तिले चरम निराशा आउँछ । त्यसैले मैले बुझेको कर्मण्येवाधिकारस्ते माफलेषू कदाचनः भनेको कर्म गर, फलको अपेक्षा पनि राख, तर फलप्रति आसक्त नहोऊ भनेको हो । यदि अपेक्षा नराख्ने हो भने त मान्छेले कर्म गर्दै गर्दैन । त्यसकारण नयाँ सन्ततिलाई सिकाउनुपर्ने शिक्षा भनेको कर्म गर र फलप्रतिको आसक्तिलाई कम गर भन्ने नै हुनुपर्छ ।
पौड्यालल नेपाल सरकारका मुख्य सचिव हुन् ।
SOURCE :Ekantipur.com/np

Thank you for Visiting Us. Comment us @ http://www.facebook.com/subichaar

Comments

Popular posts from this blog

राष्टिय गितहरु डाउनलोड गर्नुहोस ।

For Download Click on Songs Title. Download will start automatically. Gaucha Geet Nepali Jyoti ko Pankha Uchali Jaaga Lamka Chamka hai naujawan ho Paschim koi purba Ghar Ma Jhukdai Na jhukne Nepal ko Choro

Happy Dashain

HAPPY BIJAYADASHAMI AND DIPAWALI TO U AND YOUR FAMILY