Skip to main content

नेपालको पुनर्निर्माणका लागि जुट्यो ४ खर्ब ४० अर्ब

अनुदानमा चीन अगाडि, ऋण सहायतामा भारत
भूकम्पले पुर्‍याएको क्षतिको पुननिर्माणका लागि ४ खर्ब ४० अर्बभन्दा बढी रकम जुटेको छ । दाता सूचीमा भारत, चीन र एसियाली विकास बैंक अग्र पङ्तीमा छन् ।
वैशाख १२ र २९ को भूकम्प तथा लगातारको पराकम्पले अबौंको क्षति भएपछि पुनर्निर्माणमा सहयोग जुटाउन सरकारले बिहीबार काठमाडौंमा अन्तराष्ट्रिय दाता सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा प्रधानमन्त्री सुशील कोइरालाले दाताको सहयोगमा कुनै अनियमिता नहुने र सहयोग वास्तविक पीडितसम्म पुग्ने बताए ।

donner country
सम्मेलनमा सरकारले दाताहरुमाझ पुनर्निर्माणामा ६ खर्ब ७० अर्ब रुपैयाँ आवश्यक रहेको विपद् पछिको आवश्यकता निर्धारण पेश गरेको थियो । विनाशकारी भूकम्पबाट ८ हजार ८ सय बढीको मृत्यु भएको छ भने झण्डै ८ लाख परिवार घरबारविहीन भएका छन् । प्रशासनिक केन्द्र सिंहदरवारदेखि ऐतिहासिक तथा पुरातात्वीक क्षेत्र, स्कुलहरु समेत भत्किएका तथा क्षति पुगेका छन् ।
अन्तराष्ट्रिय दाता सम्मेलनमा नेपाललाई ४ खर्ब ४० अर्ब रुपैयाँ बढी अनुदान तथा सहुलियत व्याजदरमा ऋण सहयोग गर्ने घोषणा गरेका छन् । यसमा भारतले पाँच वर्षमा दिने भनिएको थप एक खर्ब तथा अन्य देशको प्राविधिक सहयोग तथा आफैंले खर्च गर्ने गरी दिने भनिएको रकमलाई समावेश गरिएको छैन ।
नेपाल पुनर्निर्माणका लागि जुटेको ४ खर्ब ४० अर्बमा २ खर्ब २० अर्ब रूपैयाँ अनुदान सहयोग हो । बाँकी भने सहुलियत  ऋण हो ।
यो सरकारले अपेक्षा गरे अनुसारको रकम हो र, सरकारका मुख्यसचिव लिलामणी पौडेलले दाता सम्मेलन सफल भएको प्रतिक्रिया दिएका छन् ।
भारतले २ खर्ब दिने
Sushma-Sworaj
दाता सम्मेलनमा भारतले नेपाललाई तत्काल १ खर्ब रुपैयाँ दिने घोषणा गरेको छ । सम्मेलनलाई सम्बोधन गर्दै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले १० हजार करोड अर्थात १ खर्ब रुपैयाँ दिने घोषणा गरिन् ।
उनका अनुसार यो रकममध्ये २५ अर्ब रुपैयाँ अनुदान हो भने बाँकी ७५ अर्ब सहुलियत ऋण हुुनेछ । भारतले आागामी पाँच बर्षमा थप एक अर्ब दिने बताएको छ, जसको ४० अर्ब अनुदान हुनेछ भने बाँकी ६० अर्ब रुपैयाँ सहुलियत ऋणका रुपमा नेपालले पाउनेछ ।
सबैभन्दा बढी अनुदान चीनको
Wang-yi
चिनियाँ विदेशीमन्त्री वाङ यीले ३ सय बिलियन आरएमबी (४ सय ८३ मिलियन अमेरिकी डलर) अर्थात ४८ अर्बर् नेपाली रुपैयाँ अनुदानको घोषणा गरे । यससँगै दाता सम्मेलनमा बढी अनुदान दिने मुलुक चीन बनेको छ ।
चीनले ६४ अर्ब रुपैयाँको प्रतिवद्धता जनाइसकेको छ । तर, आयोजना छनोट हुन बाँकी छ । यसरी हेर्दा समग्रमा चीनले दिने सहयोग १ अर्ब १२ अर्ब हुन्छ ।
साथै चीनले विना ब्याजको सिल्क रोड फल्ड लिन नेपाललाई प्रस्ताव गरेको छ । यसको रकम भने विदेशमन्त्री वीले घोषणा गरेको छैन ।
कुन दाताले कति घोषणा गरे ?
International Confrence of Nepal Reconstruction 2015 (1)
नेपालको मूख्य विकास साझेदार मध्येको एक एशियाली विकास बैंकले ६०० मिलियन अर्थात ६० अर्ब रुपैयाँ दिने घोषणा गरेको छ ।
तर, एडीबीले दिने सहयोग मध्ये ३५ अर्ब पूर्वप्रतिवद्धता अनुसार पुनर्निर्माणमा खर्च हुनेछ । २० अर्ब स्कुल निर्माणमा खर्च हुनेछ भने ५ अर्ब मात्र बजेटरी सहयोग हुनेछ ।
विश्व बैंकले ५० अर्ब सहयोग घोषणा गरेको छ । अर्को प्रमुख विकास साझेदार मुलुक जापानले २६० मिलियन डलर अर्थाथ २६ अर्ब सहयोग दिनेछ ।
International Confrence of Nepal Reconstruction 2015 (8)
सम्मेलनलाई सम्बोधन गर्दै जापानी विदेश राज्यमन्त्री मिनोरु कियुचीले सहयोग घोषणा गरे । आगामी तीन वर्षमा उपलब्ध गराइने यो सहयोगको प्राथमिकता भूकम्प प्रतिरोधी विद्यालय निर्माण र आवास रहनेछ ।
जापानले आफूले दिएको सहयोग ऐतिहासिक तथा पुरातात्वीक सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण तथा पुनउत्थानमा खर्च होस् भन्ने चाहेको छ ।
युरोपेली युनियनले १०० मिलियन युरो अर्थात ११ अर्ब रुपैयाँ अनुदान दिने घोषणा गरेको छ । उनले प्राविधिक सहयोगको बचन दिएको छ ।
International Confrence of Nepal Reconstruction 2015 (2)
नर्वेका विदेशमन्त्री विदेशमन्त्री वर्ग ब्रेण्डले ३० मिलियन अर्थात ३ अर्ब रुपैयाँ सहायता दिने घोषणा गरे ।  त्यस्तै, अमेरिकाले १३० मिलियन डलर अर्थात १३ अर्ब रुपैयाँ आर्थिक सहायताको घोषणा गरेको छ । अमेरिकी राजदूत पीटर डब्लू बोडेले दाता सम्मेलनलाई सम्बोधन गर्दै सहयोग घोषणा गरेका हुन् ।
नेपाललाई सहयोग गर्ने अन्य देशमा जर्मनी, स्विट्जरल्याण्ड, कोरिया, फिनल्याण्ड, टर्की, श्रीलंका, बंगलादेश र पाकिस्तान छन् ।
बेलायतको घोषणा मध्ये आधा खर्च भइसक्यो
सम्मेलनमा बेलायतले भूकम्प प्रभावित नेपाललाई ७० मिलियन पाउण्ड अर्थात झण्डै ११ अर्ब २० करोड सहयोगको घोषणा गरेको छ ।
जसमा भूकम्पलगत्तै राहत तथा पुनःस्र्थापनामा खर्च भएको ३३ मिलियन पाउण्ड पनि जोडिएको छ । यसबारे एक रुपैयाँ पनि नेपाल सरकारको बास्केटमा आएको छैन । बेलायतले यो रकम राहत तथा उद्धारमा आफ्नै गैरसरकारी संघ संस्थाहरुमार्फत खर्च गरेको छ ।
सम्मेलनमा ३३ देश र बाँकी दातृ संस्थाका प्रतिनिधि सहभागी भएका छन् । सरकारले देश र दातृ संस्था गरी ७० संस्थालार्इ निम्तो दिएको थियो ।
International Confrence of Nepal Reconstruction 2015 (12)
International Confrence of Nepal Reconstruction 2015 (11)
International Confrence of Nepal Reconstruction 2015 (5)
International Confrence of Nepal Reconstruction 2015 (9)
International Confrence of Nepal Reconstruction 2015 (10)
- See more at: http://www.onlinekhabar.com/2015/06/292493/#sthash.wGSzA7oF.dpuf
Thank you for Visiting Us. Comment us @ http://www.facebook.com/subichaar

Comments

Popular posts from this blog

राष्टिय गितहरु डाउनलोड गर्नुहोस ।

For Download Click on Songs Title. Download will start automatically. Gaucha Geet Nepali Jyoti ko Pankha Uchali Jaaga Lamka Chamka hai naujawan ho Paschim koi purba Ghar Ma Jhukdai Na jhukne Nepal ko Choro

Happy Dashain

HAPPY BIJAYADASHAMI AND DIPAWALI TO U AND YOUR FAMILY