Skip to main content

पर्यटन क्षेत्रमा ४४ अर्ब क्षति

 सरकारले भूकम्पबाट पर्यटन तथा पुरातात्त्विक सम्पदामा करीब ४४ अर्ब रुपैयाँबराबरको क्षति भएको अनुमान गरेको छ । भूकम्पबाट भएको भौतिक क्षति तथा त्यसपछि पर्यटक आगमन ठप्प हुँदा पर्यटन उद्योगले उक्त मूल्यबराबरको क्षति बेहोर्नुपरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । व्यवस्थापिका संसद्, अन्तरराष्ट्रिय सम्बन्ध तथा श्रमसमितिमा आइतवार पर्यटनमन्त्री कृपाशुर शेपाद्वारा प्रस्तुत तथ्याङ्कमा सो क्षतिको अनुमान गरिएको हो । मन्त्रालयले जेठ ३२ गतेबाट विश्वसम्पदा क्षेत्रमा सूचीकृत कतिपय सम्पदा अवलोकनका लागि खुला गर्ने तयारी गरिरहेको मन्त्री शेर्पाले जानकारी दिए । उनका अनुसार आगामी ५ वर्षभित्र सम्पदा पुनर्निर्माण हुने गरी मन्त्रालयले योजना तयार पारिरहेको छ । पर्यटनले यस क्षेत्रको विस्तार र पुनर्निर्माणका लागि अर्थ मन्त्रालयसँग १ अर्ब ८० करोड रुपैयाँ माग गरेको उनले बताए ।

Thank you for Visiting Us. Comment us @ http://www.facebook.com/subichaar

Comments

Popular posts from this blog

आरक्षणको हचुवा निर्णय

(सम्पादकिय कान्तिपुर दैनिक) राष्ट्रपति रामवरण यादवले अध्यादेश जारी गर्दैनन् भन्ने थाहा हुँदाहुँदै प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको कामचलाउ सरकारले सम्पूर्ण सरकारी सेवामा आरक्षणको प्रतिशत बढाउने अध्यादेश जारी गर्न सिफारिस गरेको छ । सरकारले यसअघि सिफारिस गरेका १० वटा अध्यादेश र संवैधानिक निकायमा रिक्त पदमा संसदीय सुनुवाइबिना नै नियुक्ति गर्ने व्यवस्था गर्न बाधा अड्काउ फुकाउको आदेश राष्ट्रपतिले जारी नगरी थाँती राखेका छन् । लोकतान्त्रिक मुलुकहरूमा कामचलाउ सरकारले दैनिक प्रशासन चलाउने र निर्वाचन गर्ने प्रयोजनका लागि अत्यावश्यकबाहेक अरू अध्यादेश जारी गर्न नपाउने विश्वव्यापी प्रचलन छ । तर, मन्त्रिपरिषद्ले आफू संवैधानिक रूपमा कामचलाउ सरकार हो भन्ने यथार्थलाई बेवास्ता गरी मुलुकमा दीर्घकालीन प्रभाव पार्ने एकपछि अर्को अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्दै आएको छ । विश्वव्यापी प्रचलन र अन्तरिम संविधानको संरक्षकका नाताले राष्ट्रपतिले सरकारद्वारा सिफारिस गरिएका कुनै पनि अध्यादेश जारी नगरी थाँती राखेको बताइएको छ । यो यथार्थ बुझ्दाबुझ्दै पुनः अध्यादेश जारी गर्न सिफारिस गरेपछि ...

Happy Dashain

HAPPY BIJAYADASHAMI AND DIPAWALI TO U AND YOUR FAMILY

HAPPY NEW YEAR "2068"

  New year is the time to unfold  new horizons  and realize new dreams, to rediscover the strength and faith within you rejoice in simple pleasure and gear up for the new challenges.  WISING YOU ALL VERY FULFILLING NEW YEAR 2068.