नक्कली कागजात देखाई बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने एक गिरोह पक्राउ परेको छ । यो समूहले एस डेभलपमेन्ट बैंकबाट कर्जा लिने क्रममा सरकारी निकायले पक्राउ गरेको हो । नक्कली कागजातका आधारमा बैंक तथा वित्तीय संस्थासँग कर्जा लिने समूह सक्रिय रहेको आशंका बढ्दै गएपछि नेपाल राष्ट्र बैंक र राजस्व अनुसन्धान विभाग हाल सक्रिय भएका छन् ।
समूहका नाइके फु दोर्जे शेर्पालाई विभागले नियन्त्रणमा लिई छानबिन सुरु गरेको हो । शेर्पा धरौटीमा रिहा भएको विभागका महानिर्देशक महेश्वर दाहालले बताए ।
“एसको मुद्दा अझ गम्भीर भएको छ”, उनले भने । पर्यटन व्यवसायसँग सम्बन्धित शेर्पा खन्ग्री टुर्स एन्ड एडभेन्चर र हिमालयन एस.एडभेन्चर नामक कम्पनीसँग सम्बन्धित भएको कागजात कम्पनीमा बुझाएका छन् । तर, यी दुवै कम्पनी नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाटा) का सदस्य छैनन् । नाटाका एक सदस्यले शेर्पालाई नचिन्ने बताए ।
एस डेभलपमेन्टको व्यवस्थापनले सो समूहलाई ३ करोड रुपैयाँ कर्जा प्रवाह गर्ने अन्तिम तयारी गरेका बेला राष्ट्र बैंकले हस्तक्षेप गरेको थियो । शेर्पाले पर्यटन व्यवसायसँग सम्बन्धित कम्पनी खोली बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने प्रयास गरेको बताइन्छ । यसअघि सोही समूहले आईएमई फाइनान्सबाट पनि कर्जा लिन लागेको थियो ।
एसका प्रमुख कार्यकारी अधिकृत सिद्धान्तराज पाण्डेले सो समूहको ऋण प्रस्ताव प्रकृयामा रहे पनि अन्तिम स्वीकृति भइनसकेकाले बैंकको लगानी जोखिममा नपरेको बताए ।
यो समूहले एसबाट कर्जा लिन लागेको र त्यसलाई तत्काल रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परेको थियो । अख्तियारले तत्कालै राष्ट्र बैंकलाई पत्र लेखी यसबारेमा बुझी आवश्यक कदम चाल्न र त्यसबारेमा भएको जानकारी गराउन भनेको थियो ।
अख्तियारको पत्रपछि राष्ट्र बैंक वित्तीय संस्था नियमन विभागका अधिकारीहरू एसमा पुगेर यसबारे सोधपुछ गरेका थिए । “हामी समयमै गएकाले बैंकले कर्जा प्रवाह गर्न पाएन”, सो टोलीका एक सदस्यले कारोबारसँग भने । राष्ट्र बैंकका अधिकारीका अनुसार सो समूहले यसअघि आईएमईबाट पनि कर्जा लिने प्रयत्न गरेको थियो ।
उनले पछिल्लो समयमा नक्कली कागजात बनाएर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन खोज्नेहरूको ठूलै जमात रहेको बताए । “सम्बन्धित बैंकका कर्मचारी सचेत भए अनावश्यक र शंका लागेको स्थानमा कर्जा जानबाट रोकिने सम्भावना बढी रहन्छ”, राष्ट्र बैंकका ती अधिकारीले भने । बैंक तथा वित्तीय संस्थाको सञ्चालन नाफाबाट निश्चित अंश सो कम्पनीमा कार्यरत कर्मचारीलाई बोनस दिइने भएकाले जथाभावी कर्जा जाने गरेको उनको टिप्पणी छ ।
यी दुई कम्पनीले आन्तरिक राजस्व कार्यालय क्षेत्र नं. १ बबरमहलमा राजस्व बुझाउने गरेको विभागले जनाएको छ । सो समूहले राजस्व कार्यालयमा बुझाउने राजस्व पनि कम्पनीले ठूलो कारोबार गरेको देखाई बढी तिर्ने गरेको खुल्न आएको छ । राजस्वमा बुझाएको कागजात तथा भौचर र बैंकमा पेस गरेको कागजातप्रति पनि शंका लागेको अनुसन्धान विभागले जानकारी दिएको छ ।(KAROBAR]

Comments
Post a Comment
Comment us and help for make it better!!