तिम्रै नाउँमा आज एउटा गुलाब पठाकी छु



  • गरिमा लुइँटेल 

  • तिम्रै नाउँमा आज एउटा गुलाब पठाकी छु
सँगै एउटा चिट्ठीमा जवाफ पठाकी छु ।

हुँदै पार ग¥यो अरे मेरो पागलपनले
घरी रुने घरी हाँस्ने, स्वभाव पठाकी छु ।

मेरो मुटु लिन आउनु तिम्रो व्यापार घाटा भए
लीलामी नै गर्यौ माया, हिसाब पठाकी छु ।

उभिन्छौ त भन एक ताल प्रेमिल कठ्घरामा ?
खुशी हुनु तिम्रै भागको निसाफ पठाकी छु ।

Source : Ratopati


Comments

Popular posts from this blog

आरक्षणको हचुवा निर्णय