गजल


Raazin Shrestha

नसोध म कुन यथार्थमा ढलेर पिउँदैछु,
आफ्नै आँखा आफैसँग छलेर पिउँदैछु,

छैन भन्छ्यौ माया, बिंर्सदै त्यो अतीत,
तर तिम्रो मायाको नशाले गलेर पिउँदैछु,

तड़पिदै छु पल-पल, तिम्रै मायामा हर पल,
जलायौ तिमीले मलाई! हो म जलेर पिउँदैछु,

मायाको ज्योति जगाउन दियो बालेथें मैले,
घरै जलायो त्यसले, त्यसैमा बलेर पिउँदैछु

 आफ्नै आँखा आफैसँग छलेर पिउँदैछु, 
जलायौ तिमीले मलाई! हो म जलेर पिउँदैछु, 

Comments

Popular posts from this blog

आरक्षणको हचुवा निर्णय