मुक्तकहरु

प्रदिपचन्द्र सुबेदी 
(1)
मनलाई नियन्त्रण नगरे मनै छाडा हुन्छ
सुख बाँडे दोब्बर दुख बाँडे आधा हुन्छ
मानिसलाई देवता देख्ने स्वँय देबता हो

सँसारलाई पापी दख्ने दुनियादेखि टाढा हुन्छ ।


(2)

अति भयो देशमा हत्या र काटमार

दिनहूँ लुटपाट, बलात्कार र भ्रष्टाचार

जनता असुरछित, सुरछा गर्ने कस्ले

अपराघिलाई सँरछण गर्छ सरकार

(3)

पुरानै ढर्रा मात्र, नँयापन केहि छैन

के भो के भो के'सैमा नि मन छैन

तिमि गयौ सपना उडाई लग्यौ

तिमि छैनौ मेरो जीवन छैन ।

Comments

Popular posts from this blog

आगामी बजेट ८ खर्ब ८० अर्ब

Do you know about "COMMERCIAL PAPER"