गजल-आशाको अबसान



गजल

प्रदिपचन्द्र सुबेदी

तिमि पनि सत्ताको लागी तानातान गर्यौ बाबुराम
शक्तिको लागी देशकै अपमान गर्यौ बाबुराम।।

कहिले जम्बो मन्त्रिपरिषद कहिले आममाफिको निर्णय
टुसा पलाउन लागेको आशाको अबसान गर्यौ बाबुराम।।

जान्ने सुन्ने तिमि नै थियौ, बिद्धान पनि तिमि
देश बिरुद्धको निर्णय जानाजान गर्यौ बाबुराम।।

बल्ल थाहा पायौ होला"भन्न भन्दा गर्न गाह्रो"
पlIfय राजनितिको लागी हानाहान गर्यौ बाबुराम।।

तिमि पनि सत्ताको लागी तानातान गर्यौ बाबुराम
टुसा पलाउन लागेको आशाको अबसान गर्यौ बाबुराम।। 

Comments

Popular posts from this blog

आगामी बजेट ८ खर्ब ८० अर्ब

Do you know about "COMMERCIAL PAPER"