Skip to main content

निजामती सेवामा अब मेधावी व्यक्ति नचाहिने !


Sourse :- Ekantipur.com
 सरकार ले निजामती सेवा प्रवेश र बढुवामा मेधावी व्यक्तिलाई प्राथमिकता दिने नीति परित्याग गर्न लागेको छ । निजामती सेवा ऐन संशोधन गर्न जारी गरिन लागेको अध्यादेशमा योग्यलाई सेवा प्रवेश र बढुवामा प्राथमिकता दिने मेरिट प्रणालीलाई अन्त्य गर्ने प्रस्ताव गरिएको हो । स्थायी सरकार मानिने निजामती प्रशासनलाई सक्षम र कार्यदक्षतामूलक बनाउन स्थापनाकालदेखि नै मेरिट प्रणाली अपनाइँदै आएको छ ।

सरकार ले राष्ट्रपतिसमक्ष सिफारिस गरेको अध्यादेशमा सेवा प्रवेश र बढुवामा शैक्षिक योग्यताको डिभिजनबापतको अंक दिने प्रावधान हटाई मेरिट सिस्ट (योग्यले प्राथमिकता पाउने प्रणाली) लाई अन्त्य गर्न लागेकामा बहालवाला र पूर्वउच्च प्रशासकहरूले चिन्ता व्यक्त गरेका छन् । निजामती सेवामा दुरगामी नकारात्मक असर पार्ने खालको अध्यादेश जारी गर्न नहुने धारणा उनीहरूको धारणा छ ।
मेरिट प्रणालीबाट प्रत्यक्ष असर पर्ने राम्रो शैक्षिक योग्यता भएका कर्मचारीहरूले अध्यादेशमा निजामती सेवालाई प्रत्यक्ष रूपमा नकारात्मक असर पार्ने छ वटा प्रावधान रहेको उल्लेख गर्दै त्यसलाई जारी नगर्न राष्ट्रपति रामवरण यादवलाई लिखित ध्यानाकर्षण गराएका छन् ।
ध्यानाकर्षणपत्रमा प्रस्तावित अध्यादेशमा उत्कृष्ट अंक ल्याउने मेधावीलाई निरुत्साहन गरी सामान्यस्तरमा उत्तीर्ण भएकालाई प्राथमिकता दिइएकाले मेरिट प्रणालीको अन्त्य गर्न लागिएको उल्लेख छ ।
प्रस्तावित अध्यादेशमा 'निजामती सेवाको कुनै पदमा प्रवेश गर्न आवश्यक पर्ने न्यूनतमत शैक्षिक योग्यताबापत एकमुस्ट नौ अंक र सेवा प्रवेशका निमित्त आवश्यक न्यूनतम शैक्षिक योग्यताभन्दा माथिको सेवा, समूह वा उपसमूहसँग सम्बन्धित विषयको एक अतिरिक्त शैक्षिक उपाधिबापत एकमुस्ट तीन अंक दिइने' उल्लेख छ ।
विशिष्ट र तृतीय श्रेणी दुवैलाई बराबर अंक दिने अध्यादेशमा प्रस्तावित प्रावधानले निजामती प्रशासनमा मेधावीलाई निरुत्साहित तुल्याउने चिन्ता उच्च प्रशासकहरूको छ ।
यसअघि निजामती सेवा ऐनमा सेवामा प्रवेश गर्दा र बढुवा हुँदा न्यूनतम शैक्षिक योग्यतामा प्रथम श्रेणीमा उत्तीर्ण हुनेलाई ९, द्वितीय श्रेणीमा उत्तीर्ण हुनेलाई ८.७५ र तृतीय श्रेणीलाई ८ अंक र सेवा प्रवेशका लागि तोकिएको न्यूनतम योग्यताभन्दा माथिल्लो शैक्षिक उपाधिबापत प्रथम श्रेणीलाई तीन, द्वितीय श्रेणीलाई २.७५ र तृतीय श्रेणीलाई २.५ प्रतिशत अंक दिने व्यवस्था थियो । जसले माथिल्लो डिभिजन ल्याउने मेधावीले अवसर पाउँथे ।
अध्यादेशमा पदपूर्तिका लागि प्रतिशत निर्धारण गर्ने सन्दर्भमा कार्यक्षमताको प्रतिशत घटाई ज्येष्ठताका आधारमा बढुवा हुने प्रतिशत बढाउने प्रस्ताव गरिएको र यसबाट क्षमतावान निरुत्साहित हुने चिन्तासमेत सरकार ी अधिकारीहरूको छ ।
अध्यादेशमा सहसचिव र उपसचिवमा खुला प्रतिस्पर्धाबाट १०, कार्यक्षमताको मूल्यांकनद्वारा ३५, ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा ३५ र आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको छ । जबकि यसअघि सहसचिव र उपसचिवमा खुला प्रतिस्पर्धाबाट ३० र कार्यक्षमताका मूल्यांकनबाट ७० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था थियो । शाखा अधिकृतमा खुलाबाट ७० र ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा ३० प्रतिशत तथा नायब सुब्बामा खुला प्रतिस्पर्धाबाट ४०, कार्यक्षमता मूल्यांकनद्वारा २० तथा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा ४० प्रतिशत तथा खरिदारमा खुला प्रतिस्पर्धाबाट ७०, आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा २० र ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा १० प्रतिशत पदपूर्ति गर्ने प्रस्ताव छ ।
कर्मचारी संघसंगठनको दबाबमा निजामती सेवामा रहेको स्वतः बढुवाको प्रावधान हटाउन विकल्पमा ज्येष्ठतालाई बढुवा गर्ने प्रावधान राखिएको हो ।
अध्यादेशमा निजामती सेवाको विशिष्ट श्रेणी (सचिव) पदमा समेत ज्येष्ठताका आधारमा २० प्रतिशत बढुवा गर्ने प्रावधान राखिएको छ । यो प्रावधानबाट कार्यसम्पादन मूल्यांकन पछि परे पनि रिक्त सचिव पदमध्ये २० प्रतिशत पदमा सबभन्दा वरिष्ठ सहसचिवमध्येबाट बढुवा गरिनेछ । यो प्रावधानबाट बढुवा हुन कार्यसम्पादन मूल्यांकनमा औसत ९५ प्रतिशतसम्म अंक प्राप्त गरे पुग्छ ।
यसअनुसार आगामी पुससम्म रिक्त हुने ११ सचिव पदमध्ये २० प्रतिशत अर्थात् २ जनामा वरिष्ठ सहसचिवमध्येबाट बढुवा हुनेछन् । अध्यादेश जारी भएमा पुसमा वरिष्ठ सहसचिवमध्येबाट राजकुमार मल्ल र हरि दाहाल सचिवमा बढुवा हुने प्रायः निश्चित भएको छ 

Thank you for Visiting Us. Comment us @ http://www.facebook.com/subichaar

Comments

Popular posts from this blog

राष्टिय गितहरु डाउनलोड गर्नुहोस ।

For Download Click on Songs Title. Download will start automatically. Gaucha Geet Nepali Jyoti ko Pankha Uchali Jaaga Lamka Chamka hai naujawan ho Paschim koi purba Ghar Ma Jhukdai Na jhukne Nepal ko Choro

Happy Dashain

HAPPY BIJAYADASHAMI AND DIPAWALI TO U AND YOUR FAMILY