Skip to main content

देस विकासको लागि सविधानको महत्व


Saturday, 18 July 2009 17:49
राजनीतिक वा सामाजिक सम्झौताबाट कसैलाई हानि पुग्दैन, बरु यसबाट सम्बन्धित या असम्बन्धित सबैले लाभ प्राप्त गर्छन् भन्ने रुसोको सामाजिक सम्झौताको सिद्धान्तसँग धेरथोर सम्मति राख्ने पार्टी नेपाली कांग्रेस राजतन्त्रसँग कुनै पनि हालतमा सम्झौता नगर्ने मनस्थिति र परिस्थितिमा पुगेपछि नेपालको राजनीतिमा नयाँ युगको प्रारम्भ भयो ।
कसैले माने पनि नमाने पनि लोकतान्त्रिक गणतन्त्रका लागि नेपाली कांग्रेस तयार नभएको भए नेपालबाट राजतन्त्र बिदा हुँदैनथ्यो । २००७ देखि निरन्तर साम्यवादी गणतन्त्र स्थापनाको लडाइँ लडेका नेपालका सबैजसो कम्युनिस्ट पार्टी धमाधम सम्झौतावादी बन्दै राजसंस्थासँगको सहकार्यमा अघि बढिरहेका थिए । हतियारको बलमा राज्यसत्ता कब्जा गर्न सकिन्छ भन्ने विश्वासमा रहेको तत्कालीन नेकपा माओवादीसमेत राजासहितको राजनीतिक व्यवस्थामा सत्ता साझेदारी गर्न आतुर थियो । तर, पटक-पटकका संघर्षमा राजासँग सम्झौता गरेको पार्टी पुनः राजासँग सम्झौता गर्ने मनस्थितिमा थिएन । परिणामतः नेपालबाट राजसंस्था बिदा भयो र नेपाली समाजको आर्थिक, सामाजिक रूपान्तरणको प्रक्रिया प्रारम्भ भयो । अब प्रश्न उठ्छ यतिखेर कांग्रेस के गर्दै छ ? उसले आपनो भविष्यका लागि कस्तो योजना तय गर्दै छ ?
भर्खरै नेपाली कांगे्रसले आफ्नो विधानको समयानुकूल परिमार्जन र संशोधन गरी सभापतिलगायत पदाधिकारी र ८० प्रतिशत कार्यसमिति महाधिवेशनबाट निर्वाचित गर्ने प्रस्ताव अघि सारेको छ । यो आफँैमा गतिशील र लोकतान्त्रिक कदम हो । यसले पार्टीलाई युगानुकूल रूपान्तरण गर्दै लैजाने र पार्टीभित्र नयाँ नेतृत्वको विकास हुने सम्भावनालाई प्रत्याभूत गर्दछ । तर, के विधानको परिमार्जन र संशोधनले मात्र पार्टीलाई आमूल रूपान्तरण गर्न सकिन्छ ? वा पार्टीको शक्तिलाई पुनर्जागि्रत गरी पुरानै अवस्थामा फर्काउन सकिन्छ ? र के सैद्धान्तिक एवं वैधानिक परिष्कारले मात्र पार्टीलाई जनताको पि्रय पार्टीको रूपमा पुनस्र्थापित गर्न सकिन्छ ? यदि, त्यसो भए नेपालमा धेरैपटक संविधान लेखिए र संशोधन गरिए । विश्वको उत्कृष्ट लोकतान्त्रिक संविधान भनेर महिमामण्डित पनि गरिए । आखिर के भयो ? सामाजिक, आर्थिक र राजनीतिक द्वन्द्व कहिल्यै कम भएनन् । यसको कारण के ? के लोकतन्त्र आवरण हो ? या आचरण हो ? यो सिद्धान्त हो कि व्यहार ? यो नीति हो कि प्रवृत्ति ? यो प्रवचन हो कि कार्यक्रम ? राम्रो संविधान बनाएर मात्र त देश नबन्ने रहेछ । एउटा तीतो अनुभव हामीसँग छँदै छ । फेरि पनि हामी नयाँ संविधान बनाउने तरखरमै छौँ । तर, हामीले बुझ्नुपर्ने के छ भने संविधान त संकल्प, दिशानिर्देश र कानुनी बन्दोबस्त मात्र हो । मूल कुरा त राष्ट्रिय नेतृत्वको चरित्र नै हो । यो बदल्नैपर्छ । विधान बदलेर मात्र पार्टी बन्दैन, विश्वास बदल्नुपर्छ ।
माहात्मा गान्धीको रामराज्य स्थापना गर्ने वर्गसमन्वयवादी दर्शनको अनुयायी र बिपीको लोकतान्त्रिक समाजवादी सिद्धान्तको पथगामी पार्टी नेपाली कांग्रेसभित्र यतिवेला परम्परागत आन्तरिक गुटहरूको पनि पुनर्गठन प्रारम्भ भएको छ । पार्टीको स्थापनाकालदेखि नै अस्तित्वमा रहेका विभिन्न गुटगत समूह वेला-वेलामा अलग-थलग हुने र नयाँ समीकरण बन्ने, भत्कने नियमित शंृखलाअन्तर्गत नै यसपटकको संसदीय दलको निर्वाचनलाई बुझ्नुपर्ने हुन्छ । यो निर्वाचनको परिणामपछि पार्टीको एउटा पक्ष अत्यन्त हौसिएको देखिन्छ भने अर्को पक्ष मुर्झाएको जस्तो लाग्छ । विभाजित पार्टीको एकीकरणपछि पहिलोपटक भएको आन्तरिक निर्वाचनमा देखिएको रस्साकस्सी र तत्कालीन संस्थापन एवं प्रजातान्त्रिक दुवै पक्षको नेतृत्वसँग गरिएको भनिएको विद्रोहबाट प्राप्त नतिजालाई पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासको विजयका रूपमा नलिएर आप
नो व्यक्तिगत वा गुटगत सफलताको रूपमा लिइएको पाइन्छ । माओवादी नेतृत्वको सरकारको पतनपछि निर्मित एमाले नेतृत्वको नयाँ सरकारमा सहभागिता र यसको नेतृत्वका विषयमा देखिएको विवादको गर्भबाट पैदा भएको यो नयाँ समीकरण स्वयं तत्कालीन आवेग र उत्तेजनाको परिणाम मात्र थियो । पार्टी विभाजनमा महत्त्वपूर्ण भूमिका खेल्ने तत्कालीन दुवै पार्टीका केही नेताको रातारातको गठजोडबाट आएको नतिजा कुनै खास आदर्शबाट अभिप्रेरित देखिँदैन । पार्टीको नेतृत्वमा बारम्बार बसेर पनि राष्ट्र, जनता र लोकतन्त्रका लागि उपलव्धिमूलक काम गर्न नसक्ने र अन्ततः संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसलाई प्रत्यक्ष निर्वाचनतर्फ पहिलोपटक निर्वाचनमा सहभागी मधेसी जनअधिकार फोरमको हाराहरीमा पुर्‍याउने समग्र समूह यो परिणाममै केन्दि्रत भएर आप\mना अघिल्तिर उपस्थित अनगिन्ती चुनौतीलाई नजरअन्दाज गरिरहेको पाइन्छ । नेपाली कांग्रेसको जनतासँगको सम्बन्ध अत्यन्त कमजोर भएको, तराई/पहाड सबैतिरको स्थानीय नेतृत्व विस्थापित भएको र संविधानसभाको निर्वाचन परिणामले गम्भीर धक्का खाएपछि पनि पार्टी नेतृत्वपंक्तिको होस नखुलेको मौजुदा स्थितिमा पार्टीको एउटा अंगको निर्वाचन परिणाममा रमाएर आपना सबै दायित्वको हेक्का नराख्नुले राम्रो भविष्यको संकेत गर्दैन । पार्टीभित्र निर्मित नयाँ गुटको विगत पनि छैन र भविष्य पनि देखिँदैन । तर पनि एउटा नयाँ अध्याय भने प्रारम्भ भएको छ । यसले पार्टीको आन्तरिक राजनीतिमा निकै ठूलो फेरबदल ल्याउन सक्छ र सँगसँगै व्यक्तिलाई केन्द्रबिन्दु मान्ने स्थापित परम्परा निकट भविष्यमै खण्डित हुने सम्भावनालाई उजागर गरेको छ । साथसाथै पार्टीभित्र सामूहिक नेतृत्वप्रणालीलाई स्थापित गर्ने सुनिश्चितता बढेको छ । यसबाट पार्टीपंक्तिभित्र नयाँ ऊर्जा प्रवाहित हुने, बारम्बारको मनोनयनबाट प्राविधिक रूपले राष्ट्रिय हैसियत बनाएका नेताहरूको परीक्षण हुने र संगठित प्रयत्न भए नयाँ पुस्ता ह्वात्तै नेतृत्वमा स्थापित हुने सम्भावना बढाएको छ ।आफ्नो जीवनको पूरै अवधि अर्थात् ६० वर्ष संघर्षमै व्यतित गरेको पार्टी नेपाली कांग्रेस यतिवेला राष्ट्रिय राजनीतिको नयाँ मोडमा छ । नेपालमा सम्पादित सबै क्रान्तिको अगुवा र नेता रहेको यो पार्टी आप\mनै कारण इतिहासको गर्तमा विलुप्त हुने या नयाँ शक्ति र योजनाका साथ कसैले आँक्नै नसक्ने पार्टीका रूपमा रूपान्तरित हुने भन्ने दोसाँधमा छ । र, कांग्रेस अत्यन्त ठूलो राजनीतिक चपेटामा पनि छ । त्यो के भने पार्टीभित्र हावी हुँदै गएका स्वार्थी समूह जनताको प्रत्यक्ष र जीवन्त सम्पर्कमा छैनन् । पूरै मैदान विपक्षीहरूका लागि खाली छाडिएको छ । संविधानसभाको निर्वाचनपछिका झन्डै पन्ध्र महिना आन्तरिक किचलो र दलहरूसँगको वादप्रतिवादमा बितेका छन् । सभापति गिरिजाप्रसाद कोइरालाले सञ्चालन गरेको राष्ट्रिय जागरण कार्यक्रमबाहेक दोस्रोपुस्ता, त्योभन्दा तलको नेतृत्व र भ्रातृसंस्थाबाट कुनै प्रभावकारी कार्यक्रम आएको छैन । समर्थक, शुभेच्छुकहरू अन्योलमा छन् र यसले लोकतन्त्रमाथिको चुनौतीलाई बढाएको छ । त्यस्तै, कुनै हालतमा सत्ता कब्जा नगरी नछाड्ने माओवादीको हुंकारले राजनीतिक संकट अझ बढ्ने कुरालाई संकेत गरेको छ । यस्तो वस्तुगत यथार्थबीच पार्टीनेतृत्व खासगरी दोस्रोपुस्ता बनियाँ राजाको जेरी-स्वारीको कथामा जस्तो आप\mनो स्वार्थमा रुमलिएको छ । कथाअनुसार एउटा देशमा बनियाँ राजा रहेछन् । उनको देशमा बैरीले आक्रमण गरेछन् । राजालाई सहयोगीले सूचना दिएछन् । राजाले गम्भीर हुनुको सट्टा सहयोगीलाई भनेछन्, 'आक्रमण भयो त के भयो मेरो जेरी-स्वारी त सुरक्षित छ होइन' सहयोगीले भनेछन्- छ । आक्रमण बढ्दै गएर उनको दरबार नै घेराउमा परेछ । तर पनि राजाले जेरी-स्वारीकै मात्र चिन्ता गरेछन् । अन्ततः बैरीको घेराउमा परेर राजा मारिएछन् । हाम्रो नियती यस्तै छ । संसदीय दलको निर्वाचनमा यही स्वार्थको उजागर भएको हो । एक अर्थमा शेरबहादुर देउवाको पराजयले परम्परागत शक्तिकेन्द्रको सट्टा नयाँ शक्तिकेन्द्रको उदय त भएको छ, तर अरूले अनुमान र विश्लेषण गरेविपरीत देउवालाई अझ बलियो बनाएको छ । पार्टी सामूहिक नेतृत्वमा जाँदा नेतात्रयको स्थानमा रहने भविष्यका नेताहरूमध्ये दुई नेता एक हुँदा र भएभरका सबै हस्ती मिल्दासमेत आनो पूर्वपार्टीको हैसियतभन्दा ज्यादा मत एक्लै प्राप्त गर्नुले उनको स्थिति बलियो भएको तथ्यलाई स्पष्ट गरेको छ । उनले केही मित्र गुमाएका छन्, तर शक्ति थपिएको छ र पार्टीभित्र एक्लै पनि नेता हुन सक्ने सम्भावना बढाएको छ ।
यी कुरा जेसुकै भए पनि मूल कुरा नेपाल र यहाँको लोकतान्त्रिक व्यवस्था हो । अझ मुख्य कुरा त जनताको सुख-दुःख हो । यसका निम्ति कांग्रेस पार्टी गम्भीर बन्नैपर्छ । पार्टीको आन्तरिक राजनीतिक व्यवस्थापन सँगसँगै मुलुकलाई सकुशल अघि बढाउने अभिभारासमेत यो पार्टीले पूरा गर्नैपर्छ अन्यथा बनियाँ राजाको दुर्दान्त नियति भोग्नुको विकल्प छैन ।
(घिमिरे नेपाली कांग्रेसका युवानेता हुन्)

Comments

Popular posts from this blog

राष्टिय गितहरु डाउनलोड गर्नुहोस ।

For Download Click on Songs Title. Download will start automatically. Gaucha Geet Nepali Jyoti ko Pankha Uchali Jaaga Lamka Chamka hai naujawan ho Paschim koi purba Ghar Ma Jhukdai Na jhukne Nepal ko Choro

Happy Dashain

HAPPY BIJAYADASHAMI AND DIPAWALI TO U AND YOUR FAMILY