Skip to main content

Posts

Showing posts from March, 2010

राष्ट्रले एकजना अनुभवी अभिभावक गुमाएको छ

नेपाली राजनीतिका महानायक गिरिजाप्रसाद कोइरालाको अवसानबाट राष्ट्रले एकजना अनुभवी अभिभावक गुमाएको छ । कोइराला पदीय दृष्टिले कांग्रेस पार्टीको सभापति थिए तर यथार्थमा केही वर्षयता पार्टी विशेषभन्दा माथि उठेका राजनेता भइसकेका थिए । आफैंमा एउटा संस्थाजस्तो बनिसकेका थिए । समसामयिक नेपाली राजनीतिमा उनको जस्तो अग्लो छवि कसैको छैन । यस अर्थमा कोइरालाको निधनले एक किसिमको राजनीतिक रिक्तता उत्पन्न गराएको छ । मुलुक सामान्य अवस्थामा नरहेको र राज्य पुनर्संरचनाको संक्रमणबाट गुजि्ररहेका कारण कोइरालाजस्ता सबैलाई स्वीकार्य समन्वयकारी नेताको अभाव निकट भविष्यमै खटकिनेछ । किनभने उनको अगुवाइमा थालिएको शान्ति प्रक्रिया टुंगोमा पुगिसकेको छैन, बरु खल्बलिन थालेको छ । नयाँ संविधान लेखिएको छैन, समग्र राज्य सञ्चालन अन्तरिम विधिबाट भइरहेको छ । सबैखालको अतिवादलाई तटस्थीकरण गरिआएका कोइरालाको अनुपस्थितिमा राजनीति असन्तुलन र अराजकतातर्फ होमिनसक्ने जोखिम पनि छ । मुलुकलाई त्यसबाट जोगाउँदै सहमतीय स्थिरतातर्फ लैजानुपर्ने दायित्व अब अन्य शीर्षस्थ नेताहरूको जिम्मामा आएको छ । के नेपाली नेताहरूले मुलुकलाई कोइरालाको रिक्ततासँ

पाका तथा सर्बोच्च नेताको निधन- मनमोहनसिंह, यस्तो छ बिश्वसमुदायको प्रतिक्रिया

  भूतपूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निधनप्रति भारतीय प्रधानमन्त्री मनमोहनसिंहका साथै बिश्वसमुदायले गहिरो दुख प्रकट गरेका छन् ।  भारतीय प्रधानमन्त्री मनमोहन सिंहले नेपालका सर्वोच्च तथा दक्षिण   एशियाका पाका नेता गिरिजाप्रसाद कोइरालाको निधनप्रति दुःख व्यक्त गरेका   छन् । शनिबार प्रधानमन्त्री सिंहले कोइरालाकी छोरी सुजाता कोइरालाको     नाममा    समवेदना संदेश पठाउँदै कोइरालाको निधनले आफू स्तब्ध भएको उल्लेख   गरेका छन् । संदेशमा उनले भनेका छन् ' कोइराला नेपालको सर्वोच्च तथा दक्षिण   एशियाका वरिष्ठ    नेता मध्ये एक थिए । उनले आफ्नो सम्पूर्ण जिवन राजनीतिमा   विताएका थिए । ' सिंहले कोइरालाको निधनले एक युगको अन्त्य भएको बताएका छन्   । कोइरालाको ज्ञान र वुद्धिले नेपालको राजनीतिलाई सहिमार्गमा   दोर्‍याएकोसमेत सिंहले उल्लेख गरेका छन् । सिंहले कोइराला प्रजातन्त्र स्थापनाको लागि आजिवन संघर्ष गरेको उल्लेख   गर्दै प्रजातन्त्र पूर्नबहालीपछिको    पहिलो जननिर्वाचित प्रधानमन्त्री भएको   बताएका छन् । साथै सिंहले कोइरालाको सल्लाहले दुई देशबीचको सम्बन्धमा   मात्र नभई द

महानायकको इतिहास र संघर्षमय राजनैतिक जीवन

विक्रम सम्वत १९८१ असार १८ मा भारतमा जन्मनु भएका लोकतान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व गिरिजाप्रसाद कोइराला प्रजातन्त्रको आन्दोलनमा आफ्ना दाजु एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला संगै सहभागी हुनु भएको थियो । राणा प्रधानमन्त्री चन्द्रशमशेरले पिता कृष्णप्रसाद कोइरालालाई राजद्रोहको मुद लगाइ सर्वस्वहरण सहित देश निकाला गरेपछि ४५ जना सदस्य सहित कोइराला परिवार भारतको वनारस निर्वासनमा रहेकै बेला बिहार राज्यको सहर्षा जिल्लाको टेडीमा उहाँको जन्म भएको थियो ।  गिरिजाप्रसाद कोइराला गर्भमा रहेका बेला उहाँको माता पिता गिरिजादेबिको मन्दिरमा जाने गर्नुहुन्थ्यो । त्यसै शिलशिलामा  उहाँहरुले  जन्मने सन्तानको  नाम गिरीजा प्रसाद या गिरीजा देवी राख्ने निणर्य गरे अनुसार उहाँको नाम गिरिजाप्रसाद कोइराला राखिएको थियो । नेपालको इतिहासमै पाँच पटकसम्म प्रधानमन्त्री हुनुभएका एकमात्र व्यक्तित्व गिरिजाप्रसाद कोइरालाकै प्रधानमन्त्रीत्वकालमा नेपालमा २०६५ जेठ १५ गते गणतन्त्र घोषणा गरिएको थियो ।  उहाँ २०४६ को पहिलो जनआन्दोलनको सफलता पश्चात २०४८ साल जेठ १२ गते पहिलोपटक प्रधानमन्त्रीमा

नेपालको सबैभन्दा अग्लो पुल तथा वरिपरिका ठाँऊहरु हेर्ने हैन त‍‍?

यस बर्षका चर्चित नेपालि महिलाहरु

Sujata Koirala Bidhya Devi Bhandari Karima Bagam Namrat Shrestha Purna Kumari Subedi Ram kumari Jhankri Rekha Thapa   Anju Panta All picture Published above by NAGARIK DAILY

बस दुर्घटना १ को मृत्यु, 33 घाइते

बागलुङबाट कुश्मातर्फ गइरहेको ग १ ख २४९४ नम्बरको यात्रुवाहक मिनि माईक्रो बस आइतवार नगरपालीका- १ गणेशस्थानको घुम्तीमा दुर्घटना हुँदा एक बालकको घटनास्थलमै मृत्यु भएको छ। मृतक बालक पबर्त जिल्ला पाङ-4काहुन । दुर्घटनामा चालक सहित 33 घाइते भएका छन्। घाइतेभएका मध्ये बस चालक सहित १० जना यात्रुलार्ई थप उपचारका लागि पोखरा पठाइएको छ। घाईतहरुमा बाग्लुङ नारायणस्थान-१का बम बहादुर गौतम, गौमती खड्का, भकुण्डै-९का नर बहादुर भण्डारी, गोकुल मल्ल, बाग्लुङ नरपालिका-२का राजु बोहोरा, पर्वत पाङ-३ पार्वती रिजाल, विस्णु रिजाल, शिवालयका धरणीधर श्रैष्ठ लगायतको अवस्था गम्भिर छ। पोखरा रिफर गरेका दुई जनाको नाम खुल्न सकेको छैन। पोखरा पठाएका विरामीको अवस्था गम्भीर छ। घाइते हुनेहरुमा पर्वत पाङ-१ की पार्वती रिजाल, बिकाश पौडैल, बाग्लुङ पैयुँपाटाका यसोदा थापा,साबीत्रा शर्मा,आकाश पौडेल,अमलाचौरकी देबी जिसी,राजु जिसी,भुमीराज शर्मा,बागलुङ मालढुङगाकी अप्सरा बिक, नारायणस्थानकी गंगा खड्का,पाङकी पार्वती रिजाल,दिपक रीजाल,छिस्ती बागलुङका यशोदा शर्मा,तुलसी केसी लगायत रहेका छन।घाईतेहरुको बाग्लुङ अस्पतालमा उपचार भईरहैको

व्यापारिक क्षेत्रमा ‘बाबा’ आतंक

देशका ठूला व्यापारीहरूलाई मलेसियाको नम्बरबाट फोन गरेर करोडौं रुपैयाँ माग्ने र नदिए ‘उडाईदिने’ धम्की आउन थालेपछि व्यापारिक क्षेत्रमा आतंक मच्चिएको छ । यसरी फोन गर्ने व्यक्तिले आफूलाई बाबा भनेर चिनाउने, धेरैजसो हिन्दीमा कुरा गर्ने र समयमै रकम नदिए जमिम शाहको जस्तै हालत हुने धम्की दिने गरेको नाम नबताउने सर्तमा व्यापारीहरूले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका अधिकांश कार्यसमितिका सदस्यहरूलाई यस्तो फोन आइसकेको र यस्तो फोन प्राप्त गर्ने व्यापारीको संख्या २६ पुगेको पनि स्रोतले कारोबारलाई बताएको छ । यो समस्यालाई कसरी समाधान गर्ने भन्ने विषयमा व्यापारीहरूबीच सधैं कोठेबैठक हुने गरेको छ । बाबाले व्यापारी हेरिकन १ करोडदेखि १० करोडसम्म माग गर्ने र धेरै लामो कुरा नगरी ज्यान मारिदिनेजस्ता धम्की दिने गरेको एक भुक्तभोगी व्यापारीले बताए । बाबाले व्यापारीलाई गरेको कुनै फोन नम्बर कलर आईडीमा नदेखिने र कुनै फोनको नम्बर भने मलेसियाको हुने गरेको ती भुक्तभोगीले बताएका छन् । तर बाबामात्रै नभएर अरू आपराधिक समूह पनि धम्की दिएर पैसा असुल गर्ने खेल