Skip to main content

पाका तथा सर्बोच्च नेताको निधन- मनमोहनसिंह, यस्तो छ बिश्वसमुदायको प्रतिक्रिया


 भूतपूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निधनप्रति भारतीय प्रधानमन्त्री मनमोहनसिंहका साथै बिश्वसमुदायले गहिरो दुख प्रकट गरेका छन् । 
भारतीय प्रधानमन्त्री मनमोहन सिंहले नेपालका सर्वोच्च तथा दक्षिण एशियाका पाका नेता गिरिजाप्रसाद कोइरालाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
शनिबार प्रधानमन्त्री सिंहले कोइरालाकी छोरी सुजाता कोइरालाको  नाममा  समवेदना संदेश पठाउँदै कोइरालाको निधनले आफू स्तब्ध भएको उल्लेख गरेका छन् । संदेशमा उनले भनेका छन्'कोइराला नेपालको सर्वोच्च तथा दक्षिण एशियाका वरिष्ठ  नेता मध्ये एक थिए । उनले आफ्नो सम्पूर्ण जिवन राजनीतिमा विताएका थिए ।'सिंहले कोइरालाको निधनले एक युगको अन्त्य भएको बताएका छन् । कोइरालाको ज्ञान र वुद्धिले नेपालको राजनीतिलाई सहिमार्गमा दोर्‍याएकोसमेत सिंहले उल्लेख गरेका छन् ।
सिंहले कोइराला प्रजातन्त्र स्थापनाको लागि आजिवन संघर्ष गरेको उल्लेख गर्दै प्रजातन्त्र पूर्नबहालीपछिको  पहिलो जननिर्वाचित प्रधानमन्त्री भएको बताएका छन् । साथै सिंहले कोइरालाको सल्लाहले दुई देशबीचको सम्बन्धमा मात्र नभई दक्षिण एशियाको सम्बन्ध सुधार भएको उल्लेख गरे।

शान्ति प्रक्रिया र संविधान निर्माणलाई टुंगोमा पुर्‍याउन सके कोइरालाप्रति सच्चा श्रद्धान्जलीः अनमिन 
नेपालस्थित संयुक्त राष्ट्रसंघीय उच्चायुक्त प्रमुख करिन लनग्रेनले लोकतान्त्रिक नेपालको अद्धितीय एवं साहसी पहरेदार गिरिजाप्रसादप्रसाद कोइराला निधनले अनमिन स्तव्ध भएको बताएकी छन् ।
शनिबार  संवेदना संन्देश जारी गर्दै लनग्रेनले कोइरालाको निधनले नेपालमा कार्यरत अनमिन टोली शोकमा डुवेको उल्लेख गरेकी छन् । साथै कोइरालाको शान्ति प्रक्रियाप्रतिको प्रतिवद्धतालाई आत्मसात गरी शान्ति प्रक्रिया र संविधान निर्माणलाई टुंगोमा पुर्‍याउन सके कोइरालाप्रति सच्चा श्रद्धान्जली हुने बताएकी छिन् ।

प्रजातन्त्र र शान्तिका लागि संघर्षरत नेताः अमेरिका
अमेरिकी दूतावासले जीवनभरी प्रजातन्त्र र शान्तिको लागि संघर्षरत नेता रहेको उल्लेख गर्दै स्व. कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
शनिबार दिउँसो बिज्ञप्ति जारी गरी अमेरिकी जनताको तर्फबाट कोइरालाको निधनमा सम्बेदना व्यक्त गर्दै नेपाली जनताप्रति एक्यबद्धता जनाएको हो ।
दश बर्षे क्रुर गृहयुद्धको अन्त्य र शान्ति स्थापनाको आधार तयार गर्न कोइरालाले नेतृत्वदायी भुमिका खेलेको पनि अमेरिकाले उल्लेख गरेको  छ ।
'कोइरालाप्रति साँचो सम्मान शान्ति प्रकृयालाई तिब्रता दिनु र नयाँ संविधानका लागि जतिसक्दो चाँडो काम गर्नुहुनेछ'उसले भनेको छ ।

Comments

Popular posts from this blog

आरक्षणको हचुवा निर्णय

(सम्पादकिय कान्तिपुर दैनिक) राष्ट्रपति रामवरण यादवले अध्यादेश जारी गर्दैनन् भन्ने थाहा हुँदाहुँदै प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको कामचलाउ सरकारले सम्पूर्ण सरकारी सेवामा आरक्षणको प्रतिशत बढाउने अध्यादेश जारी गर्न सिफारिस गरेको छ । सरकारले यसअघि सिफारिस गरेका १० वटा अध्यादेश र संवैधानिक निकायमा रिक्त पदमा संसदीय सुनुवाइबिना नै नियुक्ति गर्ने व्यवस्था गर्न बाधा अड्काउ फुकाउको आदेश राष्ट्रपतिले जारी नगरी थाँती राखेका छन् । लोकतान्त्रिक मुलुकहरूमा कामचलाउ सरकारले दैनिक प्रशासन चलाउने र निर्वाचन गर्ने प्रयोजनका लागि अत्यावश्यकबाहेक अरू अध्यादेश जारी गर्न नपाउने विश्वव्यापी प्रचलन छ । तर, मन्त्रिपरिषद्ले आफू संवैधानिक रूपमा कामचलाउ सरकार हो भन्ने यथार्थलाई बेवास्ता गरी मुलुकमा दीर्घकालीन प्रभाव पार्ने एकपछि अर्को अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्दै आएको छ । विश्वव्यापी प्रचलन र अन्तरिम संविधानको संरक्षकका नाताले राष्ट्रपतिले सरकारद्वारा सिफारिस गरिएका कुनै पनि अध्यादेश जारी नगरी थाँती राखेको बताइएको छ । यो यथार्थ बुझ्दाबुझ्दै पुनः अध्यादेश जारी गर्न सिफारिस गरेपछि ...

Happy Dashain

HAPPY BIJAYADASHAMI AND DIPAWALI TO U AND YOUR FAMILY

HAPPY NEW YEAR "2068"

  New year is the time to unfold  new horizons  and realize new dreams, to rediscover the strength and faith within you rejoice in simple pleasure and gear up for the new challenges.  WISING YOU ALL VERY FULFILLING NEW YEAR 2068.