Skip to main content

राष्ट्रले एकजना अनुभवी अभिभावक गुमाएको छ

नेपाली राजनीतिका महानायक गिरिजाप्रसाद कोइरालाको अवसानबाट राष्ट्रले एकजना अनुभवी अभिभावक गुमाएको छ । कोइराला पदीय दृष्टिले कांग्रेस पार्टीको सभापति थिए तर यथार्थमा केही वर्षयता पार्टी विशेषभन्दा माथि उठेका राजनेता भइसकेका थिए । आफैंमा एउटा संस्थाजस्तो बनिसकेका थिए । समसामयिक नेपाली राजनीतिमा उनको जस्तो अग्लो छवि कसैको छैन । यस अर्थमा कोइरालाको निधनले एक किसिमको राजनीतिक रिक्तता उत्पन्न गराएको छ । मुलुक सामान्य अवस्थामा नरहेको र राज्य पुनर्संरचनाको संक्रमणबाट गुजि्ररहेका कारण कोइरालाजस्ता सबैलाई स्वीकार्य समन्वयकारी नेताको अभाव निकट भविष्यमै खटकिनेछ । किनभने उनको अगुवाइमा थालिएको शान्ति प्रक्रिया टुंगोमा पुगिसकेको छैन, बरु खल्बलिन थालेको छ । नयाँ संविधान लेखिएको छैन, समग्र राज्य सञ्चालन अन्तरिम विधिबाट भइरहेको छ । सबैखालको अतिवादलाई तटस्थीकरण गरिआएका कोइरालाको अनुपस्थितिमा राजनीति असन्तुलन र अराजकतातर्फ होमिनसक्ने जोखिम पनि छ । मुलुकलाई त्यसबाट जोगाउँदै सहमतीय स्थिरतातर्फ लैजानुपर्ने दायित्व अब अन्य शीर्षस्थ नेताहरूको जिम्मामा आएको छ ।



के नेपाली नेताहरूले मुलुकलाई कोइरालाको रिक्ततासँगै उत्पन्न हुनसक्ने दुष्परिणामबाट जोगाउन सक्छन् ? यस्ता आम आशंकाले नेपाली राजनीतिमा कोइरालाको महत्त्व कुन स्तरमा रहेछ भन्ने दर्शाउँछ । उनलाई कुनै विशिष्ट क्षमता वा अस्वाभाविक अध्ययनले होइन, छ दशकभन्दा लामो राजनीतिक निरन्तरता, प्रतिबद्धता र अनुभवले शीर्ष स्थानमा पुर्‍याएको हो । अन्तिम अवस्थासम्म विश्राम लिन्न भन्ने आफ्नो भनाइ चरितार्थ गर्दै उनले अन्तिम घडीसम्म दुई/दुईवटा जिम्मेवारी सम्हालेका थिए । पार्टी सभापति र उच्चस्तरीय राजनीतिक संयन्त्र प्रमुखका हैसियतमा उनको सक्रिय प्रभाव शनिबारसम्मै महसुस भइरह्यो । अब मुलुकले अनेक युग देखेका, अनेक परिवर्तनको अगुवाइ गरेका र ऐतिहासिक विरासत बोकेका एकमात्र राजनेतालाई गुमाएको छ । २००७ साल आसपासबाट राजनीति थालेका र पञ्चायतलाई सुरुबाटै भोगेका नेताहरूको एउटा पुस्ताकै अन्त्य भएको छ ।

राणा शासनको छेउछाउबाट राजनीतिमा होमिएका गिरिजाप्रसाद कोइरालाको नेतृत्वदायी भूमिका पञ्चायतको उत्तरार्धबाट बढी मुखरित भएको हो । २०४६ सालको परिवर्तनपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेपछि उनी शीर्षस्थ तहमा उक्लिए । सुरुमा उनको शैली निकै आक्रामक थियो । सरकार सम्हाल्नासाथ उनी प्रतिपक्षी एमालेसँग टकरावमा उत्रिए । माओवादीले विद्रोह थालेपछि प्रहरी दमन गरे । सेना परिचालन गर्न खोज्दा तत्कालीन राजतन्त्रले रोकेपछि दरबारसँग उनको मतभेद बढ्यो । अनि माओवादी विद्रोहको सैन्य समाधान नरहेको निष्कर्ष निकाली राजनीतिक वार्तामा लागे । २०४७ सालसम्म ँमाले, मसाले, मण्डले एकै हुन्’ भन्ने उनको कम्युनिस्टविरोधी छवि क्रमशः परिवर्तन हुँदै गयो भने अर्कातिर २०५९ असोज १८ र २०६१ माघ १९ का प्रतिगमनकारी कदमपछि उनले राजतन्त्रविरोधी मोर्चाको खुलेरै अगुवाइ गरे । तर हठात परिवर्तन -रिभोल्युसन) होइन, क्रमिक परिवर्तन -इभोल्युसन) को बाटो अपनाए । ँरिभोल्युसन’ को नारा दिने माओवादीलाई ँइभोल्युसनरी’ मार्गमा ल्याए । गणतन्त्र घोषणा नहँुदासम्म राजतन्त्रलाई ँमाइनर किङ,’ ँसेरेमोनियल किङ’ वा त्यस्तै कुनै रूपमा राख्न सकिने आशयका अभिव्यक्ति दिइरहे । अन्ततः रक्तपातहीन ढंगले शाहवंशीय राजतन्त्रको अन्त्य आफैंले गराए । कोइराला अगुवाइको मौलिक शैलीका कारण त्यो असामान्य परिवर्तन सामान्य ढंगबाट हुन सकेको थियो । त्यसले छुट्टै अन्तर्राष्ट्रिय दृष्टान्तमात्र कायम गरेन, कोइरालाको अन्तर्राष्ट्रिय उचाइ एवं महत्त्वलाई पनि बढायो ।

राजतन्त्र अन्त्यपछि कार्यवाहक राष्ट्रप्रमुखको जिम्मेवारी सम्हाल्दा अन्तर्राष्ट्रिय समुदायले उनैलाई भरपर्दो शक्तिकेन्द्रका रूपमा मान्यो । पूर्वअमेरिकी राष्ट्रपति जिम्मी कार्टरले कोइरालालाई आफ्नो नायक बनाए, भारतीय प्रधानमन्त्री मनमोहन सिंहले एसियाकै महान नेताको विशेषण दिए, भर्खरै राष्ट्रसंघीय उपमहासचिव वी लेन पास्कोले शान्ति प्रक्रियाका प्रणेताको उपाधि दोहोर्‍याए । वास्तवमा अहिले विश्वले मानेको एकमात्र नेपाली नेता उनै हुन्, जुन हैसियत अरू नेपाली नेताले बनाइसकेका छैनन् । त्यसैले कोइरालाको अवसानले अन्तर्राष्ट्रिय समुदायलाई पनि एकखाले रिक्तता महसुस गराउने छ ।

कोइरालाको पछिल्लो उचाइ निर्माणमा उनको पछिल्लो योगदान जोडिएको

छ । शाही अधिनायकवादलाई परास्त गर्न र माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सकेको मात्र होइन, उनकै अगुवाइमा दोस्रो जनआन्दोलन, संविधानसभा निर्वाचन र गणतन्त्रको घोषणा सम्भव भएको हो । तर संविधान निर्माण र शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने काम नसकिँदै उनी हामीबाट बिदा भएका छन्, जुनबेला राजनीतिक दलहरू तीव्र ध्रुवीकरणबाट गुजि्ररहेका छन् । आपसमा अविश्वास चर्केको छ । संविधान समयमा नलेखिने निश्चितप्रायः भएको छ । र, यो सबै प्रक्रियालाई डोर्‍याउन सक्ने व्यक्तित्वको अवसान भएको छ ।

वास्तवमा जुन दिनदेखि कोइराला शान्ति र संविधानको नेतृत्वदायी भूमिकाबाट हटे, त्यहींदेखि समग्र प्रक्रिया बिथोलिन थालेको हो । यसको मुख्य जिम्मेवार माओवादी हुन्, जसले संविधानसभा निर्वाचन जितेको जोसमा कोइरालालाई कुनै हालतमा राष्ट्रपति बन्न नदिने अडान लिए । दोस्रो मुख्य दल कांग्रेससँग

दूरी बढाउने माओवादीको त्यो कदमले सहमतीय राजनीतिलाई नराम्रोसँग बिथोल्यो । शान्ति अभियानका नायकको हैसियत कमजोर बन्दै गयो । त्यससँगै खस्किएको स्वास्थ्यले उनको सक्रियता र पहुँच पनि घटायो । पारिवारिक कमजोरीसँग सम्बन्धित आफ्नै कतिपय कदमले पार्टीभित्रै पनि उनको प्रभाव घट्यो । यद्यपि कोइरालाको सक्रियता वा पार्टी प्रभावकारिता घटे पनि उनको उपस्थितिमात्रले पनि राष्ट्रिय राजनीतिमा एउटा सन्तुलन कायम गरेको थियो । सहमतीय राजनीति बिथोलिए पनि कुनै राजनीतिक दुर्घटना भएको थिएन । नेपाली राजनीतिको मियोका रूपमा रहेका कोइरालाको अनुपस्थितिसँगै अतिवाद र असन्तुलनको जोखिम बढेको छ । यस सन्दर्भमा कोइरालाले प्रधानमन्त्री माधवकुमार नेपाललाई भनेको अन्तिम वाक्य ँराष्ट्रिय सहमति गरेर अगाडि बढ्नुस्’ सबैका निम्ति उनको अन्तिम सन्देश पनि हो । सबै सरोकारवालाले यसैलाई मूलमन्त्र बनाउनु कोइरालाप्रति साँचो अर्थमा श्रद्धाञ्जली हुनेछ ।



विशेष सम्पादकीय

Comments

Post a Comment

Comment us and help for make it better!!

Popular posts from this blog

राष्टिय गितहरु डाउनलोड गर्नुहोस ।

For Download Click on Songs Title. Download will start automatically. Gaucha Geet Nepali Jyoti ko Pankha Uchali Jaaga Lamka Chamka hai naujawan ho Paschim koi purba Ghar Ma Jhukdai Na jhukne Nepal ko Choro

Happy Dashain

HAPPY BIJAYADASHAMI AND DIPAWALI TO U AND YOUR FAMILY