Skip to main content

महानायकको इतिहास र संघर्षमय राजनैतिक जीवन

विक्रम सम्वत १९८१ असार १८ मा भारतमा जन्मनु भएका लोकतान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व गिरिजाप्रसाद कोइराला प्रजातन्त्रको आन्दोलनमा आफ्ना दाजु एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला संगै सहभागी हुनु भएको थियो ।

राणा प्रधानमन्त्री चन्द्रशमशेरले पिता कृष्णप्रसाद कोइरालालाई राजद्रोहको मुद लगाइ सर्वस्वहरण सहित देश निकाला गरेपछि ४५ जना सदस्य सहित कोइराला परिवार भारतको वनारस निर्वासनमा रहेकै बेला बिहार राज्यको सहर्षा जिल्लाको टेडीमा उहाँको जन्म भएको थियो । 

गिरिजाप्रसाद कोइराला गर्भमा रहेका बेला उहाँको माता पिता गिरिजादेबिको मन्दिरमा जाने गर्नुहुन्थ्यो । त्यसै शिलशिलामा  उहाँहरुले  जन्मने सन्तानको  नाम गिरीजा प्रसाद या गिरीजा देवी राख्ने निणर्य गरे अनुसार उहाँको नाम गिरिजाप्रसाद कोइराला राखिएको थियो ।

नेपालको इतिहासमै पाँच पटकसम्म प्रधानमन्त्री हुनुभएका एकमात्र व्यक्तित्व गिरिजाप्रसाद कोइरालाकै प्रधानमन्त्रीत्वकालमा नेपालमा २०६५ जेठ १५ गते गणतन्त्र घोषणा गरिएको थियो । 

उहाँ २०४६ को पहिलो जनआन्दोलनको सफलता पश्चात २०४८ साल जेठ १२ गते पहिलोपटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि २०५१ मंसीर १४ गतेसम्म प्रधानमन्त्रीको पदमा रहनुभएको थियो । यस्तै उहाँ दोश्रो पटक २०५५ साल वैशाख २ गतेदेखि २०५६ साल जेठ १७ गतेसम्म प्रधानमन्त्री पदमा रहनुभयो ।

तेश्रो पटक २०५६ चैत्र ९ गते देखि २०५८ श्रावण ११ गतेसम्म प्रधानमन्त्री पदमा रहेर शासन सम्हाल्नुभएका कोइरालाले दोश्रो जनआन्दोलनको सफलता पछि पनि प्रधानमन्त्रीको रुपमा सत्ता सम्हाल्नुभएको थियो । 

जनआन्दोलनको सफलता पछि २०६३ वैशाख १२ देखि २०६५ जेठ १५ गतेसम्म प्रधानमन्त्री र कार्यवहाक राष्ट्रप्रमुखको समेत जिम्मेवारी सम्हालेका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकै कार्यकालमा नेपाल पहिलोपटक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा रुपान्तरण भएको थियो ।

देशमा पहिलोपटक गणतन्त्र घेाषणा पश्चात जेठ १५ पछि भाद्र २ गते २०६५ सालसम्म उहाँले पाँचौं पटक प्रधानमन्त्रीको रुपमा देशको शासन सम्हाल्नुभएको थियो ।

तत्पश्चात् सकि्रय शासनसत्ताबाट राजनीतिक विश्राम लिएपनि देशको राजनीतिको एक महत्वपूर्ण केन्द्र बनेर रहेको कोइरालाको शनिबार असामयिक निधन भयो  । पिता कृष्णप्रसाद कोइरालाकै प्रेरणाबाट राणाशासन विरोधी भावना जन्मिएको गिरिजाप्रसाद कोइराला २३ वर्षको उमेरेदेखि नै आन्दोलनको नेतृत्व गर्ने तहमा पुग्नुभएको थियो । 

निरंकुश राणा शासन विरुद्ध समेत सकि्रय रहेर राजनीतिक जीवन सुरु गरेका  कोइरालाले २३ वर्षको उमेरमा नै बिराटनगर जुटमिलमा चर्किएको आन्दोलनको नेतृत्व गर्नुभएको थियो । उहाँले २००३ सालमा जुटमिलमा काम गर्नुभएको थियो ।

२००८ सालमा पत्नी सुष्मासँग बिवाह बन्धनमा बाधिएका कोइरालाले २०२४ सालमा पत्नी वियोग व्यहोर्नुपरेको थियो । 

२०१२ सालमा वीरगाजमा भएको महाधिवेशनबाट काँग्रेसको सभापतिमा सुवर्ण शमशेर सभापतिमा निर्वाचित भएका थिए भने गणेशमान सिँहले पराजय भोग्नुपर् यो । त्यसबेला गिरिजाप्रसाद कोइराला भने मोरङ जिल्ला सभापतिमा निर्वाचित हुनुभएको थियो ।

२०१७ सालमा पाचायती व्यवस्थाको सुत्रपात पछि पक्राउ परी सात वर्षसम्म जेल जीवन बिताएका कोइरालाले राजतन्त्रको विरोध गर्दै २०२४ सालमा २१ दिनसम्म भोकहडताल गर्नुभएको थियो । 

जेलबाट छुटेपछि भारत पुग्नुभएका कोइराला ११ वर्षपछि दाजु बीपी कोइरालासंगै मेलमिलापको नीति लिएर नेपाल फर्कनुभयो । 

२०२७ सालदेखि २०४७ सम्म गिरिजाप्रसाद कोइराला पार्टीका महामन्त्री बन्नुभएको थियो ।

२०३९ साल साउन ६ गते बीपी कोइरालाको निधन पछि नेपाली काँग्रेस पार्टी गिरिजाप्रसाद कोइरालासहित गणेशमान िसंह र कृष्णप्रसाद भट्टराईको सामुहिक नेतृत्वबाट अगाडि बढ्ेको थियो । २०४८ सालको  चुनावपछि जेठ १६ गते बनेको सरकारमा तत्कालिन महामन्त्री गिरिजाप्रसाद कोइराला नै प्रधानमन्त्री हुनुभयो । 

त्यसपछि २०५३ साल बैसाख २९ गते काठमाडौंमा सम्पन्न कांग्रेसको नवौं महाधिवेशनबाट सभापतिमा गिरिजाप्रसाद कोइराला निर्वाचित हुनुभयो । 
२०५७ साल माघ ९ गते कांग्रेसको दशौं महाधिवेशन कास्कीको पोखरामा सम्पन्न भयो । यो महाधिवेशनबाट गिरिजाप्रसाद कोइराला पुन पार्टी सभापतिमा निर्वाचित हुनुभयो । 

२०६२ साल भदौ १४ गतेदेखि १७ गतेसम्म ललितपूरमा सम्पन्न एघारौं अधिवेशनमा पनि गिरिजाप्रसाद कोइराला सभापतिमा पुन निर्वाचित हुनुभयो र असामयिक निधन हुन अघि सम्म पनि नेपाली काँग्रेसलाई अभिभावकत्व प्रदान गरिरहनुभयो ।

Comments

Popular posts from this blog

राष्टिय गितहरु डाउनलोड गर्नुहोस ।

For Download Click on Songs Title. Download will start automatically. Gaucha Geet Nepali Jyoti ko Pankha Uchali Jaaga Lamka Chamka hai naujawan ho Paschim koi purba Ghar Ma Jhukdai Na jhukne Nepal ko Choro

Happy Dashain

HAPPY BIJAYADASHAMI AND DIPAWALI TO U AND YOUR FAMILY