Posts

नेपालको निजामती प्रशासनको दशा र दिशा

Image
लीलामणि पौड्याल नेपालको निजामती प्रशासन अत्यधिक राजनीतिकरणबाट ग्रस्त र गम्भीर रूपले विभाजित मानसिकताबाट गुजि्ररहेको छ । अहिलेको नेपालको निजामती प्रशासन जनजातिको र बाहुन वा क्षेत्रीको , पूर्वेली र पश्चिमेलीको , पहाडेको र मधेशीको , दलित र गैरदलितको नाममा टुक्रे र खण्डित हुँदैछ ।   यो माओवादी , काङ्ग्रेसी , एमाले , मधेशी , राप्रपा , वा अन्य कुनै राजनीतिक दलको नाममा पनि विभाजित छ । एकीकृत हुनुको पहिचान गुमाएर निजामती प्रशासन टुक्रे पहिचानको खोजीमा छ । यस सेवामा कार्यरतहरू आफूलाई निजामती सेवाको हुनुमा होइन त्यहाँ भित्रको कुनै टुकुडीको खाँटी सदस्य हुनुमा गर्व गर्छन् । यसलाई परिचालन गर्ने राजनैतिक नेतृत्व पनि त्यसरी टुत्र \m याइएको समूहभित्र आ ˆ नो वर्चस्व विस्तारमा तल्लीन छन् । कसैलाई मन परे पनि नपरे पनि अहिलेको नाङ्गो यथार्थ यही हो । पदार्थ वा वस्तुलाई स-सानो एकाइमा विभाजन गरिदियो भने पदार्थ त नासिँदैन तर त्यसको स्वरूप वा अस्तित्वको आभास मान्छेलाई हुँदैन । जब हामी पदार्थका स-साना टुक्रालाई गुच्छा जस्तो खेलाउन , भकुण्डोको रहर मेटाउन चाहन्छौं वा आफूखुसी तोड्नमोड्न चाहन्छौं त्यसको भौत...

'त्यसबेला बहुमतले कारबाही गर्ने कुरा आउँछ'

Image
  अन्तरवार्ता  Source: ekantipur माओवादी अध्यक्ष पुष्पकमल दाहालका सामु अहिले पार्टीको विवाद मिलाउने, शान्ति प्रक्रियालाई टुंग्याउने र संविधान निर्माणको कामलाई गति दिने मुख्य जिम्मेवारी छ । यसलाई उनी कसरी अगाडि बढाउँदै छन् ? दाहालसँग आइतबार बिहान कान्तिपुरका सुधीर शर्मा र गंगा बीसीले नयाँबजार निवासमा लिएको अन्तरवार्ताको सम्पादित अंश: के अब माओवादी पार्टी फुट्ने चरणमा पुगेको हो ? होइन, पार्टी फुट्दैन । कतिपय सन्दर्भमा बहस अस्वाभाविक देखिएको छ, तर पार्टी फुट्दैन । तपाईंहरूको मोहन वैद्य पक्षसँग आधारभूत विषयमै कुरा नमिलेको देखिन्छ, यस्तो अवस्थामा पार्टी कसरी एक रहन्छ ? शान्ति र संविधानमा बढी जोड दिएर जाने कि अरू नै विषयमा जोड दिने भन्ने बहस -हामीबीच) छ । तात्कालिक विषयमा छलफल गर्दै जाँदा सिद्धान्त, रणनीतिका विषय पनि आकषिर्त भएका छन् । त्यति मात्रै हो । आधारभूत रूपमै फरक परिसक्यो भन्ने होइन ।

लोक सेवा आयोगको योग्यता प्रणाली

  कमल ज्ञवाली आयोगले खुला/आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षालाई व्यवस्थित र विवादरहित बनाउन विगतमा अनेकौं प्रयास गर्दै आएको छ तर यस्ता प्रयास योग्यता प्रणालीको संरक्षण र संवर्द्धनका लागि यथेष्ट थिएनन् पाँडे पजनीदेखि पार्टी पजनीसम्मको इतिहास बोकेको नेपालको कर्मचारीतन्त्रमा अनेकौँ आरोह अवरोह देखापर्दै आएका छन् । स्थायी सरकारको रूपमा कर्मचारीतन्त्रलाई स्थापित गरी निष्पक्ष , सक्षम तथा योग्यता प्रणालीमा आधारित बनाउन राणाशासनको अन्त्य भएको लगत्तै लोकसेवा आयोगको स्थापना भएको हो । आयोगको स्थापनापछि क्रमशः सुधारका पाइलाहरू अगाडि बढाउँदै लैजाँदा कर्मचारीतन्त्रबाट निजामती सेवाको स्वरूप धारण गर्न खेलेको ऐतिहासिक भूमिकाले नै हालसम्म यसले जनविश्वास प्राप्त गर्न सकेको छ । निजामती सेवाको संस्थागत विकास हुन सकोस् भनी २००८ सालदेखि हालसम्म जारी भएका प्रत्येक संविधानले आयोगलाई पर्याप्त अधिकार र कर्तव्य दिएर बलियो पार्ने प्रयास गरेका छन् । योग्यता प्रणाली निजामती सेवाको लागि अनिवार्य सर्त हो । योग्यता प्रणालीको प्रत्यक्ष सम्बन्ध पदपूर्ति गर्ने तरिकासँग हुन्छ । यस्तो पदपूर्ति नेपालको सन...

गजलका सामान्य सिद्धानतहरु

-देवी नेपाल, सुरेश सुवेदी, घनेन्द्र ओझा   भाग-१-गजल सिद्धान्तहरु नेपालका प्रथम गजलकारहरु मोतिराम भट्ट र शम्भु प्रसाद ढुङ्गेल लाई हार्दिक श्रद्दन्जलि ब्यक्त गर्दछु । बर्तमान विश्व साहित्यमा लोकप्रियताको सिखर चढ्न सफल गजल विधा आफैमा एक उत्कृष्ट साहित्य विधा हो । गजल अरविमा जन्मिएर उर्दु फारसिमा विकास विस्तार र उत्कृष्टता हाँसिल गरेको गेय विधा हो । गजल फारसि सब्द हो जसको अर्थ हुन्छ प्रेमिका संग कुराकानी वा प्रणय वार्ता तर ब्यवहारमा धेरै अगाडि देखिनै प्रेमि वा प्रेमिकासंगको वार्तामा मात्र सिमित छैन ।गजल लेख्न सामान्यतया काफिया, रदिफ, मतला, शेर आदिको जानकारि हुनु आवस्यक छ । जसको एक पंत्ति लाई “मिसरा” भनिन्छ । दुई ओटा मिसरा मिलेर एक सेर बन्छ । सेरको माथिल्लो पंत्तिलाई “मिसरा ए उला” र तल्लो पंत्ति लाई “मिसरा ए सानि” भनिन्छ । जसको दुबै सेरहरु अनुप्रास युत्त हुन्छन् । गजलमा एक भन्दा वढि मत्लाको प्रयोग हुनसक्छ यस्तो गजलमा प्रथम मत्लालाई “मत्ला ए उला” र त्यसपछिको लाई “मत्ला ए सानि” भनिन्न । त्यसपछिका शेरहरुमा “मिसरा ए उला” स्वतन्त्र हुन्छ भने तल्लो मिसरा मत्लाका मिसराह...

गजल

Image
Raazin Shrestha नसोध म कुन यथार्थमा ढलेर पिउँदैछु, आफ्नै आँखा आफैसँग छलेर पिउँदैछु, छैन भन्छ्यौ माया, बिंर्सदै त्यो अतीत, तर तिम्रो मायाको नशाले गलेर पिउँदैछु, तड़पिदै छु पल-पल, तिम्रै मायामा हर पल, जलायौ तिमीले मलाई! हो म जलेर पिउँदैछु, मायाको ज्योति जगाउन दियो बालेथें मैले, घरै जलायो त्यसले, त्यसैमा बलेर पिउँदैछु  आफ्नै आँखा आफैसँग छलेर पिउँदैछु,  जलायौ तिमीले मलाई! हो म जलेर पिउँदैछु, 

5 ways Not to Ruin your Life on Facebook

Image
 5 ways Not to Ruin your Life on Facebook!             The increasingly important role of social networking in our lives is pretty undeniable. Sites like Twitter, MySpace and Facebook continue to change the way people in our culture relate and communicate with one another -- and this is happening largely because these sites are incredibly convenient, immediate and fun. Yet there can also be downsides to social networking, and these can land you in hot water. Follow these tips to avoid ruining your life this holiday season!   Follow these tips to avoid ruining your holiday life If you're going to post photos, know what not to share Let's say you really let your hair down at the office Christmas party and share a friendly hug, or an innocent kiss, with a boss or co-worker while a friend snaps a quick pic with her phone. Well? Just take a moment to consider how this migh...

साहित्य-मुक्तक र गजल

Image
Rajendra Shrestha मुक्तक प्रेम नसा होइन प्रत्येक क्षण पिइरहन्छ मनमा लागे हजार चोट प्रत्येक क्षण सिइरहन्छु जिन्दगीको तपस्यामा दिव्य वर पाएपछि मृत्युञ्जली भएर म प्रत्येक क्षण जिइरहन्छु । गजल फोक्कडको जिन्दगी चुरोटले पोल्छु अचेल । धुँवाको नशामा तिम्रो याद घोल्छु अचेल । समयको गतिसँगै मन एकोहोरो भएपछी, तारा गन्दै रातमा शुन्यसँग बोल्छु अचेल । भित्री पीडा जिन्दगीको काव्यपान काँहा हो र तैपनी व्यथा सबै गजलभित्र खोल्छु अचेल । पलपल श्वास फेर्न चुरोटनै चाहिएपछी, गर्वसाथ आफुलाई रु पाँच मोल्छु अचेल ।