Skip to main content

आगलागीमा श्रीमान्-श्रीमतीसहित तीनको मृत्यु

रसुवाको यार्सा गाविसमा मंगलबार राति आगलागी हुँदा श्रीमान्-श्रीमतीको मृत्यु भएको छ ।
आगलागीमा यार्सा- १ का ८० वर्षिय लक्षिण ग्याल्बो घले र उनकी ७५ वर्षिय श्रीमती रेञ्जिनाको जलेर मृत्यु भएको रसुवाका प्रहरी नायब उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए । 'आगलागी नियन्त्रणमा आएपछि गाउँले सोधखोज गर्दा श्रीमान्-श्रीमतीको शव नै नचिनिने अवस्थामा फेला पर्‍यो,' रानाले कान्तिपुरसित भने ।
आगलागीमा अन्य तीन घर जलेर खरानी भएका छन् । परिवार सुतिरहेका बेलामा लक्षिण ग्याल्बो घलेको घरबाट सल्किएको आगो स्थानीयवासीले नियन्त्रणमा लिएका थिए ।
यसैबीच रसुवा सदरमुकाम धुन्चेमा मंगलबार राति आगलागी हुँदा एक जनाको मृत्यु हुनुका साथै पाँच घर जलेको छ । मंगलबार साढे आठबजे आगलागी हुदाँ धुन्चे - ८ का ३९ वर्षिय नुर्पुछिरिङ तामाङ आफ्नै घरभित्र जलेर मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले बताए । नुर्पुछिरिङ जिविसका कर्मचारी हुन् ।
आगो मृतक नुर्पुछिरिङ घरबाट सल्केको थियो । उनको घरमा खुल्ला रहेको ग्याँस सिलिण्डर छेउमा उनले चुरोट सल्काउन लाग्दा आगलागी भएको स्थानीयले बताए । आगो बुधबार बिहान नियन्त्रण आएको प्रहरीले जनाएको छ । आगलागीमा नुपुछिरिङ, मृतकका दाइ टाईछिरिङ, पेम्वाताल्साङ तामाङका घर जलेका छन् भने विजय लामा र लामासाम्दने घलेको घर जोडिएकोले आगो भेटेको थियो ।
पाँचै घरको करिब ७० लाख रुपैयाँ क्षतिभएको डिएसपी ओमबहादुर रानाले बताए । सेना,जनपद प्रहरी र स्थानीयवासिन्दाले राति १० बजे नुर्पुछिरिङको शव ओगाबाट बाहिर निकालेका थिए । आगोले मृतकका १७ वषिर्य छोरी अस्मिता तामाङ सामान्य घाइते भएकी छन् । शव निकाल्ने क्रममा सशस्त्रका चार जवान आगोमा परी घाइते भएको सशस्त्रका डिएसपी लीला श्रेष्ठले बताए ।
                                                Sources:- ekantipur.com

Comments

Popular posts from this blog

राष्टिय गितहरु डाउनलोड गर्नुहोस ।

For Download Click on Songs Title. Download will start automatically. Gaucha Geet Nepali Jyoti ko Pankha Uchali Jaaga Lamka Chamka hai naujawan ho Paschim koi purba Ghar Ma Jhukdai Na jhukne Nepal ko Choro

Happy Dashain

HAPPY BIJAYADASHAMI AND DIPAWALI TO U AND YOUR FAMILY