घरहरू ढलेका छन्, मनहरू ढलेका छैनन् लीलामणि पौडेल , मुख्यसचिव भूकम्पले क्षति पुर्याएका स्थानमा विभिन्न राहत सामग्री लिएर अथवा स्वयंसेवी अभियान लिएर युवाहरू पुगेका छन् । देश र समाजप्रति समर्पण र सहयोगी भावना देखिएका छन् । युवामा आएको यो जागरणले हामी सबैलाई अलिकति आशावादी हुन् प्रेरित गरेको छ । घरहरू ढलेका छन्, मनहरू ढलेका छैनन् भन्ने ब्यानर्स पनि देखिएका छन् । दुःखमा परेका नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई हामी छौं भन्ने आड र भरोसा युवाले नै दिए । देश र देशबाहिर रहेका नेपाली युवायुवतीले सहयोगी हात बढाए । विदेशमा रहेका नेपाली युवा पनि आएर स्वतस्फूर्त रुपमा गाउँगाउँ पुगेका छन्, यही नै हाम्रो सबैभन्दा ठूलो पुँजी हो, सम्पत्ति हो ।