Posts

परिवर्तनको प्रारम्भ आफैंबाट

हामीले काम गर्न सिकाएनौं , गाली गर्न सिकायौं । भाग्यमा भरोसा गर्न सिकायौं अथवा कसैलाई देवत्वकरण गरेर आफ्नो भविष्य उसका हातमा सुम्पने प्रवृत्तिको विकास गर्‍यौं । यो सामन्ती समाजको चरित्र हो । यसबाट समाज रूपान्तरण सम्भव छैन । लीलामणि पौड्याल हामीकहाँ असल मान्छेको अभाव छैन । हामीकहाँ समाज रूपान्तरणको ज्ञान भएका मान्छेहरूको पनि खाँचो छैन । असल अभ्यासको पनि अभाव छैन । समाज रूपान्तरणका लागि एकदमै चिन्ता गर्ने मान्छे पनि धेरै छन् । तर हामीसँग सकारात्मक विचार राख्ने , असल अभ्यास गर्ने र चिन्ता गर्ने मान्छेहरूबीच सहकार्य गर्नेे , चिन्ता र चासो राख्ने मान्छेहरूको ठूलो जमातमा विचार कार्यान्वयनका लागि जोखिम वा दुःख उठाउने अथवा सुविधा-सहुलियत त्याग्ने तत्परता तथा इमानदारीको खडेरी छ । सकारात्मक सोच , त्यसको कार्यान्वयन र असल अभ्यासको संयोजनबाट मात्रै समाज रूपान्तरण गर्न सकिन्छ । कतिपय मान्छेहरू भन्ने गर्छन् , ' यति धेरै समस्याहरू छन् , अत्यासलाग्दो स्थिति छ , जताततै प्वालैप्वाल छन् , एकातिर टाल्यो अर्कोतिर चुहिन्छ , एकातिर सियो अर्कोतिर फुस्किन्छ , त्यसैले कसरी सकारात्मक हुने ? सब...

असमान मानव विकास स्थिति

- डिल्लीराम मिश्र कुनै पनि विकास प्रक्रिया समग्र मानवीय अवधारणाको प्रतीक हो । सामान्यत यो प्रक्रिया पूरा गर्न नेपाल जस्तो विकासोन्मुख देशका लागि ग्रामीण अर्थतन्त्रको प्रचुर विकासविना कदापि सम्भव छैन । नेपाल गाउँ नै गाउँको संरचनाद्वारा निर्मित कृषि अर्थतन्त्रमा आधारित मुलुक हो ।   नेपालको मानव विकास स्थितिलाई उठाउनेतर्फ ध्यान दिँदा सन! १९५० को दशकमा राष्ट्रिय बहुपक्षीय विकास योजनाको अवधारणा प्रारम्भ भएपछि नेपालको प्रसङ!गमा विकास नै राष्ट्रिय चिन्तनको मूलधार वा केन्द्रबिन्दु बन्दै आएको छ । यही चिन्तन मननका आधारमा विगत ६० वर्षको अन्तरालमा लागू गरिएका विभिन्न योजनाले देशका विविध क्षेत्रको विकाससम्बन्धी निर्देशक सिद्धान्तहरूलाई प्रतिनिधित्व गर्दै आएको छ । विभिन्न विकास कार्यक्रमहरूका लागि सम्बन्धित सरकार र द्विपक्षीय एवं बहुपक्षीय वित्तीय संस्थाहरूबाट अर्बौं धनराशि लगानी भइसक्दा पनि समग्र रूपमा नेपालीहरूको आर्थिक जीवनस्तर माथि उठ!नु पर्नेमा झन!झन! खस्कँदो अवस्थामा विचलन हुनपुगेको छ । अझ भनौं धनी र गरिबबीचको जुन असमान दूरी छ त्यो नजिकिँदै जानुपर्नेमा झन!झन! टाढिँदै गएको छ । यसै क...

दुव्र्यसनबाट मुक्त हुन खोजेका ब्यक्तीहरुको बयान

Image
सन्दर्भ : औषध ओसारप्रसार बिरुद्धको दिवस १ समय एउटा यस्तो चिज हो, जो जव मानव एउटा चेतनशील र विवेकशिल प्राणीको रुपमा विकसित भई सवै कुराको लेखो राख्न  सक्ने अवसरमा आयो, त्यति नै बेलादेखि वा आफू जान्ने हुनु भन्दा अगाडी लामो अन्तराल सम्मको बेला वा काललाई कल्पना गरि गण्ना गर्न थाल्यो । यसलाई भूत, वर्तमान र भविष्यत गरि तीन भागमा विभक्त गरिएको छ । मानिसले परिकल्पना  गरेको भूत कालको र वर्तमानको लेखा  राखिएता पनि भविष्यत कालको कुनै निश्चितता र अन्त छैन । मानिस लगायत सम्पूर्ण चराचर जगत र विश्व ब्रमाण्ड समयकै गतिमा चलिरहेको छ । विगतको परिकल्पना गरिए पनि समायको शुरु र अन्त्य छैन भन्दा अत्युक्ति नहोला । 

लोकसेवाको तयारी कसरी गर्ने ?

लोकसेवाको तयारी कसरी गर्ने भन्ने बारे प्रा.डा. भिमदेव भट्टको विचार:- लोकसेवा आयोगको परीक्षा भनसुनभन्दा 'मेरिट' मा आधारित हुन्छ । त्यसैले मिहिनेतमा विश्वास गर्नेहरू अझै पनि लोकसेवा परीक्षामा विश्वास गर्दछन् । मिहिनेती लोकसेवा परीक्षामा खरो उत्रेका पनि छन् । गत वर्ष त महिलाले कीर्तिमान नै राखे । यद्यपि लोकसेवा परीक्षाको तयारी सजिलो भने पक्कै छैन । कसरी गर्ने त तयारी ? के कुरामा ध्यान दिने ? लोकसेवा आयोगले लिने परीक्षाको नाम लिनासाथ मैतिदेवीका हरि शर्मा जङ्गिए- 'बेकारको कुरा Û के को जाँच दिनु ? फाराम भर्न पनि लामो लाइन र पढ्न पनि उस्तै गार्‍हो ।' हरि शर्मा मात्र होइन, अरू पनि थुप्रैका लागि लोकसेवा दिनु भनेको फलामको च्यूरा चपाउनुसरह हो ।

एक्काइसौं शताब्दीको क्रान्ति र सम्भावना

Image
Pradeep Giri(प्रदिप गिरि) विश्वले एक्काइसौ शताब्दीको पहिलो दशक समाप्त गरी सक्यो । एक्काइसौ शताब्दीको शुरुवात विश्वम अन्र्तररष्ट्रिय समाजवादको पराजयवाट भएको थियो । १९८९ मा सोभियत यूनियनको विघटन भएपछि अमेरिकाको नेतृत्वमा रहेको पूजीवादी विश्व अत्यन्त उत्साही थियो । पुजीवादका कतिपय चिन्तकले अब इतिहासको अन्त्य भइसक्यो, अब सिंगो संसारमा एकमात्र विचारधारा रहन्छ, त्यो विचारधारा भनेको पूजीवादको विचारधारा नै हो भनेर जोड दिए । खासमा प्रचलित उदारवादलाई पूजीवादको विचारधारा कै रुपमा व्याख्या गरिन्छ , कुरो त्यत्ति हो । कुरो सोभियत यूनियनको विघटनको मात्र थिएन । बीसौं शताब्दीमा यूरोपका अनेकौं देशमा सोसियल डेमोक्रेटिक पार्टीहरु सत्तामा आएका थिए । सोसियल डेमोक्रेट पार्टीहरुले आफ्नो लक्ष्य समाजवाद बताउँछन् । तर, बीसौं शताब्दीको अन्त्य हुँदा सम्म सोसियल डेमोक्रेटिक पार्टी सत्तारुढ रहेका देशहरुमा पनि तिनीहरुको असफलता प्रकट भइसकेको थियो । सोसियल डेमोक्रेटिक पार्टीले आफ्नो मूलुक र समाजमा कल्याणकारी राज्य बनाउने कोशिस अबश्य गरेको थियो । प्रारम्भिक चरणमा उनीहरु एकहद सम्म सफल पनि भएका थिए । तर, सोभियत यू...

♥♥♥♥♥♥ नव वर्ष २०७० को हार्दिक मँगलमय शुभकामना ♥♥♥♥♥♥

Image
"Skills, knowledge, abilities and experiences are only useful if we are at the right place" नव वर्ष २०७० को हार्दिक मँगलमय शुभकामना ।

आरक्षणको हचुवा निर्णय

(सम्पादकिय कान्तिपुर दैनिक) राष्ट्रपति रामवरण यादवले अध्यादेश जारी गर्दैनन् भन्ने थाहा हुँदाहुँदै प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको कामचलाउ सरकारले सम्पूर्ण सरकारी सेवामा आरक्षणको प्रतिशत बढाउने अध्यादेश जारी गर्न सिफारिस गरेको छ । सरकारले यसअघि सिफारिस गरेका १० वटा अध्यादेश र संवैधानिक निकायमा रिक्त पदमा संसदीय सुनुवाइबिना नै नियुक्ति गर्ने व्यवस्था गर्न बाधा अड्काउ फुकाउको आदेश राष्ट्रपतिले जारी नगरी थाँती राखेका छन् । लोकतान्त्रिक मुलुकहरूमा कामचलाउ सरकारले दैनिक प्रशासन चलाउने र निर्वाचन गर्ने प्रयोजनका लागि अत्यावश्यकबाहेक अरू अध्यादेश जारी गर्न नपाउने विश्वव्यापी प्रचलन छ । तर, मन्त्रिपरिषद्ले आफू संवैधानिक रूपमा कामचलाउ सरकार हो भन्ने यथार्थलाई बेवास्ता गरी मुलुकमा दीर्घकालीन प्रभाव पार्ने एकपछि अर्को अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्दै आएको छ । विश्वव्यापी प्रचलन र अन्तरिम संविधानको संरक्षकका नाताले राष्ट्रपतिले सरकारद्वारा सिफारिस गरिएका कुनै पनि अध्यादेश जारी नगरी थाँती राखेको बताइएको छ । यो यथार्थ बुझ्दाबुझ्दै पुनः अध्यादेश जारी गर्न सिफारिस गरेपछि ...