Posts

Happy Dashain

Image
HAPPY BIJAYADASHAMI AND DIPAWALI TO U AND YOUR FAMILY

लोकसेवाको मर्यादा

कुनै बेला लोक सेवा आयोग निष्पक्षताको पर्याय थियो। निजामती सेवामा प्रवेश चाहने ३५ वर्षमुनिका युवालाई प्रतिस्पर्धाका आधारमा मौका दिन आयोगले प्रभावकारीरुपमा काम गर्दै आएको हो। पञ्चायतकालमा समेत यसको निष्पक्षतामा प्रश्न उठेन। नातावाद, कृपावाद र भनसुन गराउन नसक्नेका निम्ति यो भरपर्दो विकल्प थियो। उद्योगधन्दाको राम्रो विकास भइनसकेको हाम्रोजस्तो मुलुकका निम्ति निजामतीतन्त्र अहिले पनि ठूलो रोजगारदाता हो। राम्रो तयारी गर्ने व्यक्तिले लोकसेवा परीक्षा उत्तीर्ण गर्नु पञ्चायतका बेला पनि अनौठो थिएन। अहिले सरकारको सचिव, सहसचिवको पदमा पुगेका व्यक्ति पनि त्यसरी प्रतिस्पर्धाबाट आएका हुन्। पञ्चायतले समेत कायम राखेको निष्पक्षता र विश्वसनीयतालाई अहिलेको लोकसेवा आयोगले कायम राख्न नसकेको देखिएको छ। भर्खरै लोकसेवा आयोगमै जिम्मेवारी भएका कर्मचारीले आफन्तलाई उत्तीर्ण गराउन गरेको अमर्यादित कामले आयोगलाई कलंकित बनाएको हो। आयोगका दुई विज्ञबाट भएको यो अमर्यादित काम यसपटक सार्वजनिक भएको हो। र, यस्तै किसिमको अमर्यादित व्यवहार यसअघि पनि भएको हुन सक्ने शंका बढाएको छ।

निजामती सेवामा अब मेधावी व्यक्ति नचाहिने !

Sourse :- Ekantipur.com   सरकार  ले निजामती सेवा प्रवेश र बढुवामा मेधावी व्यक्तिलाई प्राथमिकता दिने नीति परित्याग गर्न लागेको छ । निजामती सेवा ऐन संशोधन गर्न जारी गरिन लागेको अध्यादेशमा योग्यलाई सेवा प्रवेश र बढुवामा प्राथमिकता दिने मेरिट प्रणालीलाई अन्त्य गर्ने प्रस्ताव गरिएको हो । स्थायी  सरकार  मानिने निजामती प्रशासनलाई सक्षम र कार्यदक्षतामूलक बनाउन स्थापनाकालदेखि नै मेरिट प्रणाली अपनाइँदै आएको छ ।

सफलताका लागि इच्छाशक्ति

Image
लक्ष्मी श्रेष्ठ सञ्चालक चण्डेश्वरी ह्याण्डी क्राफ्ट, काभ्रे                  निरन्तरको परिश्रम उनको व्यवस्थापन दर्शन हो । सानो भए पनि हरेकले आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्नुपर्छ भन्ने उनको मान्यता छ । यही कारण 'ह्याण्डी क्राफ्ट'का झोला र जुत्ता बनाउन सिपालु आफ्नै श्रीमान्को शीपलाई व्यावसायिक रूपमा प्रयोग गर्ने निधो गरिन् लक्ष्मी श्रेष्ठले । श्रीमान्ले काम गरेको हेरेर आफै झोला बनाउन सिकिन् उनले । शुरूमा श्रीमान्ले काम गरेर  फ्याँकेका धागोका टुक्रा जोड्दै यस क्षेत्रमा प्रवेश गरेकी उनी अहिले एक प्रतिष्ठित व्यवसायी बन्न सफल भएकी छन् । पोखरामा जन्मिएकी उनी विवाह गरेर २० वर्षअघि बनेपा आउँदा हातमा शीप थिएन । तर, शीप सिक्ने उनको तीव्र चाहनालाई कसैले रोक्न सकेन । अहिले उनी जिल्लामा प्रेरणादायी महिलाका रूपमा स्थापित हुन पुगेकी छन् । 'इच्छाशक्ति हुने हो भने असम्भव केही नहुने रहेछ,' लक्ष्मी भन्छिन् । त्यही मेहनतको परिणाम हो-चण्डेश्वरी ह्याण्डी क्राफ्ट ।

सफलताका लागि अहंको त्याग

आर. मानन्धर सबै धर्मले अहङ्कारलाई आध्यात्मिक उन्नतिको बाधक मानेका छन! । व्यावसायिक सफलताका विज्ञहरूले भौतिक सफलताका लागि पनि अहङ्कारलाई उत्तिकै बाधकका रूपमा मानेका छन! । आफूलाई महत्व दिएर अरूको मन जित्न सकिादैन । अरूको मन जित्ने हो र अरूबाट काम लिने हो भने अरूलाई नै महत्व दिनुपर्छ । अहंभावले न अरूमाथि प्रभाव पार्न सकिन्छ न अरूलाई केही कुरा मनाउन नै सकिन्छ । धर्ममा भनेजस्तै अहंशून्यता वा अहंलाई चटक्कै त्याग गर्ने काम सजिलो नहुनसक्छ । दैनिक जीवनमा व्यवहारका लागि एडवार्ड दि बोनोले एउटा शब्द चयन गर्नुभएको छ - अहंको छुट्टी ९भनय जयष्मिबथ० । अर्थात! तपाईं अहंशून्य हुनसक्नुहुन्न भने विशेष अवस्थामा अहंलाई निश्चित समयको लागि छुट्टी दिनसकिन्छ । नाटकमा यसको प्रयोग हुन्छ । एक धनाध्य मानिसले पनि नाटक वा चलचित्रमा नोकर वा भिखारीको जीवन्त अभिनय गर्नसक्छ । त्यसै गरी गरिब मानिसले पनि नाटकमा करोडपतिको अभिनय गर्नसक्छ । ती अभिनयमा उनीहरूले आˆनो अहंलाई पात्रको आवश्यकता अनुसार त्याग गर्नसके मात्रै उनीहरूले सफलता हासिल गर्नसक्छन! । त्यसै गरी जीवनमा अहङ्कारलाई जति कम प्रवेश दिइयो, त्यति नै बढी सफल ...

साइबर प्रेम

पद्मावती सिंह कथा जीवनमै पहिलोचोटि कुनै युवकले मलाई कतै गएर केही समय साथमा बिताउने प्रस्ताव राख्दै छ । यता केही महिनादेखि केटी सम्झी च्याट गर्दै आएको र मित्रता कायम भइसकेकोले मलाई खासै अप्ठेरो लागेन । उनी हिजोसम्म च्याट गर्दा केटी साथी भएर प्रस्तुत भएका थिए- आज केटा भएर उनी सशरीर मेरोसामु उभिएका छन् । उनले आज मलाई भेट्न बोलाएका हुन् । दुई-तीन महिनाको नियमित च्याटपछि हामी दुईमा मित्रता कायम भएको थियो । उनले ढाँटेर मलाई केटी भनेका थिए तर आज केटा पाएर म विस्मित भएकी छु । कताकता रोमाञ्चित पनि भएकी छु । 'कहाँ जाने ?' सँगै जाने मनसाय व्यक्त गरी मैले सोधेँ । 'रेष्टुरेन्टमा ।' अनुहारलाई उज्यालो पार्दै उनले भने । 'रेस्टुरेन्ट हो नि... ! त्यहाँ केही बेर सँगै बसेर बात मार्दै कफी खाऔँ न, हुन्न ?' पहिलोचोटि म कुनै युवकको मोटरबाइकको पछाडि बसी कुनै रेस्टुरेन्टमा कफी पिउन गइरहेकी छु ।

आर्थिक उन्नतिको विकल्प

विनोद सिजापति/नागरिकबाट हालै पारिवारिक कारणले दिल्ली हुँदै सडक मार्गबाट सिमला जाने सौभाग्य मिल्यो। काङ्गडा पुग्दा मन ढुक्क भयो। गौरव लाग्यो पुर्खाहरू कसरी त्यति पर पुगेर नेपाली झण्डा गाढ्न सफल भएका थिए। स्वर्गीय गुप्त सेन सरले ल्याबोरेटरी स्कुलमा गाउन लगाउने गीत 'गाउँछ गीत नेपाली...' पश्चिम किल्ला काङ्गडा पूर्वमा तिष्टा पुगेको झलझली सम्झना आउने नै भयो। सुगौली सन्धि गर्ने बाध्यता नआइपरेको भए?   सिमला जाने फराकिलो पहाडी सडकले धरान धनकुटा बाटो झलझली सम्झाउँदो रहेछ। अनि त्यहाँ पुग्दाचाहिँ कताकता पाल्पा पुगेको अनुभव हुने। तर, धेरै अर्थमा सिमला स्विट्जरल्याण्डको लुगान सहर जस्तो पनि लाग्ने। सायद तानसेन बजारभन्दा निकै ठूलो र फिजारिएको हरियो पहाडको बीचबीचमा ठूल्ठूला भव्य महल देख्दा सिमलालाई तानसेनसँग भन्दा लुगानसँग दाँज्नु अस्वाभाविक नहोला। यति हो, सिमलाका डाँडाहरूमुनि 'लेक ड जनिम' फैलिँदै गएको देख्न पाइँदैन। न त त्यहाँ आल्पसको सप्टो हिमाल नै देख्न पाइन्छ। कता हो कता पर एउटा सानो हिमशिखर कहिलेकाहीँ देखिन्थ्यो।