गजल जलेको प्रतिबिम्ब हेर मेरो रोएको प्रतिध्वनि सुन बल्ल स्बाद खाएछ भनि मनमनै खुसि गुन सडकको मान्छे म फाँसिको फन्दामा पर्दाखेरी जीत भयो तिम्रै , छोयौ तिमिले आकासका जुन तिम्रो मेरो अलिखित सम्बन्ध बालुवाको घर भयो मेरो हारेको लाश टेकि , ठुला सपनाका महल बुन चोखो मेरो प्रित मनलाई अपमानित आस्था बनाई अब तिम्रो रँगिन सपनामा मनको राजकुमार चुन मरेका मेरा आँखालाई सेतो कपडाले छोपि रमाउनलाइ उसैसँग फुलैफुलक माला उन । - प्रदिपचन्द्र सुबेदी