Skip to main content

नेपालको अबको प्रधानमन्त्री को?

झलनाथ खनालको राजीनामा सँगै प्रधानमन्त्रीको लागी शेरबहादुर देउवा र डा. बाबुराम भट्टराईको नाम चर्चामा छ। यि दुईविच अनेक सँयोगहरु पनि छन। हेरै कसले बाजी मार्छ ?

शेरबहादुर देउवा
शेर बहादुर देउवा नेपाली काँग्रेसको संसदीय दलको समेत नेतृत्व गर्दै वि.सं. २०५२ सालमा पहिलोपटक नेपालको प्रधानमन्त्री बनेका थिए। नेपाली काँग्रेस को बिभाजन पछि उनि नेपाली काँग्रेस (प्रजातान्त्रिक) को सभापति थिए | काँग्रेस पुनर्मिलन पश्चात उनि आफ्नो पार्टी संगै नेपाली काँग्रेसमा गाभिएका छन्र । शेर बहादुर देउवा तीन पटक प्रधानमन्त्री रहिसकेका नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा डडेलधुरा जिल्ला क्षेत्र नं.१ र कञ्चनपुर जिल्लाक्षेत्र नं.४ बाट संविधानसभामा प्रतिनिधित्व गर्नुहुन्छ। २०४८,२०५१ र २०५६ का संसदीय निर्वाचनहरुमा डडेलधुरा जिल्लाक्षेत्र नं.१ बाट विजयी देउवाले गृहमन्त्रीको समेत जिम्मेदारी सम्हालिसक्नुभएको छ। उहाँ माओवादी समस्या समाधानका लागि गठित उच्चस्तरीय समितिका अध्यक्ष हुनुहुन्थ्यो। प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा ने.वि.संघका प्रथम सभापति हुनुहुन्छ र सुदूर पश्चिममा नेपाली कांग्रेसका सर्वाधिक प्रभावशाली व्यक्तित्व मानिनुहुन्छ। राजनैतिक संघर्षका क्रममा उहाँले नौ वर्ष जेलजीवन बिताउनुभएको छ। देउवाले नेतृत्व गरेको जननिर्वाचित सरकारलाई तत्कालीनराजा ज्ञानेन्द्रले २०५९ सालमा "असक्षम" को आरोप लगाई विघटन गरेका थिए भने उनैले दुई वर्ष पछि २०६१ सालमा देउवालाई पुनः प्रधानमन्त्री नियुक्त गरेका थिए। पार्टीको अन्तरिक द्वन्द्वका क्रममा देउवाले आफ्नो नेतृत्वमा २०५९ सालमा नेपाली काँग्रेसको गठन गर्नुभएको थियो भने २०६४ सालमा सो पार्टीको नेपाली कांग्रेससँग एकीकरण भयो र उहाँ वरिठ नेतामा स्थापित हुनुभयो। प्रजातन्त्र प्रतिको अटुट लगाव र तदनुरुप संघर्ष तथा व्यक्तित्व र आचरणका कारण जनताले आफूलाई सधै विजयी गराउँदै आएको मान्ने देउवा संविधान सभामा लोकतन्त्रको संस्थागत विकासका लागि क्रियाशील हुने बताउनुहुन्छ। त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एम्. ए. गर्नुभएका देउवा सोही विषयमा लन्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसक्नुभएको छ। ६० वर्षीय देउवा एक छोराका पिता हुनुहुन्छ र उहाँकी श्रीमती आरजु राणा देउवा पनि संविधान सभा सभासद् हुनुहुन्छ।
डा.बाबुराम भट्टराई
संविधान सभामा सबैभन्दा बढ्ता मत र मतअन्तरले जित्ने माओवादी सभासद् डा.बाबुराम भट्टराई हुनुहुन्छ। उहाँले कांग्रेसका चन्द्रप्रसाद न्यौपानेलाई ४० हजारको अन्तरले हराउनुभएको थियो। उहाँले ४६ हजार २ सय ७२ मत प्राप्त गर्नुभएको थियो। यसैगरी प्रत्यक्ष चुनावमा दम्पती नै संविधानसभामा पुग्ने ४ जोडी मध्ये एक जोडी भट्टराई जोडी पनि एक हो। स्कुल र कलेज पढाइमा कहिल्यै दोस्रो नहुनु भएका भट्टराईको बाल्यकालको नाम मुक्तिप्रसाद हो। उहाँले ०२६ को एसएलसीमा बोर्ड प्रथम हुनुभएको थियो भने त्यही वर्ष माओवादी अध्यक्षप्रचण्ड दोस्रो श्रेणीमा पास हुनुभएको थियो। उहाँ द नेचर अफ अण्डरडेभलपमेन्ट एण्ड रिजनल स्ट्रक्चर अफ नेपाल विषयमा विद्यावारिधि गर्नुभएको छ। उहाँले डिजाइन गरेका रामेछापकोमन्थली तथा दाङको लमही लगायतका सहर छन्। ०३३ पुस १६ मा राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल आएका वीपी कोइराला लाई पक्राउ गरेपछि ०३४ मा चण्डिगढमा अखिल भारत नेपाली विद्यार्थी स्थापना गरेपछि भट्टराईको राजनैतिक सक्रियता बढेको थियो । ०३५ तिर नेकपा मालेसमूहसित नजिकिए पनि मोहनविक्रम सिंहको नेकपा मसालमा लाग्नुभयो । उहाँ ०४६ को जनआन्दोलन १को बेला संयुक्त जनआन्दोलन संयोजन समितिको प्रवक्ता बन्नुभयो। र, ०४७ मा उहाँ मोहनविक्रम सिंहको मसालसँग विद्रोह गरेर नेकपा एकता केन्द्रमा एकीकरण गर्नुभयो । त्यसपछि उहाँ नेकपा एकता केन्द्रको चुनावी मोर्चा संयुक्त जनमोर्चा नेपालको अध्यक्ष बन्नुभयो । उहाँले नेतृत्व गरेका मोर्चाले ०४८ को संसदीय चुनावमा ९ सीट जितेको थियो । ०५२ मा जनयुद्ध थालनी गर्नुपर्छ भन्ने समूहको एकता केन्द्रमा उहाँ पनि पर्नुभयो । र, जनयुद्ध थालनीको पूर्वसन्ध्यामा प्रधानमन्त्री शेरबहादुर देउबाको सरकारलाई उहाँकै नेतृत्वमा गएको टोलीले ४० सूत्रीय माग पेश गरेको थियो । माओवादीको केन्द्रीय नेतृत्वमा लामो समयदेखि रहँदै आउनुभएका भट्टराई माओवादी नेतृत्वमध्ये बाह्य मुलुकमा स्थापित नाम हो । पार्टीभित्र खासगरी 'व्यक्तित्व'को टकरावको सवाललाई लिएर उहाँ ०६२ मा कारबाही पर्नुभयो । केही समयपछि उहाँलाई पुनःबहाली गरियो । हाल भट्टराई माओवादी सचिवालय सदस्य एवं एकीकृत नेकपा माओवादी संसदीयदलको उपनेता हुनुहुन्छ । जनयुद्धको दौरानमा उहाँको टाउकाको मोल तत्कालीन सरकारले ५० लाख तोकेको थियो । भट्टराईले संविधानमा लेखाउने आफ्ना व्यक्तिगत कुनै एजेण्डा नभई पार्टीकै एजेण्डा उठाउने बताउनुभयो । यसैगरी माओवादी पार्टीको अग्रगामी कार्यदिशा र आफूले जनमुक्तिको लागि गरेको त्यागका कारण आफूलाई विजयी बनाएको बताउनुहुन्छ ।

 प्रत्यासी आफ्नै मामा पर्ने

Comments

Popular posts from this blog

आरक्षणको हचुवा निर्णय

(सम्पादकिय कान्तिपुर दैनिक) राष्ट्रपति रामवरण यादवले अध्यादेश जारी गर्दैनन् भन्ने थाहा हुँदाहुँदै प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको कामचलाउ सरकारले सम्पूर्ण सरकारी सेवामा आरक्षणको प्रतिशत बढाउने अध्यादेश जारी गर्न सिफारिस गरेको छ । सरकारले यसअघि सिफारिस गरेका १० वटा अध्यादेश र संवैधानिक निकायमा रिक्त पदमा संसदीय सुनुवाइबिना नै नियुक्ति गर्ने व्यवस्था गर्न बाधा अड्काउ फुकाउको आदेश राष्ट्रपतिले जारी नगरी थाँती राखेका छन् । लोकतान्त्रिक मुलुकहरूमा कामचलाउ सरकारले दैनिक प्रशासन चलाउने र निर्वाचन गर्ने प्रयोजनका लागि अत्यावश्यकबाहेक अरू अध्यादेश जारी गर्न नपाउने विश्वव्यापी प्रचलन छ । तर, मन्त्रिपरिषद्ले आफू संवैधानिक रूपमा कामचलाउ सरकार हो भन्ने यथार्थलाई बेवास्ता गरी मुलुकमा दीर्घकालीन प्रभाव पार्ने एकपछि अर्को अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्दै आएको छ । विश्वव्यापी प्रचलन र अन्तरिम संविधानको संरक्षकका नाताले राष्ट्रपतिले सरकारद्वारा सिफारिस गरिएका कुनै पनि अध्यादेश जारी नगरी थाँती राखेको बताइएको छ । यो यथार्थ बुझ्दाबुझ्दै पुनः अध्यादेश जारी गर्न सिफारिस गरेपछि ...

Happy Dashain

HAPPY BIJAYADASHAMI AND DIPAWALI TO U AND YOUR FAMILY

HAPPY NEW YEAR "2068"

  New year is the time to unfold  new horizons  and realize new dreams, to rediscover the strength and faith within you rejoice in simple pleasure and gear up for the new challenges.  WISING YOU ALL VERY FULFILLING NEW YEAR 2068.