साम्यवाद

क. लेनिनको नेतृत्वमा रुसमा महान् समाजवादी अक्टोबर क्रान्ति सम्पन्न भयो । क्रान्तिपछि लेनिन रुसका स्वतन्त्र शासक बने । तर, विशाल रुसका शासक बनिसक्दा पनि लेनिनले आफ्नो संघर्षका दिनलाई बिर्सेका थिएनन् । उनी राष्ट्रपति भइसक्दा पनि हरहमेसा पहिलाकै झैँ साधारण मैलो कोट, ठूलो हवालो पतलुन लगाएर हिँड्थे । उनलाई धेरै मित्रले सम्झाउँथे, तर लेनिन ती सल्लाह सुझाबलाई मुस्कुराउँदै त्यसै टारिदिन्थे ।

एक दिन उनका एक मित्रलाई लेनिनको सो साधारण घर र व्यवहार देखेर सारै खिन्न भयो । त्यसमाथि दिनमा २० घन्टा काममा जोतिने, चियामा चिनीसमेत नहाली पिउनेजस्ता लेनिनका बानी सहन नसकेर त्यस मित्रले लेनिनलाई भने, 'कमरेड आजको स्थितिमा तपाइर्ंलाई साधारण पहिरन एवं साधारण घर सुहाउँदैन । त्यसमाथि तपाईंको खानासमेत अति साधारण छ, आखिर यस्तो किन ?'

लेनिनले मित्रको कुरालाई राम्ररी सुने र मुस्कुराउँदै भने, 'कमरेड, म भन्छु म त भाग्यमानी छु । आखिर मसँग बस्नका लागि साधारण भए पनि घर त छ । ती मानिसको कस्तो हालत होला जसको सानो छाप्रोसमेत छैन । मसँग लगाउन कोट त छ र चिनी नभए पनि चिया त छ । सोच्न चाहनुहुन्छ भने ती मानिसका बारेमा सोच्नुहोस्, जसको यति पनि छैन । अब तपाईं आफैँ भन्नुहोस्, म आफ्ना दाजुभाइलाई भोकैनांगै राखी कसरी मीठो खाना सक्छु र राम्रो लगाउन पाउँछु ? मेरो के औकात छ ? हामीले यी यस्ता असमानता हटाउन यतिका वर्ष संघर्ष गर्याँ ै । यदि पुनः मैले यस्तो असमान व्यवहार गरेमा त्यस संघर्षको के नै मूल्य रह्यो र ती वीर योद्धाको नजरमा मेरो के इज्जत होला ? यसैले हामी समानतामा विश्वास गछौर्ं । हामी कम्युनिस्ट बन्ने प्रयत्नमा छौँ र साम्यवाद हाम्रो लक्ष्य हो ।'

लेनिनको यस्तो युक्तिसंगत कुरा सुनेर ती मित्र लज्जित हुँदै लेनिनसँग माफी मागे

Comments

Popular posts from this blog

Do you know about "COMMERCIAL PAPER"

तिम्रै नाउँमा आज एउटा गुलाब पठाकी छु