फेसबुक एडिक्सन डिसअर्डर(Facebook Adiction Disorder)

फेसबुकको (कु) लत
This Post Comes From SHUKRABAR Weekly
फेसबुक अति चलाउनेहरुका लागी प्रयोग हुने शब्द हो, फेसबुक एडिक्सन डिसअर्डर । तपाँई पनि त्यसमा पर्नुहुन्छ कि? तलका केहि लछणहरु हेर्नुहोस, कुनै तपाईसँग मिल्छ भने तपाईलाई यो रोग लागेको हुन सक्छ ।

 बिहान उठ्ने बित्तिकै चिया वा कफि खानुभन्दा अघि तपाईको दिन आफ्नो ल्यापटप वा मोबाईलमा फेसबुक लग इन गरेर सुरु हुन्छ ?

 बिहान दिउसो वा राती, शौचालय होस वा बस, टेम्पोका यात्रामा, कलेजमा होस वा क्यान्टिनमा तपाई फेसबुकमा यस्तो स्टयाटस लेख्छु भनि सोच्नुहुन्छ ?

 फेसबुक चलाउदा चलाउदै ढिला भएर गर्लफ्रेन्ड वा व्वाईफ्रेन्डलाई दिएको समयमा ढिला पुगेर गाली खानुभएको छ? कलेजमा ढिला पो पुग्नु भएको छ कि?

 तपाईका फेसबुके साथीहरुलाई तपाई कहिले बाथरुम पस्नुभयो देखि कहिले खानुभयो, कहिले सुत्नु भयो , सब थाहा हुन्छ?

 ब्वाईफ्रन्ड, गर्लफ्रेन्ड वा दाजुभाई, दिदिबहिनिसित फेसबुकबाट मात्र कुरा हुन्छ कि?

 एउटा दामी फोटो खिचेर फेसबुक प्रोफाईल पिक्चर बनाउने सोच्नु भा'को छ कि? लौ न एउटा दामि फेसबुकको प्रोफाईल पिक्चर राख्ने गरि फोटो खिचिदिनुस भनेर क्यामेरा बोकने साथीभाईलाई भन्ने गरनुभएको छ कि?

 फेसबुक फ्रेन्ड लिस्ट धेरै बनाउन नचिनेकोलाई पनि याड गर्नुभएको छ कि?

 फेसबुकमा भेटिएर अचानक हराएका साथीलाई बेपत्तासँग खोज्नु भएको छ कि?

 साथीसँगको ठाकठुकबाट फेसबुक रिलेसनसिप स्ट्याटस चेन्ज गर्नु भएको छ कि?

 अफिसमा फेसबुकमा प्रतिबन्ध लगाउने कुराको चर्को बिरोध गर्नु भएको छ कि?

 फेसबुकबाट कुराकानी हुने भएकोले धेरै कम बोल्ने हुनु भएको छ कि?

 धेरै फेसबुक चलाईरहने हुनाले आँखा पो टट्टाउछ कि?

माथिका प्रश्नहरु मध्ये कम्तीमा एउटा प्रश्नको उत्तर "छ" वा "हो" मा दिनुभएको छ भने तपाई पक्कै पनि फेसबुक एडिक्सन डिसअर्डरबाट पीडित हुनुहुन्छ । उपरचारको लागि छिटो ब्यबस्था मिलाउनु होस।

Comments

Popular posts from this blog

आरक्षणको हचुवा निर्णय