गजल
किरण चन्द्र सुबेदिबाट
केहि कुरा साथको गरौ
केहि कुरा माथको गरौ
बिना कसुर सजाय पाईन्छ भने
केहि कुरा लातको गरौ
जे खाएपनि नशा लाग्छ भने
केहि कुरा मातको गरौ
ठुलो सानो भनि माया छुटाईन्छ भने
केहि कुरा जातको गरौ
राम्रोलाई कुना तिर फालिन्छ भने
केहि कुरा खातको गरौ
जिवन त्यसै सुकि जान्छ भने
केहि कुरा झरेका पातको गरौ ।

Comments

Popular posts from this blog