गजल
अन्याय सहने बास्तबिक दास हो ।
थिचोमिचो सहनु सँकुचित बास हो ।
रगत बिशाक्त भएपनि केहि हुन्न,
सिद्दान्त बिशाक्त हुनु भनेको सर्बनास हो ।
सुहाऊदो ब्यबहार गर्नुपर्छ सबैले सबैलाई,
आँखाँ नहुनेलाई ऐना दिनु अठ्ठाहास हो ।
कसैको हुन्न एकैचोटि समुन्नति,
क्रमश बिकसित हुने कुरा खास हो ।
बाहिरि भन्दा भित्रि अशान्ति खतरनाक हुन्छ,
मनलाई शान्तिपुर्बक राख्न्नु नै मिजास हो ।
अन्याय सहने बास्तबिक दास हो ।
सिद्दान्त बिशाक्त हुनु भनेको सर्बनास हो ।
------ प्रदिप सुबेदि
Comments
Post a Comment
Comment us and help for make it better!!